News Griha :: न्यूजगृह
मकवानपुरमा दुई जनाको मृत्यु
मकवानपुरमा दुई जनाको मृत्यु मकवानपुरमा आज बिहान दुईवटा छुट्टाछुट्टै घटनामा दुई जनाको मृत्यु भएको छ। भुईंमा लत्रिएको तारबाट करेन्ट लागेर र अटो रिक्साको ठक्करबाट एक–एक जनाको मृत्यु भएको हो।
श्रीलंकाको पहिलो विकेट पतन, हेमन्तको नाममा पहिलो विकेट
श्रीलंकाको पहिलो विकेट पतन, हेमन्तको नाममा पहिलो विकेट यूएईको शारजाह क्रिकेट स्टेडियममा नेपालले टस जितेर बलिङ गरेको नेपालले ओपनर पुलिन्दु परेरा आउट भएका छन्। उनलाई नेपालका कप्तान हेमन्त धामीले पेभिलियन फर्काए।
प्रधानमन्त्रीको चीन भ्रमण: मन्त्री प्राथमिकतामा परेनन्, सरकारी खर्चमा जानेछन् भान्सेदेखि सांसदसम्म ३९ जना
प्रधानमन्त्रीको चीन भ्रमण: मन्त्री प्राथमिकतामा परेनन्, सरकारी खर्चमा जानेछन् भान्सेदेखि सांसदसम्म ३९ जना आगामी सोमबार प्रधानमन्त्री केपी शर्मा ओलीको चीन भ्रमणमा जाँदैछन्।  बिहीबार बसेको मन्त्रिपरिषद् बैठकले मंसिर १७ गतेबाट हुने प्रधानमन्त्रीको चीन भ्रमण स्वीकृत गरेको हो।
सरकारी वकिल कार्यालयमा रविको बयान जारी
सरकारी वकिल कार्यालयमा रविको बयान जारी सहकारी ठगी प्रकरणमा पक्राउ परेका लामिछानेलाई काठमाडौंको जिल्ला सरकारी वकिलको कार्यालयमा बयानका लागि आज बिहान उपस्थित गराइएको हो। जिल्ला प्रहरी कार्यालय कास्कीको हिरासतमा रहेका लामिछानेलाई बिहीबार बेलुका बयानका लागि काठमाडौं ल्याइएको थियो।
दुर्घटनामा ससुराको मृत्यु, बुहारीसहित तीन घाइते
दुर्घटनामा ससुराको मृत्यु, बुहारीसहित तीन घाइते इटहरी १३ खनारस्थित कालीमन्दिर अगाडी उत्तरबाट दक्षिणतर्फ जाँदै गरेको प्रदेश १–०२–०५६ प ७५५६ नम्बरको मोटरसाइकल र दक्षिणबाट उत्तर आएर बाटो क्रस गर्दै गरेको मे ४ प ८९१ नम्बरको स्कुटर एकआपसमा ठक्कर खाँदा सो दुर्घटना भएको हो।
चार जना एसपीलाई एसएसपीमा बढुवा गर्न सिफारिस
चार जना एसपीलाई एसएसपीमा बढुवा गर्न सिफारिस नेपाल प्रहरीको स्वास्थ्य उपसमूह, चिकित्सकतर्फका चार जना प्रहरी उपरीक्षक (एसपी)लाई प्रहरी वरिष्ठ उपरीक्षक पदमा बढुवा सिफारिस गरिएको छ।
रवि ​​​​​​​लामिछानेसँग आजदेखि काठमाडौंमा बयान
रवि ​​​​​​​लामिछानेसँग आजदेखि काठमाडौंमा बयान उनको बयान जिल्ला सरकारी वकिल कार्यालयमा शुक्रबारदेखि हुनेछ। कास्की प्रहरीको हिरासतमा रहेका रास्वपाका सभापति एवं पूर्वगृहमन्त्री रवि लामिछानेलाई बिहीबार साँझ काठमाडौं ल्याइएको थियो।
आज गण्डकीका उच्च भूभागमा हिमपातको सम्भावना, कस्तो होला शनिबार र आइतबारको मौसम?
आज गण्डकीका उच्च भूभागमा हिमपातको सम्भावना, कस्तो होला शनिबार र आइतबारको मौसम? हाल देशमा पश्चिमी वायुको सामान्य प्रभाव छ। यतिबेला (शुक्रबार बिहान) कोशी प्रदेश, बागमती प्रदेश र गण्डकी प्रदेशका पहाडी भूभागको मौसम आंशिक बदली छ भने बाँकी भूभागमा मौसम मुख्यतया सफा रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ।
एसीसी यू–१९ एसिया कपमा नेपालले आज श्रीलंकासँग खेल्दै
एसीसी यू–१९ एसिया कपमा नेपालले आज श्रीलंकासँग खेल्दै नेपालले शुक्रबार श्रीलंकासँग खेलेर एसीसी यू–१९ एसिया कपमा आफ्नो यात्रा सुरु गर्दै छ। यूएईमा हुने प्रतियोगितामा दिनको अर्को खेलमा अफगानिस्तान र बंगलादेश आमनेसामने हुनेछन्। नेपाल र श्रीलंका शारजहाँ तथा अफगानिस्तान र बंगलादेश दुबईमा खेल्नेछन्।
उखुको समर्थन मूल्य निर्धारण, प्रतिक्विन्टल २० रुपैयाँले बढ्यो
उखुको समर्थन मूल्य निर्धारण, प्रतिक्विन्टल २० रुपैयाँले बढ्यो बिहीबार बसेको मन्त्रिपरिषद्को बैठकले उद्योगी (उखु मिल)ले किसानहरूलाई उपलब्ध गराउने रकममा प्रतिक्विन्टल २० रुपैयाँले वृद्धि गरेको हो। अब किसानले प्रतिक्विन्टल झन्डै ५८५ रुपैयाँ उखु मिलबाट पाउने छन्।
बुढीगण्डकी लगायत विभिन्न जलविद्युत परियोजनाको लगानी स्वीकृत
बुढीगण्डकी लगायत विभिन्न जलविद्युत परियोजनाको लगानी स्वीकृत साथै माथिल्लो कर्णाली जलविद्युत आयोजनाको शेयर परिवर्तन र सम्झौतापत्र संशोधनको निर्णय गरिएको छ। प्रधानमन्त्री ओलीले सम्बन्धित निकायहरूले समन्वयात्मक रूपमा काम गरी मुलुकमा लगानीको उचित वातावरण सृजना गर्न र समृद्धिको यात्रामा तदारुकताका साथ काम गर्न आग्रह गरे।
 स्थानीय तह उपनिर्वाचन: मौन अवधि सुरु, के गर्न पाइँदैन?
 स्थानीय तह उपनिर्वाचन: मौन अवधि सुरु, के गर्न पाइँदैन? स्थानीय तह उपनिर्वाचनको मौन अवधि आजदेखि सुरु भएको छ। निर्वाचन आयोगले निर्वाचन प्रचारप्रसार निषेध अवधि सुरु भएको उल्लेख गर्दै उपनिर्वाचनलाई स्वच्छ, स्वतन्त्र, निष्पक्ष, विश्वसनीय र भयरहित वातावरणमा सम्पन्न गर्न सबैलाई आग्रह गरेको छ।
Weather Update