News Griha :: न्यूजगृह
काठमाडौं उपत्यकाबाट हराएका २७ मोटसाइकल फेला

काठमाडौं — ट्राफिक प्रहरीले काठमाडौं उपत्यकामा विभिन्न सयमा हराएका २७ मोटरसाइकल तथा स्कुटर फेला पारेर सम्बन्धित धनीलाई हस्तान्तरण गरेको छ।

काठमाडौं उपत्यका ट्राफिक प्रहरी कार्यालयले बिहीबार १८ मोटरसाइकल र नौ स्कुटर सम्बन्धित धनीलाई हस्तान्तरण गरेको हो।

कार्यालयले हराएका मोटरसाइकल काभ्रे, कोटेश्वर, गौशाला, नँयाबसपार्क, सोह्रखुट्टे, मालिगाँउ, मङ्गलबजार, गोकर्ण, नगरकोट, ताथली र बुद्धनगर लगायतका स्थानबाट फेला पारेको थियो।

कार्यालयका प्रवक्ता प्रहरी वरिष्ठ उपरीक्षक उमाप्रसाद चर्तुवेदीले हराएका सवारी साधन नम्बरप्लेट नक्कली हालेर चलाएको अवस्थामा फेला पारिएको बताए।

ट्राफिक प्रहरीले आव २०७९/८० मा ४९९ र २०८०/८१ मा ४१७ दुईपाङ्ग्रे सवारी साधन खोजतलास गरी सम्बन्धित धनीलाई बुझाइसकेको छ।

Nepali-Patro-innerNepali-Patro-inner
प्रकाशित मिति: बिहीबार, मंसिर १३, २०८१  १३:४४
Weather Update