काठमाडौं —फोहोर व्यवस्थापन उच्चस्तरीय समितिको बैठक शहरी विकास मन्त्रालयमा बसिरहेको छ ।
शहरी विकास मन्त्री प्रकाशमान सिंहसहितको बैठकमा ललितपुर महानगरपालिका प्रमुख चिरीबाबु महर्जनसहित प्रधानमन्त्री कार्यालय, गृह मन्त्रालय, संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालय, शहरी विकास मन्त्रालयका सचिवहरू छन् । यसैगरी धादिङको धुनीबेंसी नगरपालिका प्रमुख र नुवाकोटको ककनी गाउँपालिका अध्यक्ष पनि बैठकमा सहभागी छन् ।
बैठकमा काठमाडौं महानगरपालिका प्रमुख बालेन भने उपस्थित छैनन् । काठमाडौं महानगरबाट प्रमुख कार्यकारी सहभागी छन् ।
बैठकमा हालसम्म भएका निर्णयहरूको समीक्षाका साथै बन्चरेडाँडा ल्याण्डफिल साइटको हालको अवस्थाको छलफल र समाधानका उपायबारे छलफलल गर्ने मुख्य एजेण्डा छ ।
तेस्रो एजेण्डा काठमाडौं उपत्यकाको फोहोरको दीर्घकालीन समस्या समाधानका लागि भावी कार्यदिशा समेत छ ।