News Griha :: न्यूजगृह
सेना परिचालन गर्न राष्ट्रपतिले दिए अनुमति
फाइल तस्बिर।

काठमाडौं— स्थानीय तह उपनिर्वाचनका लागि राष्ट्रपति  रामचन्द्र पौडेलले सेना परिचालन गर्न स्वीकृति दिएका छन्। 

मंसिर १६ गते उक्त उपनिर्वाचन सुरक्षित, भयरहित, निष्पक्ष एवम् शान्तिपूर्ण रूपमा सम्पन्न गर्न मन्त्रिपरिषद्को निर्णय बमोजिम राष्ट्रपति कार्यालयले जारी गरेको विज्ञप्तिमा  राष्ट्रपति पौडेलले नेपालको संविधानको धारा ६६ को उपधारा (२) बमोजिम स्वीकृति प्रदान गरेको उल्लेख छ।

Nepali-Patro-innerNepali-Patro-inner
प्रकाशित मिति: आइतबार, मंसिर ९, २०८१  १६:०९
Weather Update