मुस्ताङमा साइकल सरर..... बिहीबार, कात्तिक १, २०८१
विपद् सङ्कटग्रस्त ७१ स्थानीय तहलाई ५० लाखदेखि १ करोड रुपैयाँसम्म अनुदान दिन बिहीबार, कात्तिक १, २०८१ विपद् सङ्कटग्रस्त क्षेत्र घोषणा गरिएका ७१ स्थानीय तहका विपद् प्रभावित परिवारलाई राहत, पुनर्स्थापना र पुनर्निर्माणका लागि संघीय सरकारका तर्फबाट तत्काल ५० लाखदेखि १ करोड रुपैयाँसम्म अनुदान दिन सिफारिस गरिएको छ ।
चिसो बढे पनि घटेन डेङ्गु, काठमाडौंमा हप्तामै पाँच सयभन्दा बढी सङ्क्रमित भेटिए बिहीबार, कात्तिक १, २०८१ चिसो बढे पनि डेङ्गु सङ्क्रमण घट्न सकेको छैन। स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालय, इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखा (ईडीसीडी)को पछिल्लो विवरण हेर्दा देशभर डेङ्गु सङ्क्रमण बढिरहेको छ।
पाथीभरा पदमार्गमा देखिएको रेडपाण्डा बिहीबार, कात्तिक १, २०८१ रेडपाण्डाको मुख्य बासस्थान मानिने पाथीभरा क्षेत्रमा समय समयमा पदमार्गमै रेडपाण्डा देखिने गरेको छ । तर यस क्षेत्रमा कुकुरबाट रेडपाण्डा असुरक्षित हुने गरेको स्थानीयले बताए ।
निर्वाचन आयोगद्वारा नेपाली नागरिकता त्याग गर्नेको विवरण माग बिहीबार, कात्तिक १, २०८१ निर्वाचन आयोगले गैर–आवासीय नेपाली नागरिकता प्राप्त गर्ने व्यक्तिको उक्त नागरिकता प्राप्त गर्नु पूर्वको नेपाली नागरिकता त्याग गरिएको विवरण गृह मन्त्रालयमार्फत माग गरेको छ ।
महिला उम्मेदवार रहने गरी मनोनयन पत्र पेस गर्न आयोगको निर्देशन बिहीबार, कात्तिक १, २०८१ निर्वाचन आयोगले आगामी मङ्सिर १६ गते हुने स्थानीय तहको उपनिर्वाचनमा उम्मेदवारी दिने राजनीतिक दललाई महिला उम्मेदवार रहने गरी मनोनयन पत्र पेस गर्न निर्देशन दिएको छ ।
अदालतको अवहेलना मुद्दामा बार अध्यक्ष घिमिरेलाई लिखित जवाफ बुझाउन आदेश बिहीबार, कात्तिक १, २०८१ सर्वोच्च अदालतले नेपाल बार एसोसिएसनका अध्यक्ष गोपालकृष्ण घिमिरेलाई अदालतको अवहेलनामा किन कारबाही नगर्ने भनेर लिखित जवाफ दिन आदेश गरेको छ।उनलाई अदालतको अवहेलनामा कारबाही गर्न माग गर्दै सर्वोच्चका उपरजिष्ट्रार गोविन्द प्रसाद घिमिरेले तयार गरेको प्रतिवेदन दसैंअघि दर्ता भएको थियो।
बंगलादेशकी पूर्वप्रधानमन्त्री शेख हसिनाविरुद्ध पक्राउ पुर्जी जारी बिहीबार, कात्तिक १, २०८१ बंगलादेशको एक अदालतले निर्वासित पूर्वप्रधानमन्त्री शेख हसिनालाई पक्राउ पुर्जी जारी गरेको छ ।अदालतले हसिनाको आवामी लिग पार्टीका पूर्व महासचिव ओबैदुल कादिर र अन्य ४४ जनाविरुद्ध पनि पक्राउ पुर्जी जारी गरेको छ।
शव परीक्षण गराउन ट्याक्टर ‘रिजर्भ’ गर्नुपर्ने बाध्यता बिहीबार, कात्तिक १, २०८१ जिल्ला प्रहरी कार्यालयले उपलब्ध गराएको तथ्याङ्कअनुसार गत साउनदेखि असोज मसान्तसम्ममा जिल्लाका विभिन्न ठाउँमा १३ जनाले आत्महत्या गरेका छन् । ती सबैका परिवारले ट्याक्टरमै महङ्गो भाडा तिरेर शव बोकाउनुपरेको गुनासो मृतक परिवारका आफन्तले गरेका छन् । वर्षभरि हुने यस्ता प्रकृतिका घटनामा सयौँ सर्वसाधारण आर्थिक भारमा पर्दै आएका छन् ।
सङ्क्रमणकालीन न्यायसम्बन्धी आयोगहरू यथाशक्य चाँडो गठन गर्न तीन दल सहमत बिहीबार, कात्तिक १, २०८१ बिहीबार प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा बसेको तीन दलका शीर्ष नेताहरूको बैठकमा सङ्क्रमणकालीन न्याय सम्पादनलाई टुङ्गोमा पुर्याउन कानूनबमोजिम दुवै आयोगहरूलाई यथाशक्य चाँडो पूर्णता दिएर अघि बढ्ने सहमति भएको हो ।
शेयर बजार २७४५ अंकमा बिहीबार, कात्तिक १, २०८१ अघिल्लो दिनको तुलनामा नेप्से परिसूचक २.४७ अंक बढेसँगै २७४५ मा कायम भएको छ । अघिल्लो दिन ५ अर्ब ६६ करोड कारोबार भएकोमा यस दिन ७ अर्ब १९ करोडको भयो । ८९ कम्पनीको मूल्य बढ्दा १४२ को घट्यो भने १३ को स्थिर रह्यो ।
दसैँभर काठमाडौं उपत्यकामा ११ ठाउँमा चोरी, १३० सवारी दुर्घटना बिहीबार, कात्तिक १, २०८१ काठमाडौं उपत्यकामा दसैँको अवधिभर (असोज १७ गतेदेखि २८सम्म) ११ वटा चोरीका घटना भएका छन् । उपत्यकाका तीन जिल्लाहरु (काठमाडौं, ललितपुर र भक्तपुर)मा जम्मा ११ वटा मात्रै चोरीको घटना भएको काठमाडौं उपत्यका प्रहरी कार्यालय रानिपोखरीले जनाएको छ ।
बझाङको खप्तडछान्ना सञ्चार सम्पर्कविहीन बिहीबार, कात्तिक १, २०८१ गत हप्तादेखि बझाङको खप्तडछान्ना गाउँपालिका सञ्चार सम्पर्कविहीन बनेको छ । गत असोज २३ गते खप्तडछान्ना गाउँपालिकामा रहेको नेपाल टेलिकमको टावरमा अज्ञात समूहले तोडफोड गरेपछि गाउँपालिका सम्पर्कविहीन बनेको हो ।