News Griha :: न्यूजगृह
परराष्ट्रमन्त्रीको चीन भ्रमण स्वीकृत

काठमाडौं— परराष्ट्रमन्त्री आरजु राणा देउवाको चीन भ्रमण स्वीकृत भएको छ। सोमबार साँझ बसेको मन्त्रिपरिषद् बैठकले परराष्ट्रमन्त्री राणाको चीन भ्रमण स्वीकृत गरेको सञ्चार तथा सुचना प्रविधिमन्त्री पृथ्वीसुब्बा गुरुङले जानकारी दिए।

परराष्ट्रमन्त्री राणा प्रधानमन्त्री केपी शर्मा ओलीको भ्रमणको पूर्वतयारीका लागि चीन जान लागेकी हुन्।

उनले आफ्नो चीन भ्रमणबारे आजै बिहान पूर्व प्रधानमन्त्रीहरूसँगको छलफलमा पनि जानकारी गराएकी थिइन्। परराष्ट्र स्रोतका अनुसार उनी मंसिर १३ मा चीनतर्फ प्रस्थान गर्नेछिन्।

प्रधानमन्त्री ओली आगामी मंसिर १७ मा चीनको औपचारिक भ्रमणमा जाँदैछन्।

Nepali-Patro-innerNepali-Patro-inner
प्रकाशित मिति: सोमबार, मंसिर १०, २०८१  १९:४१
Weather Update