News Griha :: न्यूजगृह
टीकाको अघिल्लो दिन जब छोराको शव आयो...
टीकाको अघिल्लो दिन जब छोराको शव आयो... छोरोको पाइलट बन्ने सपना पूरा हुने क्रममै रहेकाले यसपटकको दसैँ पनि विगतको भन्दा थप उल्लासमय हुने अपेक्षामा थियो पन्थ परिवार तर त्यो सपनामै सीमित हुन पुगेको छ। विराट विजयादशमीको पहिलो दिन अर्थात् घटनास्थापनामा भएको दुर्घटनामा परी सधैँका लागि अस्ताए।
बेपत्ता छोराको बाटो हेर्दै गुरुङ दम्पती
बेपत्ता छोराको बाटो हेर्दै गुरुङ दम्पती आज बडादसैँको टीकाको दिन। गाउँलेहरू हर्षोल्लासका साथ दसैँ मनाइरहेका बेला नवलपरासी (बर्दघाट–सुस्तापूर्व)को मध्यविन्दु–३ ब्रह्मस्थानस्थित बोटे टोलका गुरुङ दम्पतीको आँखा भने आँगन तेर्सो आउने बाटो हेर्दै बितिरहेको छ। स्थानीय नन्दे र राजकुमारी गुरुङका जेठा छोरा उत्तम गत साउन २३ गते साँझ घरबाट निस्किएपछि अहिलेसम्म फर्किएका छैनन् ।  
नेपालबाट पूर्णरुपमा बाहिरियो मनसुन
नेपालबाट पूर्णरुपमा बाहिरियो मनसुन आज भने मधेस र बागमतीका बाँकी भाग र कोशीबाट समेत मनसुन बाहिरिएको हो। यसपालि मनसुन ढिला गरी जेठ २८ मा भित्रिएको थियो भने चार दिन ढिला गरी बाहिरिन सुरु भएकामा छ दिनपछि पूर्णरूपमा बाहिरिएको जल तथा मौसम विज्ञान विभागले जनाएको छ।
दुई महिनामा ६ करोड ११ लाख रुपैयाँको तास आयात
दुई महिनामा ६ करोड ११ लाख रुपैयाँको तास आयात आर्थिक वर्ष ०७९/०८० मा २१ करोड २७ लाख ९४ हजार रुपैयाँको तास आयात भएको थियो। सबैभन्दा बढी चीनबाट १८ करोड ७६ लाख, भारतबाट २ करोड १५ लाख ९५ हजार र ब्राजिलबाट ३५ लाख ७९ हजार रुपैयाँको तास आयात भएको विभागले जनाएको छ। आर्थिक वर्ष ७८/७९ मा २१ करोड ५४ लाख...
बैतडीमा युवती बेपत्ता पारेको आरोपमा प्रहरी हवल्दार पक्राउ
बैतडीमा युवती बेपत्ता पारेको आरोपमा प्रहरी हवल्दार पक्राउ बैतडीमा युवतीलाई बेपत्ता पारेको आरोपमा प्रहरी चौकीका इन्चार्ज पक्राउ परेका छन्। पञ्चेश्वर गाउँपालिका–२ डिम्बरकी अन्दाजी १९ वर्षीया किशोरी बेपत्ता पारेको आरोपमा महाकाली प्रहरी चौकी डिम्बरका इन्चार्ज प्रहरी हवल्दार कृष्णराज जोशीलाई पक्राउ गरिएको बैतडीका प्रमुख प्रहरी नायब उपरीक्षक (डीएसपी) मकेन्द्र मिश्रले बताए।
लेबनानमा शान्ति सेनामाथि इजरायलको आक्रमण
लेबनानमा शान्ति सेनामाथि इजरायलको आक्रमण इजरायली सेनाले घटनाको जिम्मेवारी लिँदै युनिफिल बेसको वररपल खतरा पहिचान गरी गोली चलाएको दाबी गरेको छ।घटनाको ‘उच्च तहमा’ छानबिन गरिने पनि इजरायली सेनाले स्पष्ट पारेको छ। श्रीलंकाली विदेश मन्त्रालयले शान्ति मिसनमा गएका आफ्ना सैनिक घाइते भएपछि इजरायली हमलाको ‘कडा निन्दा’ गरेको छ। 
दसैँको टीका कता फर्किएर लगाउने? 
दसैँको टीका कता फर्किएर लगाउने?  दसैँ घर वा पूजा कोठामा नौ दिनसम्म पूजा आराधना गरिएको प्रसाद आज मान्यजनबाट लगाइन्छ। टीका प्रसाद ग्रहण गर्न साइत खोज्नेका लागि नेपाल पञ्चाङ्ग निर्णायक विकास समितिले आज बिहान ११ बजेर ३६ मिनेटको साइत उत्तम रहेको जनाएको छ। 
दसैँः कुन देशमा कहिले, कति बजे छ टीकाको साइत?
दसैँः कुन देशमा कहिले, कति बजे छ टीकाको साइत? नेपालका लागि टीकाको उत्तम साइत बिहान ११:३६ मिनेटमा रहेको नेपाल पञ्चाङ्ग निर्णायक विकास समितिले जनाएको छ।अन्तर्राष्ट्रिय पञ्चाङ्ग निर्णय समितिले भने नेपालसहित ३२ देशका लागि पनि बडादसैँको टीकाको साइत सार्वजनिक गरेको छ।विभिन्न देशमा हुने बसोबास गर्ने नेपालीहरूको सुविधाका लागि समितिले टीकाको साइत तोकिदिएको हो।
दसैँको मुख्य दिन यस्तो छ विदेशी मुद्राको विनिमय दर
दसैँको मुख्य दिन यस्तो छ विदेशी मुद्राको विनिमय दर युरोपियन युरो एकको खरिददर एक सय ४६ रुपैयाँ ६६ पैसा र बिक्रीदर एक सय ४७ रुपैयाँ ३२ पैसा, युके पाउण्ड स्टर्लिङ एकको खरिददर एक सय ७५ रुपैयाँ १८ पैसा र बिक्रीदर एक सय ७५ रुपैयाँ ९६ पैसा, स्वीस फ्रयाङ्क एकको खरिददर एक सय ५६ रुपैयाँ ४७ पैसा र बिक्रीदर एक...
दसैँको अघिल्लो दिन बाध्यतामा मुलुक छाड्नेहरू
दसैँको अघिल्लो दिन बाध्यतामा मुलुक छाड्नेहरू ‘एक दिन मात्रै भए पनि बिदा थप्दिनुस् न त दसैँको टीका लगाएर प्लेन चढ्छु भनेको थिए, मलेसियाबाट कम्पनी साउले बरु जागिर छाड्न सक्छौँ बिदा थप्न मिल्दैन भन्यो, मेरा लागि अहिले दसैँ र परिवारभन्दा जागिर प्यारो भयो सर,’ सर्लाहीका अजय मेहताले भने।
मर्दी हिमालको हाईक्याम्पबाट हराएकी चिनियाँ पर्यटकको दुई दिनपछि उद्धार
मर्दी हिमालको हाईक्याम्पबाट हराएकी चिनियाँ पर्यटकको दुई दिनपछि उद्धार कास्कीको माछापुच्छ्रे गाउँपालिका–९ स्थित मर्दी हिमाल पदयात्राका क्रममा हाई क्याम्पबाट हराएकी एक चिनियाँ पर्यटकको दुई दिनपछि सकुशल उद्धार गरिएको छ।  असोज २२ गते राति हाई क्याम्पको होटल नमस्तेमा बास बसेर भोलिपल्ट पदयात्रामा निस्केकी चिनियाँ नागरिक २३ वर्षीया बेला मर्दी आधार शिविरतर्फ जाने क्रममा गलत बाटोबाट गएपछि हराएकी थिइन्।
दसैँको मुख्य दिन आज: मान्यजनको हातबाट टीका र जमरा लगाइँदै, ११:३६ बजेको साइत उत्तम
दसैँको मुख्य दिन आज: मान्यजनको हातबाट टीका र जमरा लगाइँदै, ११:३६ बजेको साइत उत्तम बडादसैँ अर्थात् दुर्गापक्षको मुख्य दिन आज मान्यजनको हातबाट नवदुर्गाको प्रसादका रुपमा शुभ साइतको प्रतीक रातो टीका एवं समृद्धिको प्रतीक जमरा लगाइँदै छ। दसैँ घर वा पूजा कोठामा नौ दिनसम्म पूजा आराधना गरिएको प्रसाद आज मान्यजनबाट लगाइन्छ। टीका प्रसाद ग्रहण गर्न साइत खोज्नेका लागि नेपाल पञ्चाङ्ग निर्णायक विकास समितिले आज बिहान...
Weather Update