News Griha :: न्यूजगृह
शेयरबजारमा ८ अंकको ‘करेक्सन’, साढे ८ अर्बको कारोबार
शेयरबजारमा ८ अंकको ‘करेक्सन’, साढे ८ अर्बको कारोबार नेपाल स्टक एक्सचेन्जका अनुसार बजार परिसूचक नेप्से ८.३० अंकले घटेर २७४८.०५ विन्दुमा थामिएको हो। यस दिन बजारमा कुल १ करोड ६६ हजार कित्ता शेयर किनबेच भए। सो किनबेचमा ८ अर्ब ५४ करोडको कारोबार भएको हो। 
पाल्पामा धान उत्पादन बढेपछि किसान उत्साहित
पाल्पामा धान उत्पादन बढेपछि किसान उत्साहित जिल्लामा यस वर्ष धान उत्पादनमा वृद्धि भएपछि किसान उत्साहित छन्। गुणस्तरीय बीउ, उन्नत वा हाइब्रिड जातका धानको प्रयोग, अनुकूल मौसमलगायत कारणले धान उत्पादन बढेको हो।
सुधारिएको स्वास्थ्य मन्त्रालय बनाएरै छाड्छु : मन्त्री पौडेल
सुधारिएको स्वास्थ्य मन्त्रालय बनाएरै छाड्छु : मन्त्री पौडेल बिहीबार काठमाडौंमा आयोजित एक कार्यक्रमलाई सम्बोधन गर्दै उनले यस्तो बताएका हुन्। उनले आफूहरू फेरिएको स्वास्थ्य मन्त्रालय नभई सुधारिएको स्वास्थ्य मन्त्रालय  बनाउने गरी अघि बढेको बताए। उनले टिप्पणीरहित स्वास्थ्य मन्त्रालय बनाउन सक्नुपर्ने बताए।
१९ करोड लगानीमा सानो गौचरन रंगशालाको पुनःनिर्माण सुरू
१९ करोड लगानीमा सानो गौचरन रंगशालाको पुनःनिर्माण सुरू २२ करोड ९५ लाख ९३ हजार ९९९ लागत अनुमान गरिएको काम गर्न आव्हान गरिएको बोलपत्रबाट १८ करोड ८६ लाख ७४ हजार ८२७ रूपैयाँ कबोल गरेर शुभ कन्स्ट्रक्सनले पुनःनिर्माणको जिम्मेवारी पाएको छ।
काठमाडौं उपत्यकाबाट हराएका २७ मोटसाइकल फेला
काठमाडौं उपत्यकाबाट हराएका २७ मोटसाइकल फेला काठमाडौं उपत्यका ट्राफिक प्रहरी कार्यालयले बिहीबार १८ मोटरसाइकल र नौ स्कुटर सम्बन्धित धनीलाई हस्तान्तरण गरेको हो।
आचारसंहिता विपरीत चुनाव प्रचारमा हिँडेको भन्दै एमाले सांसद सवार गाडी नियन्त्रणमा
आचारसंहिता विपरीत चुनाव प्रचारमा हिँडेको भन्दै एमाले सांसद सवार गाडी नियन्त्रणमा सहायक निर्वाचन अधिकृत अमर ओलीले स्थानीयले गाडी नियन्त्रणमा लिएको भन्ने सूचना पाएपछि प्रहरी पठाएको बताए। गाडी नियन्त्रमा लिएपछि माओवादी केन्द्र र जसपाका समर्थकले नाराबाजी गरेका थिए।
तुवाँलोले ढाकेको काठमाडौं उपत्यका [तस्बिरसहित]
तुवाँलोले ढाकेको काठमाडौं उपत्यका [तस्बिरसहित] काठमाडौं उपत्यकाको आकाश यतिबेला तुवाँलोले ढाकिनुका साथै प्रदूषणले भरिपूर्ण बनेको छ।काठमाडौं विश्वको प्रदूषित शहरको सातौँ स्थानमा देखिएको छ। काठमाडौं विश्वकै प्रदूषित शहरको सातौँ स्थानमा पुगेको युरोपेली प्रदूषण मापन संस्था वर्ल्ड एयर क्वालिटी इन्डेक्स (आईक्यूएयर)ले देखाएको हो।
चीन प्रस्थान गरिन् परराष्ट्रमन्त्री राणा
चीन प्रस्थान गरिन् परराष्ट्रमन्त्री राणा प्रधानमन्त्री केपी शर्मा ओली चीन भ्रमण जानुअघि परराष्ट्रमन्त्री राणा चीन प्रस्थान गरेकी हुन्। उनले शुक्रबार चिनियाँ विदेशमन्त्री वाङ यीसँग भेटवार्ता गर्नेछिन्। उनी मंसिर १५ गते काठमाडौं फर्किनेछिन्। प्रधानमन्त्री ओलीसँग पुन: मंसिर १७ गते चीन जानेछिन्।
हनी ट्रयापमा संलग्न तीन जना पक्राउ
हनी ट्रयापमा संलग्न तीन जना पक्राउ हनी ट्रयापमा संलग्न रहेको अभियोगमा प्रहरीले तीन जनालाई पक्राउ गरेको छ।
हेटौँडास्थित विद्युत प्राधिकरणको वर्कशपमा आगलागी
हेटौँडास्थित विद्युत प्राधिकरणको वर्कशपमा आगलागी नेपाल प्रहरी, हेटौंडा उपमहानगरपालिकाको नगर प्रहरी, विद्युत प्राधिकरणका कर्मचारी र दुई दमकलको सहयोगमा आगलागि एक घण्टामा नियन्त्रणमा आएको जिल्ला प्रहरी कार्यालय मकवानपुरका डीएसपी श्यामु अर्यालले जानकारी दिए। 
घट्यो सुनचाँदीको भाउ, आज कतिमा हुँदैछ किनबेच?
घट्यो सुनचाँदीको भाउ, आज कतिमा हुँदैछ किनबेच? नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावाल सुन प्रतितोला एक लाख ४९ हजार तीन रूपैयाँमा कारोबार भइरहेको छ। बुधबार छापावाल सुन प्रतितोला एक लाख ४९ हजार छ सय रूपैयाँमा कारोबार भएको थियो। 
साबेल प्रहार गरी सँगै सुतेका सहकर्मीको हत्या
साबेल प्रहार गरी सँगै सुतेका सहकर्मीको हत्या मकवापुरमा एक युवकले सहकर्मीको हत्या गरेका छन्। मनहरी गाउँपालिका–६ प्रतापुरको लच्कामा ३४ वर्षीय अम्मरबहादुर लोप्चनले ५० वर्षीय जितबहादुर मोक्तानको हत्या गरेका हुन्।
Weather Update