News Griha :: न्यूजगृह
रविलाई पोखराबाट काठमाडौं ल्याइयो

काठमाडौं — सहकारी संस्थाको रकम गोर्खा मिडिया नेटवर्कमा ल्याएर अपचलन गरेको आरोपमा पक्राउ परेका रास्वपाका सभापति रवि लामिछानेलाई बिहीबार पोखराबाट काठमाडौं ल्याइएको छ।

लामिछानेलाई काठमाडौंमा जिल्ला सरकारी वकिलको कार्यालयमा बयानका लागि ल्याइएको हो। काठमाडौंको कालिमाटीमा रहेको स्वर्णलक्ष्मी सहकारी संस्थाको रकम ठगीबारे थप अनुसन्धान गर्न उनलाई साँझ बुद्ध एअरको उडानबाट काठमाडौं ल्याइएको हो।

उनीमाथि सहकारी ठगी, संगठित अपराध एवं सम्पत्ति शुद्धीकरण सम्बन्धी अनुसन्धान भइरहेको छ।

Nepali-Patro-innerNepali-Patro-inner
प्रकाशित मिति: बिहीबार, मंसिर १३, २०८१  १८:०५
Weather Update