News Griha :: न्यूजगृह
दुर्गा प्रसाईंको बन्दीप्रत्यक्षीकरणको रिट न्यायाधीश पौडेल र पाण्डेयको इजलासमा
दुर्गा प्रसाईंको बन्दीप्रत्यक्षीकरणको रिट न्यायाधीश पौडेल र पाण्डेयको इजलासमा बुधबार न्यायाधीश पौडेल र पाण्डेयको इजलासमा सुनुवाइ हुने भएको हो। प्रधानमन्त्री केपी शर्मा ओलीले कम्बोडियाको टेलिकममा लगानी गरेको भन्ने आरोप लगाएपछि साइबर अपराधमा उनलाई केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी)ले प्रसाईंलाई पक्राउ गरेको थियो।
महोत्तरीको रामगोपालपुरमा स्थानीय निर्वाचनको चहलपहल बढयो
महोत्तरीको रामगोपालपुरमा स्थानीय निर्वाचनको चहलपहल बढयो यसअघि मुकेशकुमार यादवले ४३३, जनिफ खानले ३७५, जसपाका सकिवुल खानले ३४२ र एमालेका कादिर हुसैनले २८७ मत प्राप्त गरेका थिए। सो वडामा हाल एक हजार २०१ पुरुष र ९४० महिलासहित दुई हजार १४१ मतदाता कायम रहेका जिल्ला निर्वाचन कार्यालयले जनाएको छ।
कस्तो बन्यो 'टिम ट्रम्प' ?
कस्तो बन्यो 'टिम ट्रम्प' ? आगामी जनवरी २० देखि डोनाल्ड ट्रम्पले अमेरिकी राष्ट्रपतिको जिम्मेवारी सम्हाल्दै छन्। उनले ह्वाइटहाउसको कमान्ड सम्हाल्न अझै डेढ महिनाभन्दा बढी समय बाँकी छ। दोस्रो कार्यकालका लागि राष्ट्रपति बन्न लागेका ट्रम्पले आफ्नो टिम भने निर्माण गरिसकेका छन्। 
दुई दिनमा साढे १८ हजार रुपैयाँ घटेको सुनको मूल्य बुधबार बढ्यो, कतिमा हुँदैछ किनबेच?
दुई दिनमा साढे १८ हजार रुपैयाँ घटेको सुनको मूल्य बुधबार बढ्यो, कतिमा हुँदैछ किनबेच? नेपाली बजारमा आज (बुधबार) सुनको मूल्य बढेको छ। सोमबार र मंगलबार गरी प्रतितोला १८ हजार पाँच सय रुपैयाँ घटेको सुनको मूल्य यसदिन प्रतितोला नौ सय रुपैयाँ बढेको हो।
विद्यालय परिसरमै कुखुरा पालेर आम्दानी गर्दै विद्यार्थी
विद्यालय परिसरमै कुखुरा पालेर आम्दानी गर्दै विद्यार्थी विद्यालयमा पालिएका कुखुरा, चल्ला तथा अण्डा बिक्रीबाट आएको रकम एकमुष्ट सङ्कलन गरी विद्यार्थीलाई दामासाहीले वितरण गरिन्छ। विद्यालयले मौरीपालन, च्याउखेती, सिलाइबुनाइ, वेल्डिङजस्ता व्यावहारिक सीप विद्यार्थीलाई सिकाउँदै आएको छ। साथै धान, मकै, कोदोलगायत खेती गरेर उत्पादित अन्न विद्यालय समयमा खाजाका रूपमा पनि प्रयोग गर्दै आएको छ।
इजरायल र लेबनानबीच युद्धविराम सहमति, संयुक्त राष्ट्रसंघको स्वागत
इजरायल र लेबनानबीच युद्धविराम सहमति, संयुक्त राष्ट्रसंघको स्वागत इजरायल र लेबनानबीच युद्धविरामको सहमति भएको छ। इजरायलले हिजबुल्लाहलाई लक्षित गरी लेबनानमा आक्रमण सुरु गरेपछि दुई देशबीच युद्ध जारी थियो। तर मंगलबार राति इजरायली सुरक्षा क्याबिनेटले युद्धविरामको प्रस्तावलाई स्वीकार गरेको छ। यससँगै युद्धविराम तत्कालै कार्यान्वयनमा आउने विश्वास छ।
हेटौँडा–१२ मा माओवादीलाई पुरानो साख जोगाउने चुनौती, एमाले–कांग्रेसलाई प्रतिष्ठाको विषय
हेटौँडा–१२ मा माओवादीलाई पुरानो साख जोगाउने चुनौती, एमाले–कांग्रेसलाई प्रतिष्ठाको विषय हेटौँडा उपमहानगरपालिका–१२ मा यही मङ्सिर १६ गते हुने वडाध्यक्षको उपनिर्वाचनमा भोट माग्न उम्मेदवारहरू घरदैलोमा जुटेका छन्।
सहकारी ठगी प्रकरणमा इन्स्पेक्टर निलम्बित
सहकारी ठगी प्रकरणमा इन्स्पेक्टर निलम्बित तर, हालसम्म उनीलाई प्रहरीले निलम्बनमा राखेको काठमाडौं प्रहरीका एसपी नवराज अधिकारीले बताए। प्रहरीका अनुसार, मारुती बचत तथा ऋण सहकारी संस्थाको सदस्यका रुपमा उनीविरुद्ध २०८० भदौमा जाहेरी परेको थियो। पछि मुद्दा दर्ता भएर अदालत पुगिसक्दा पनि उनी हाजिर भएका थिएनन्।
रास्वपाका नेताविरुद्धको अदालतको अवहेलना मुद्दामा थप विवरण मगाउने आदेश
रास्वपाका नेताविरुद्धको अदालतको अवहेलना मुद्दामा थप विवरण मगाउने आदेश न्यायाधीश विनोद शर्माको इजलासले गत कात्तिक २७ गते रास्वपाका सभापति रवि लामिछानेमाथि सहकारीको रकम हिनामिनामा अनुसन्धान प्रक्रिया भइरहँदा अदालतका गतिविधिविरुद्ध आन्दोलन गरी अदालतको अवहेलना गरेको उल्लेख गर्दै अधिवक्ता अनुपम भट्टराईले निवेदन दायर गरेका थिए।
यस्तो छ बुधबारका लागि विदेशी मुद्राको विनिमय दर
यस्तो छ बुधबारका लागि विदेशी मुद्राको विनिमय दर नेपाल राष्ट्र बैंकले बुधबारका लागि विदेशी मुद्राको विनिमय दर निर्धारण गरेको छ। आजका लागि तय भएको विदेशी मुद्राको विनिमयदरअनुसार मङ्गलबारको  तुलनामा अमेरिकी डलर, युरो, पाउण्ड स्ट्रलिङ र स्वीस फ्रयाङ्कको विनिमय दर बढेको छ भने अष्ट्रेलियन डलर र क्यानेडियन डलरको भाउ बढेको छ।
बुढापाकालाई गाउँ रित्तिने चिन्ता
बुढापाकालाई गाउँ रित्तिने चिन्ता बढ्दो बसाइँसराइका कारण बागलुङका ग्रामीण क्षेत्र सुनसान बन्न थालेका छन्। सुविधा खोज्दै सहरी क्षेत्रमा झर्नेको सङ्ख्या बढेपछि काठेखोला, गलकोट, जैमिनीका बस्तीहरु सुनसान बन्दै गएका हुन्। स्थानीय तहमार्फत गाउँसम्म विकास पुगे पनि अहिले उपभोग गर्ने नागरिक घट्दै गएका छन्।
आज यी स्थानमा वर्षा र हिमपातको सम्भावना
आज यी स्थानमा वर्षा र हिमपातको सम्भावना अहिले बिहान देशका पहाडी भू–भागमा आंशिक बदली रही बाँकी भू–भागमा मौसम मुख्यतया सफा रहेको छ। तराई भू–भागका केही स्थानहरूमा तथा पहाडी भू–भागका थोरै स्थानहरुमा हुस्सु÷कुहिरो लागेको छ।
Weather Update