मन्त्रिपरिषद्मा पेस भयो प्रहरी विधेयक, १६ वर्ष सेवापछि अवकाश लिन पाउने सुविधा आइतबार, मंसिर ९, २०८१
-1732007907.jpg)
दुर्गा प्रसाईँलाई थप ५ दिन हिरासतमा राख्न अनुमति आइतबार, मंसिर ९, २०८१ मेडिकल व्यवसायी दुर्गा प्रसाईँलाई थप ५ दिन हिरासतमा राख्न अदालतले प्रहरीलाई अनुमति दिएको छ। काठमाडौं जिल्ला अदालतका न्यायाधीश कमला पौडेलले उनलाई थप ५ दिन हिरासतमा राखेर अनुसन्धान गर्न अनुमति दिएकी हुन्।

स्थानीय तह उपनिर्वाचन हुने स्थानमा मंसिर १६ गते सार्वजनिक बिदा दिन सिफारिस आइतबार, मंसिर ९, २०८१ मंसिर १६ गते तय भएको स्थानीय तह उपनिर्वाचन हुने सम्बन्धित स्थानीय तह र वडामा सार्वजनिक बिदा दिन निर्वाचन आयोगले सिफारिस गरेको छ।

चिकित्सा शिक्षा आयोगको बैठक : पीजीको विवाद मिलाउन प्रधानमन्त्रीको निर्देशन आइतबार, मंसिर ९, २०८१ प्रधानमन्त्री केपी शर्मा ओलीले मेडिकल कलेजमा आवासीय चिकित्सक–स्नातकोत्तर तह (पीजी) को सुविधासम्बन्धी विवाद आपसी छलफलबाट मिलाउन सम्बन्धित मन्त्रालय र निकायलाई निर्देशन दिएका छन्।

चित्रलेखा यादव अष्ट्रेलियाको राजदूत नियुक्त आइतबार, मंसिर ९, २०८१ राष्ट्रपति रामचन्द्र पौडेलले अष्ट्रेलियाका लागि नेपाली राजदूतमा चित्रलेखा यादवलाई नियुक्त गरेका छन्। राष्ट्रपति पौडेलले मन्त्रिपरिषद्को सिफारिसमा यादवलाई आइतबार नियुक्त गरेका हुन्।

सेना परिचालन गर्न राष्ट्रपतिले दिए अनुमति आइतबार, मंसिर ९, २०८१ मंसिर १६ गते उक्त उपनिर्वाचन सुरक्षित, भयरहित, निष्पक्ष एवम् शान्तिपूर्ण रूपमा सम्पन्न गर्न मन्त्रिपरिषद्को निर्णय बमोजिम राष्ट्रपति कार्यालयले जारी गरेको विज्ञप्तिमा राष्ट्रपति पौडेलले नेपालको संविधानको धारा ६६ को उपधारा (२) बमोजिम स्वीकृति प्रदान गरेको उल्लेख छ।

सानेपामा ट्रकले दियो चार वटा गाडीलाई ठक्कर आइतबार, मंसिर ९, २०८१ ललितपुरको सानेपामा भारतीय नम्बर प्लेटको ट्रकले चार वटा सवारीसाधनमाथि ठक्कर दिएको छ।आइतबार १२:४५ बजे ललितपुर महानगरपालिकाको सानेपास्थित सडकमा यूपी ४० टी ८१६२ नम्बरको ट्रकले चार वटा गाडीलाई ठक्कर दिएको हो।

सवारी दुर्घटनामा दम्पतीको मृत्यु आइतबार, मंसिर ९, २०८१ दुर्घटनामा मोटरसाइकल चालक ३२ वर्षीय युवराज गुरुङ र टीका गुरुङको मृत्यु भएको प्रहरीले जनाएको छ। पहिचान खुलिनसकेको सवारीको ठक्करबाट उनीहरु गम्भीर घाइते भएका थिए।

साताको पहिलो दिन नेप्से परिसूचक १३.०३ अंकले घट्यो आइतबार, मंसिर ९, २०८१ साताको पहिलो दिन आइतबार शेयर बजार २६६७ अंकमा झरेको छ। अघिल्लो दिनको तुलनामा नेप्से परिसूचक १३.०३ अंक घटेको हो। कारोबार रकम पनि घटेको छ।

रवि लामिछानेलाई थप १५ दिन हिरासतमा राख्न अदालतको अनुमति आइतबार, मंसिर ९, २०८१ कास्की जिल्ला अदालतका न्यायाधीश हिमलाल बेल्बासेले प्रहरीलाई थप १५ दिन हिरासतमा राखेर अनुसन्धान गर्न अनुमति दिएको हो ।

सिनामङ्गलस्थित एक होटलमा युवायुवती मृत भेटिए आइतबार, मंसिर ९, २०८१ परशुराम आचार्यको पाँचतले घरमा खोटाङका रामजी कटुवालले सञ्चालन गरेको होटल जन्मभूमिमा आइतबार उनीहरू एकै ठाउँमा मृत भेटिएका जिल्ला प्रहरी परिसर काठमाडौंका प्रवक्ता प्रहरी उपरीक्षक नवराज अधिकारीले जानकारी दिए।

दुर्गा प्रसाईंलाई सर्वोच्चमा उपस्थित गराउन आदेश आइतबार, मंसिर ९, २०८१ न्यायाधीश मनोज शर्माको एकल इजलासले बन्दीसहित उपस्थित गराउन आदेश गरेको हो। प्रसाईंको हकमा छोरा निराजनले मङ्सिर ८ गते बन्दी प्रत्यक्षीकरणको निवेदन दर्ता गरेका थिए। उनले दुर्गा प्रसाईंलाई गैरकानुनी रुपमा थुनामा राखेको दाबी गर्दै तत्काल रिहा गर्नु भनी अन्तरिम आदेशको माग गरेका थिए।

मृत्युपश्चात अंग दान गर्नेका परिवारलाई २ लाख दिने स्वास्थ्यमन्त्रीको निर्णय आइतबार, मंसिर ९, २०८१ यसअघि मानवअंग दान गर्न चाहने त्यस्ता परिवारलाई १ लाख रुपैयाँ दिने गरिएको थियो। भक्तपुरस्थित मानव अंग प्रत्यारोपण केन्द्रमार्फत एक लाख रुपैयाँ दिने गरिएकामा स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले दाताका परिवारलाई १ लाख थप गर्ने निर्णय मन्त्री पौडेलले गरेका हुन्।