बालिकालाई वेश्यावृत्तिमा लगाएको आरोपमा गेस्टहाउस सञ्चालक पक्राउ शुक्रबार, कात्तिक २, २०८१
यी दुई काम गर्न प्रतिपक्षी दलहरूले बनाए कार्यदल शुक्रबार, कात्तिक २, २०८१ बैठकमा अध्यक्ष दाहाल, रास्वपा सभापति रवि लामिछाने, राप्रपा अध्यक्ष राजेन्द्र लिङ्देन, एकीकृत समाजवादी अध्यक्ष माधवकुमार नेपाल, लोसपा अध्यक्ष महन्थ ठाकुर, नाउपा अध्यक्ष रञ्जिता श्रेष्ठ, आम जनता पार्टीका अध्यक्ष प्रभु साह लगायतबीच छलफल भएको हो।
दल फुटाउन सरकारले अध्यादेश ल्याउन लागेको प्रतिपक्षी दलहरूको आशंका शुक्रबार, कात्तिक २, २०८१ प्रतिपक्षी दलहरूले सरकारले दल फुटाउन अध्यादेश ल्याउने तयारी गरेको आशंका व्यक्त गरेका छन्। नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले शुक्रबार नयाँ बानेश्वरस्थित संसद् भवनमा बोलाएको विपक्षी दलहरूको बैठकमा उक्त विषयमा ‘गम्भीर छलफल’ भएको हो।
मोरङ प्रहरी प्रमुख कार्की हेडक्वार्टर तानिए, आर्थिक अनियमिततामा मुछिएको आरोप शुक्रबार, कात्तिक २, २०८१ केन्द्रीय प्रवक्ता तथा डीआईजी दानबहादुर कार्कीले उनलाई प्रहरी हेडक्वार्टरको अपराध अनुसन्धान विभागमा सरुवा गरिएको बताए। ‘मोरङका एसपीको हेडक्वार्टरमा सरुवा भएको हो,’ प्रवक्ता कार्कीले भने।’
देशभर भिटामिन 'ए' र जुकाको औषधि खुवाइँदै शुक्रबार, कात्तिक २, २०८१ स्वास्थ्य मन्त्रालयले आज र भोलि बालबालिकालाई जुकाको औषधि र भिटामिन ‘ए’ क्याप्सुल खुवाउँदै छ। ६ देखि ५९ महिनासम्मका बालबालिकालाई भिटामिन ‘ए’ क्याप्सुल र १ देखि ५ वर्षसम्मका बालबालिकालाई जुकाको औषधि खुवाइने मन्त्रालयले जनाएको छ। बालबालिकालाई नजिकैको महिला सामुदायिक स्वास्थ्य स्वयंसेवीका मार्फत भिटामिन 'ए' र जुकाको औषधि खुवाउन मन्त्रालयले आग्रह गरेको...
दाङमा सर्प महोत्सव हुँदै शुक्रबार, कात्तिक २, २०८१ दाङमा सर्प महोत्सव हुने भएको छ। मानिस र सर्पबीचको द्वन्द न्यूनीकरण तथा सर्प संरक्षणको उद्देश्यले कात्तिक ८ देखि १० गतेसम्म महोत्सव आयोजना गर्न लागिएको हो।
प्रचण्डलाई रवि पक्राउ पर्न लागेको सूचना कसले दियो? शुक्रबार, कात्तिक २, २०८१ नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले रास्वपा सभापति रवि लामिछाने पक्राउ पर्न सक्ने बताएका छन्।अध्यक्ष दाहालले शुक्रबार प्रतिपक्षी दलहरूको बैठकमा रास्वपा सभापति लामिछानेलाई पक्राउ गर्न लागिएकोबारे आफूले सूचना पाएको बताएका हुन्।
रवि लामिछानेलाई पक्राउ गर्न खोजिए विपक्षी दलले प्रतिवाद गर्ने शुक्रबार, कात्तिक २, २०८१ प्रतिपक्षी दलको बैठकमा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेको विषयमा छलफल भएको छ। बैठकमा सरकारले लामिछानेलाई सहकारी प्रकरणमा पक्राउ गर्न खोजे प्रतिवाद गर्ने निर्णय गरेको बैठकमा सहभागी एक नेताले बताए।
विपक्षी दलको निष्कर्ष– ओली सरकार असफल भयो शुक्रबार, कात्तिक २, २०८१ शुक्रबार नयाँबानेश्वरमा बसेको विपक्षी दलको बैठकले ओली सरकार असफल भएको निष्कर्ष निकाल्दै सुशासनको सवालमा पनि गम्भीर ढङ्गले चुकेको ठहर गरेको राप्रपा अध्यक्ष राजेन्द्र लिङ्देनले जानकारी दिए।
सुनको मूल्यमा नयाँ कीर्तिमान, तोलामा २ हजार बढ्यो शुक्रबार, कात्तिक २, २०८१ अघिल्लो दिन प्रतितोला १ लाख ६२ हजार ४ सय रुपैयाँमा कारोबार भएको सुन यस दिन १ लाख ६४ हजार ४ सय रुपैयाँ पुगेको छ। अन्तर्राष्ट्रिय बजारमा मूल्य बढ्ने क्रम जारी रहेपछि त्यसको प्रभाव नेपाली बजारमा परेको हो।
चितवनमा रगत अभाव शुक्रबार, कात्तिक २, २०८१ जिल्लामा रगतको अभाव भएको छ। चाडपर्वका कारण रक्तदान कार्यक्रम कम हुँदा रगतको अभाव भएको हो। नेपाल रेडक्रस सोसाइटीले रगत अभाव भएकाले रक्तदान गर्न दाताहरूलाई आग्रह गरेको छ।
नाङ्लो बुनेर लोभलाग्दो आम्दानी शुक्रबार, कात्तिक २, २०८१ सुनसरीको इटहरी उपमहानगरपालिका–३ सुनौलो बस्तीमा होम्ताङबाट आएका राई जातिको बाहुल्य छ। यहाँ सबैको आम्दानीको स्रोत नै नाङ्लो बुन्ने र बेच्ने भएको छ। व्यावसायिक रूपमा नाङ्लो बुन्दै आएका राई परिवारले लोभलाग्दो आर्जन पनि गरिरहेका छन्।
माओवादी अध्यक्ष दाहालले बोलाए प्रतिपक्षी दलहरूको बैठक शुक्रबार, कात्तिक २, २०८१ मुख प्रतिपक्षी दल नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले संसदका प्रतिपक्षी दलहरूको बैठक बोलाएका छन्।बैठक नयाँ बानेश्वरस्थित संघीय संसद् भवनमा प्रतिपक्षी दलहरूको बैठक बसिरहेको छ।