कालिमाटी तरकारी बजारका सस्ता तरकारी काउलीदेखि आलुसम्म [मूल्य सूचीसहित] बुधबार, फागुन ९, २०८०

कांग्रेसभित्र हिन्दु राष्ट्रको बहस, औपचारिक प्रस्तावको मागसहित देउवासँग भेट बुधबार, फागुन ९, २०८० नेपाली कांग्रेसको महासमिति बैठकमा वैदिक सनातन हिन्दूराष्ट्र स्थापना अभियान सञ्चालन गरिरहेका नेता सभापति शेरबहादुर देउवाको निवास पुगेका छन्। अभियानको प्रस्तावलाई औपचारिक रुपमै महासमिति बैठकमा प्रस्तुत गर्न पाउनुपर्ने उनीहरूको माग छ। यसै बिषयमा छलफल गर्न सभापति देउवासँग समय लिएर भेट्न गएको अभियानका सदस्य लोकेश ढकालले बताए ।

कुशल र अनिल एकै ओभरमा आउट बुधबार, फागुन ९, २०८० आईसीसी विश्वपक लिग–२ अन्तर्गत नामिबियाविरुद्धको खेलमा नेपालका ओपनर कुशल भुर्तेल र अनिल साह एकै ओभरमा आउट भएका छन्। कुशल ६ दशमलव २ ओभरमा एलबीडब्लू आउट भए भने अनिल साह ६ दशमलव ४ ओभरमा आउट भए। कुशल आउट भएपछि भित्रिएका अनिल दुई बलमै आउट भए। कुशलले १६ बलमा तीन चौकाको मद्दतले...

विश्वकप लिग-२: टस जितेको नामिबियाविरुद्ध व्याटिङ गर्दै नेपाल बुधबार, फागुन ९, २०८० आइसीसी विश्वकप लिग-२ अन्तर्गत अहिले नेपाल र नामिबियाबीचको खेल जारी छ। नामिबियाले टस जितेर फिल्डिङ रोजेपछि अहिले नेपालले व्याटिङ गरिरहेको छ। नेपालका ओपनर कुशल भुर्तेल र आसिफ शैख क्रिजमा छन्। त्रिकोणात्मक सिरिज अन्तर्गत नेपाल र नामिबियाको यो दोस्रो पटकको प्रतिस्पर्धा हो। पहिलो खेलमा नेपाल नामिवियासँग ४ विकेटले पराजित भएको थियो।

विराट अनुष्कालाई दोस्रो सन्तान, छोराको नाम राखे अकाय बुधबार, फागुन ९, २०८०

हडपिएको ललिता निवास क्षेत्रको जग्गा सात दिनभित्र खाली गर्न महानगरको सूचना बुधबार, फागुन ९, २०८० हडपिएको ललिता निवास क्षेत्रको जग्गा सात दिनभित्र खाली गर्न काठमाडौं महानगरपालिकाले आग्रह गरेको छ। महानगरले आज एक सार्वजनिक सूचना जारी गर्दै अबको सात दिनभित्र ललिता निवास क्षेत्रमा रहेका व्यक्तिः कम्पनी तथा सङ्घ संस्थाहरू त्यस क्षेत्रबाट हटेर सरकारी सम्पत्तिको संरक्षण तथा उचित प्रबन्ध गर्ने कार्यमा महानगरपालिकालाई सहयोग गर्न अनुरोध गरेको छ।

विराटनगरको विकास खर्च ३४.१५ प्रतिशत बुधबार, फागुन ९, २०८० चालु आर्थिक वर्षको माघ मसान्तसम्मको ७ महिनामा मुलुकका ६ वटा महानगरपालिकामध्ये विराटनगर सबैभन्दा बढी विकास खर्च गर्नेमा दोस्रो नम्बरमा परेको छ । विराटनगरले विनियोजित बजेटको ३४.१५ प्रतिशत विकास खर्च गरेको छ। सबैभन्दा बढी विकास खर्च गर्ने वीरगञ्ज महानगरको ३४.३१ प्रतिशत छ।महानगरका १९ वटै वडामा भौतिक पूर्वाधार निर्माणको काम धमाधम...
![राष्ट्रिय परीक्षा बोर्डले लिने कक्षा १२ को परीक्षा वैशाख १४ देखि [परीक्षा तालिकासहित]](https://newsgriha.com/uploads/posts/exam-nepal-educations1683603294.jpg)
राष्ट्रिय परीक्षा बोर्डले लिने कक्षा १२ को परीक्षा वैशाख १४ देखि [परीक्षा तालिकासहित] बुधबार, फागुन ९, २०८० कक्षा १२ को परीक्षा आगामी वैशाख १४ गतेदेखि सञ्चालन हुने भएको छ। राष्ट्रिय परीक्षा बोर्ड अन्तर्गतको परीक्षा नियन्त्रण कार्यालय(कक्षा ११ र १२)ले सूचना जारी गर्दै परीक्षा सञ्चालनको तालिका सार्वजनिक गरेको छ। परीक्षा बिहान ८ बजेदेखि ११ बजेसम्म सञ्चालन हुने कार्यालयले जनाएको छ। कार्यलयले जारी गरेको सूचनामा परीक्षा सुरु हुनुभन्दा आधाघण्टा...

धुलो दूधको माग घट्दा ‘डेरी’ सञ्चालन गर्न बुधबार, फागुन ९, २०८० झापामा दूध तथा दुग्धजन्य सामग्री उत्पादन एवम् बिक्री (डेरी सञ्चालन) गर्दै आएकाहरूले स्वदेशमा उत्पादन भएको धुलो दूधको माग घटेपछि व्यवसाय सञ्चालनमा समस्या भएको गुनासो गरेका छन्। स्थानीय किसानले उत्पादन गर्दै आएको गाईभैँसीको दूध सङ्कलन गरी बजारीकरण गर्दै आएका साना तथा मझौला डेरी व्यवसायीले किसानलाई भुक्तानी दिननसक्ने अवस्थामा आफूहरू पुगेको दुखेसो...

मुग्लिङ–नारायणगण सडक अब २४ सै घण्टा सञ्चालन हुने बुधबार, फागुन ९, २०८० निर्माणका लागि केही घण्टा बन्द हुँदै आएको मुग्लिङ–नारायणगण सडक अब २४ सै घण्टा सञ्चालन हुने भएको छ। पुल निर्माणका लागि पहाड काट्ने भन्दै मुग्लिङ-नारायणगढ सडकखण्ड दिउँसो बन्द गरिँदै आएको थियो।यो वर्ष ३५ मिटर पहाड काट्न पर्ने भएपछि गत पुसदेखि नारायणगढ–मुग्लिङ सडकखण्डमा दिउँसो १२ बजेदेखि ४ बजेसम्म सवारीसाधन सञ्चालनमा रोक...

एमाले केन्द्रीय कमिटीमा आजदेखि एजेण्डागत छलफल बुधबार, फागुन ९, २०८० प्रमुख प्रतिपक्षी नेकपा एमालेको केन्द्रीय कमिटी बैठकमा आजदेखि समूहगत छलफल हुँदैछ।बैठकमा मंगलबार विभिन्न प्रस्ताव पेश भएपछि बुधबारदेखि ती प्रस्तावमाथि समूहगत छलफल हुन लागेको हो । छलफलका लागि विभिन्न ९ वटा समूह बनाइएको छ। च्यासलस्थित केन्द्रीय कार्यालयमा जारी बैठकमा आज १० बजेदेखि समूहगत छलफल सुरु हुने एमालेका प्रचार विभाग प्रमुख...

काठमाडौं महानगरले भन्यो–सङ्क्रमित फोहोर जसले उत्पादन गर्छ उसैले व्यवस्थापन गर्नुपर्छ बुधबार, फागुन ९, २०८० महानगरको वातावरण तथा प्राकृतिक स्रोत संरक्षण ऐन २०७७ मा हानिकारक फोहोर व्यवस्थापनसम्बन्धी व्यवस्था छ। ऐनको दफा २० बमोजिम हानिकारक, स्वास्थ्य संस्थाजन्य, रासायनिक वा औद्योगिक फोहोरको प्रशोधन र व्यवस्थापन उत्पादक आफैँले गर्नुपर्ने महानगरपालिकाले जनाएको छ।
-1708408138.jpeg)
कांग्रेस महासमिति बैठकमा प्रस्तुत पाँच प्रतिवेदनमाथि आजदेखि छलफल बुधबार, फागुन ९, २०८० नेपाली कांग्रेसको जारी महासमिति बैठकमा प्रस्तुत भएका पाँच प्रतिवेदनमाथि आजदेखि छलफल हुने भएको छ। बैठकमा पार्टी उपसभापति पूर्णबहादुर खड्काले नीति प्रस्ताव, महामन्त्री गगन थापाले साङ्गठनिक प्रस्ताव, महामन्त्री विश्वप्रकाश शर्माले समसामयिक राजनीतिक प्रतिवेदन, प्रवक्ता डा प्रकाशशरण महतले नेपालको वर्तमान आर्थिक अवस्था, सम्भावना र भावी दिशासम्बन्धी प्रतिवेदन र लेखा समिति संयोजक श्यामकुमार...


![कालिमाटी तरकारी बजारका सस्ता तरकारी काउलीदेखि आलुसम्म [मूल्य सूचीसहित]](https://newsgriha.com/uploads/posts/tarakari-kalimati1690167249.jpg)






