News Griha :: न्यूजगृह
विद्युत् महसुल नतिर्ने उद्योगको बैंक खाता रोक्का गर्न पत्राचार
विद्युत् महसुल नतिर्ने उद्योगको बैंक खाता रोक्का गर्न पत्राचार पत्रमा २०७२ माघदेखि २०७५ वैशाखसम्म डेडिकेटेड र ट्रंक लाइन प्रयोग गरी महसुल नतिरेका उद्योगको नाम र बक्यौता रकम पनि उल्लेख गरिएको छ। बैंक खाता रोक्का गर्ने पत्राचारको जानकारी घिसिङले नियमनकारी निकाय विद्युत् नियमन आयोगलाई पनि गराएका छन्।
५५ करोड रुपैयाँ बराबरको अनलाइन जुवा खेलाएको आरोपमा एक युवक पक्राउ
५५ करोड रुपैयाँ बराबरको अनलाइन जुवा खेलाएको आरोपमा एक युवक पक्राउ पक्राउ पर्नेमा पाँचथरको मिक्लाजुङ गाउँपालिका–७ घर भएका ३७ वर्षीय सुनिल राई छन्। उनलाई काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयको टोलीले पक्राउ गरेको हो। बेटिङ एपमार्फत उनले अनलाइन जुवा खेलाएको आरोप छ। साथै उनले क्रिप्टो करेन्सी ट्रेड गर्ने गरेको पनि प्रहरीले जनाएको छ।
विवाह पञ्चमीलाई व्यवस्थित बनाउन २ हजारबढी सुरक्षाकर्मी परिचालन
विवाह पञ्चमीलाई व्यवस्थित बनाउन २ हजारबढी सुरक्षाकर्मी परिचालन मधेस प्रदेशको राजधानी जनकपुरधाममा मङ्सिर १६ गतेदेखि सुरु हुने श्री सीताराम विवाह पञ्चमी महामहोत्सवलाई व्यवस्थित तथा शान्तिपूर्ण रूपमा सम्पन्न गर्न दुई हजार भन्दाबढी सुरक्षाकर्मी परिचालन गरिने प्रमुख जिल्ला अधिकारी रामुराज कडरियाले बताएका छन्।
सर्लाहीका चिनी उद्योग सञ्चालनको तयारीमा, राज्यले उखुको समर्थन मूल्य तोकेन
सर्लाहीका चिनी उद्योग सञ्चालनको तयारीमा, राज्यले उखुको समर्थन मूल्य तोकेन मङ्सिर आधा सकिनै लाग्दासमेत सरकारले यो यामका लागि उखुको समर्थन मूल्य तय नगर्दा किसान र उद्योगी दुवै अन्योलमा परेका छन्। उखु काटेर बेच्न लैजान समय घर्किंदै जाँदा सरकारले समर्थन मूल्य तय नगरेको भन्दै तत्काल समर्थन मूल्य तय किसानले माग गरेका छन्।
दुर्गा प्रसाईंलाई थुनामुक्त गर्न सर्वोच्चको अस्वीकार
दुर्गा प्रसाईंलाई थुनामुक्त गर्न सर्वोच्चको अस्वीकार न्यायाधीशद्वय नित्यान्द पाण्डेय र महेश शर्मा पौडेलको संयुक्त इजलासले बुधबार उक्त रिट खारेज गरिदिएको हो। पाण्डेय र पौडेलको इजलासले रिट खारेज गर्दै निर्देशनात्मक आदेश जारी गरेको छ।
पाथीभरामा विदेशी पर्यटकको आगमन बढ्दै
पाथीभरामा विदेशी पर्यटकको आगमन बढ्दै ताप्लेजुङस्थित प्रसिद्ध शक्तिपीठ पाथीभरामा पछिल्लो समय विदेशी पर्यटकको आगमन बढ्दै गएको छ। पाथीभराको दर्शनसँगै यस क्षेत्रको प्राकृतिक सुन्दरतामा रमाउन विदेशी पर्यटकको आगमन उल्लेखनीय रूपमा बढेको पाथीभरा क्षेत्र विकास समितिले जनाएको छ।
प्रचण्डको अपिल : सुशासनका लागि उपनिर्वाचनमा माओवादीलाई भोट हाल्नुस्
प्रचण्डको अपिल : सुशासनका लागि उपनिर्वाचनमा माओवादीलाई भोट हाल्नुस् उनले आफू प्रधानमन्त्री हुँदा सुशासन र न्यायको पक्षमा, भ्रष्टाचार र सबैखाले विभेदको विपक्षमा काम गर्नुका साथै देशलाई आर्थिक संकटबाट माथि उठाउने काम गरेको जिकिर गरे। मुलुकका ४४ स्थानीय तहमा यही मंसिर १६ गते उपनिर्वाचन हुँदैछ।
रास्वपाका नेताविरुद्धको अवहेलना मुद्दामा सर्वोच्चले मगायो भाषणको पूर्णपाठ
रास्वपाका नेताविरुद्धको अवहेलना मुद्दामा सर्वोच्चले मगायो भाषणको पूर्णपाठ सर्वोच्च अदालतले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का नेताहरुविरुद्ध दर्ता भएको अदालतको अवहेलना निवेदनलाई गम्भीर रूपमा लिँदै उनीहरूले सार्वजनिक रूपमा गरेका भाषणहरूको क्लिपसहितका विवरण पेस गर्न आदेश गरेको छ।
२७५६ विन्दुमा नेप्से, ८ कम्पनीमा सकारात्मक सर्किट
२७५६ विन्दुमा नेप्से, ८ कम्पनीमा सकारात्मक सर्किट बुधबार पनि नेप्से परिसूचक दोहोरो अंकले बढेको छ। गत सोमबारदेखि बढ्ने क्रममा रहेको नेप्सेले यसदिन पनि निरन्तरता पाएको हो। बुधबार नेप्से ३९.७० अंकले बढेर २७५६.३६ विन्दुमा बन्द भएको छ। आज नेप्से परिसूचकसँगै कारोबार रकम पनि बढेको छ।
उद्योगमा लाइन नकाट्ने प्राधिकरण सञ्चालक समितिको निर्णय
उद्योगमा लाइन नकाट्ने प्राधिकरण सञ्चालक समितिको निर्णय नेपाल विद्युत प्राधिकरण सञ्चालक समितिको बैठकले उद्योगहरूमा बिजुली नकाट्ने निर्णय गरेको छ। विद्युत नियमन आयोगको चिठ्ठी अनुसार वैकल्पिक बाटो प्रयोग गरेर पैसा उठाउने तत्काल उद्योगमा बिजुली नकाटिने निर्णय भएको सञ्चालक समिति सदस्य कपिल आचार्यले बताए।
अदालत पुग्दैनन् घरेलु हिंसाका अधिकांश उजुरी
अदालत पुग्दैनन् घरेलु हिंसाका अधिकांश उजुरी चार वर्षमा घरेलु हिंसासम्बन्धी कसुरमा आठ सय २० वटा मुद्दा विभिन्न निकायमा दर्ता भएकामा अधिकांश मेलमिलापमा टुङ्गिएका छन् भने थोरै मात्र अदालत पुगेका छन्।
वैदेशिक रोजगारमा पठाइदिन्छु भन्दै ठगी गर्ने दुई जना पक्राउ
वैदेशिक रोजगारमा पठाइदिन्छु भन्दै ठगी गर्ने दुई जना पक्राउ प्रहरीले मकनवानपुरको बकैया गाउँपालिका-५ घर भई हाल काठमाडौं नागार्जुन नगरपालिका-५ सितापाइला बस्ने ३९ वर्षीय सुवर्ण कुमार बल र सर्लाही ब्रम्हपुरी गाउँपालिका-३ घर भई काठमाडौंको टोखा नगरपालिका-८ बस्ने २८ वर्षीया मनिषा कुमारीलाई पक्राउ गरेको हो।
Weather Update