चीन प्रस्थान गरिन् परराष्ट्रमन्त्री राणा
काठमाडौं — परराष्ट्र मन्त्री आरजु राणा चीन प्रस्थान गरेकी छन्।
प्रधानमन्त्री केपी शर्मा ओली चीन भ्रमण जानुअघि परराष्ट्रमन्त्री राणा चीन प्रस्थान गरेकी हुन्। उनले शुक्रबार चिनियाँ विदेशमन्त्री वाङ यीसँग भेटवार्ता गर्नेछिन्।
उनी मंसिर १५ गते काठमाडौं फर्किनेछिन्। प्रधानमन्त्री ओलीसँग पुन: मंसिर १७ गते चीन जानेछिन्।
राणा परराष्ट्र मन्त्रीमा नियुक्त भएपछि पहिलो पटक चीन भ्रमणमा गएकी हुन्। उनलाई त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा परराष्ट्र मन्त्रालयका कायममुकायम सचिव अमृतबहादुर राई र मन्त्रालयका अधिकारीहरूले बिदाइ गरे।
प्रकाशित मिति: बिहीबार, मंसिर १३, २०८१ १२:५६