चिकित्सक अभावमा प्रादेशिक अस्पतालको सेवा प्रभावित आइतबार, मंसिर ९, २०८१

धितोपत्र बोर्ड अध्यक्षका लागि अन्तर्वार्ता सुरु, दुई जना उपस्थित आइतबार, मंसिर ९, २०८१ दुई उम्मेदवार बोर्डका निवर्तमान कार्यकारी निर्देशक नवराज अधिकारी र नेप्सेका प्रमुख कार्यकारी अधिकृत कृष्णबहादुर कार्की उपस्थित भएका छन् । अर्का उम्मेदवार बीमा प्राधिकरणका पूर्वअध्यक्ष चिरञ्जीवी चापागाईं भने अनुपस्थित रहेको स्रोतले जनाएको छ ।

यस्तो छ आजका लागि विदेशी मुद्राको विनिमय दर आइतबार, मंसिर ९, २०८१ राष्ट्र बैंकले यो विनिमय दरलाई आवश्यकतानुसार जुनसुकै समयमा पनि संशोधन गर्न सकिने जनाएको छ । वाणिज्य बैंकले तोक्ने विनिमय दर भने फरक हुनसक्ने र अद्यावधिक विनिमय दर केन्द्रीय बैंकको वेबसाइटमा उपलब्ध हुने जनाइएको छ ।

रवि लामिछानेलाई आज अदालत उपस्थित गराइँदै आइतबार, मंसिर ९, २०८१ सहकारी ठगी, सम्पत्ति र सङ्गठित अपराध मुद्दामा अनुसन्धानका लागि दिइएको पछिल्लो १३ दिनको म्याद शुक्रबार सकिएकोले उनलाई पुनः म्याद थपको लागि अदालत उपस्थित गराउन लागिएको हो ।

पाँच महिनामा ५५ गर्भवती तथा सुत्केरीको उद्धार आइतबार, मंसिर ९, २०८१ राष्ट्रपति महिला उत्थान कार्यक्रम समन्वय इकाईले गत साउनदेखि कात्तिकसम्ममा ४८ गर्भवती तथा सुत्केरीको उद्धार गरेको महिला, बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्री नवलकिशोर साह सुडीले जानकारी दिए। मन्त्रालयले सडक बालबालिकामुक्त नेपाल बनाउने अभियानअन्तर्गत स्थानीय तहसँग सडक बालबालिकाको तथ्याङ्क माग गरेको छ ।

आजदेखि धरहरा सशुल्क, फोटो खिच्न पनि शुल्क तिर्नुपर्ने आइतबार, मंसिर ९, २०८१ धरहरा चढ्दा र पार्किङ गर्दा आजबाट शुल्क तिर्नुपर्ने भएको छ । यसअघि संविधान दिवस (असोज ३ गतेदेखि) परीक्षणका रूपमा निःशुल्क धरहरा खुला गरिएको थियो तर गत बिहीबारको मन्त्रिपरिषद् बैठकले धरहरा सशुल्क सञ्चालन गर्ने निर्णय गरेको हो ।

कालीगण्डकी करिडोरले मुक्तिनाथ र लुम्बिनी जोड्दै आइतबार, मंसिर ९, २०८१ कालीगण्डकी करिडोर भारतलाई चीनसँग जोड्ने छोटो मार्ग हो । राष्ट्रिय गौरवको आयोजनाका रूपमा रहेको करिडोरले मुस्ताङको प्रसिद्ध मुक्तिनाथ मन्दिरलाई भगवान् गौतम बुद्धको जन्मस्थान लुम्बिनीसँग जोड्न सफल भएको छ ।

भारतबाट आउने तरकारीका कारण नेपाली किसान समस्यामा आइतबार, मंसिर ९, २०८१ देवानगञ्ज गाउँपालिका–३ का अजय मण्डलले तीन कठ्ठामा बन्दागोभी लगाउनुभएको छ । मजदुरको अभाव, समयमा मलखाद नपाउनु, वर्षासँगै आएको बाढीको समस्याका बाबजुद उहाँले रु ५० हजारको लागतमा तरकारीखेती गर्नुभयो । तर मण्डललाई उचित मूल्य पाउन भने समस्या भएको छ ।

यी दुई प्रदेशमा वर्षा, पहाडी तथा हिमाली भूभागमा हल्का हिमपातको सम्भावना आइतबार, मंसिर ९, २०८१ देशमा पश्चिमी वायुको सामान्य प्रभाव रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । जसको प्रभावले हाल देशको कोशी, बागमती र गण्डकी प्रदेशका पहाडी भूभागमा आंशिक बदली रही बाँकी भूभागमा मौसम मुख्यतया सफा रहेको छ ।

बढ्यो चिसो, घट्यो तापक्रम शनिबार, मंसिर ८, २०८१ देशभर क्रमशः तापक्रम घट्दै गएको छ भने चिसो बढ्दै गएको छ। यसैक्रममा शनिबार काठमाडौं उपत्यकाको तापक्रम शुक्रबारको तुलनामा घटेको छ।

अरुण नदीमा पूजा गर्ने क्रममा एक जना बेपत्ता शनिबार, मंसिर ८, २०८१ शनिबार दिउँसो चैनपुर–११ खहरेस्थित अरुण नदीमा पूजा गर्न क्रममा चिप्लिएर जिमी बेपत्ता भएका प्रहरी निरीक्षक लामिछानेले बताए । जिमीको सशस्त्र प्रहरी, प्रहरी र स्थानीयले खोजीकार्य जारी राखेको जिल्ला प्रहरी कार्यालय सङ्खुवासभाले जनाएको छ ।

चिकित्सकले मृत घोषणा गरेका युवक चिताबाट ब्युँझिएपछि... शनिबार, मंसिर ८, २०८१ बोल्न र सुन्न समस्या भएका २५ वर्षीय रोहिताश कुमारलाई बिहीबार बिरामी परेपछि उपचारका लागि अस्पतालमा पुऱ्याउँदा चिकित्सकले मृत घोषणा गरे ।

प्रियंका गान्धी भारतको लोकसभा सदस्य निर्वाचित, तोडिन् राहुल गान्धीको रेकर्ड शनिबार, मंसिर ८, २०८१ शनिबार सम्पन्न मतगणना अनुसार गान्धी ६ लाख २२ हजार ३३८ मत प्राप्त गर्दै वायनाडबाट निर्वाचित भएकी हुन्। साथै गान्धी परिवारबाट संसद् प्रवेश गर्ने तेस्रो व्यक्ति बनेकी छन्।