News Griha :: न्यूजगृह
एमाले केन्द्रीय कमिटीमा आजदेखि एजेण्डागत छलफल

काठमाडौं– प्रमुख प्रतिपक्षी नेकपा एमालेको केन्द्रीय कमिटी बैठकमा आजदेखि समूहगत छलफल हुँदैछ।

बैठकमा मंगलबार विभिन्न प्रस्ताव पेश भएपछि बुधबारदेखि ती प्रस्तावमाथि समूहगत छलफल हुन लागेको हो । छलफलका लागि विभिन्न ९ वटा समूह बनाइएको छ।
 
च्यासलस्थित केन्द्रीय कार्यालयमा जारी बैठकमा आज १० बजेदेखि समूहगत छलफल सुरु हुने एमालेका प्रचार विभाग प्रमुख राजेन्द्र गौतमले जानकारी दिए।
 
गौतमका अनुसार समूहगत छलफल मुलतः बैठकमा प्रस्तुत चार वटा कार्ययोजनामा केन्द्रित हुनेछ।
 
पार्टीको समग्र सांगठनिक कामको समीक्षा, पार्टीको शुद्धीकरण तथा सुदृढीकरण कार्यक्रमको अवधारणा, जनआधारित कार्यकर्ता पार्टी निर्माणमा देखिएका समस्या र समाधानका उपाय, जनपरिचालन र जनदबाबका विषय समसामयिक प्रस्ताव पेश भएका छन्।

समूहगत छलफल र प्राप्त निष्कर्षमाथि छलफल गरेपछि बैठक बिहीबार सम्पन्न गर्ने कार्यसूची छ।

प्रकाशित मिति: बुधबार, फागुन ९, २०८०  ०७:५२
Weather Update