कांग्रेस महासमिति बैठकमा प्रस्तुत पाँच प्रतिवेदनमाथि आजदेखि छलफल
-1708408138.jpeg)
ललितपुर– नेपाली कांग्रेसको जारी महासमिति बैठकमा प्रस्तुत भएका पाँच प्रतिवेदनमाथि आजदेखि छलफल हुने भएको छ।
बैठकमा पार्टी उपसभापति पूर्णबहादुर खड्काले नीति प्रस्ताव, महामन्त्री गगन थापाले साङ्गठनिक प्रस्ताव, महामन्त्री विश्वप्रकाश शर्माले समसामयिक राजनीतिक प्रतिवेदन, प्रवक्ता डा प्रकाशशरण महतले नेपालको वर्तमान आर्थिक अवस्था, सम्भावना र भावी दिशासम्बन्धी प्रतिवेदन र लेखा समिति संयोजक श्यामकुमार घिमिरेले लेखा परीक्षण प्रतिवेदन प्रस्तुत गरेका छन्।
प्रतिवेदन प्रस्तुत गर्दै नेताहरूले कांग्रेसमा रुपान्तरणको आवश्यकता उठाउँदै एक्लै चुनाममा जानुपर्नेसम्मका तर्क राखेका छन्। प्रस्तुत पाँच प्रतिवेदनमाथि आज महासमिति सदस्यले धारणा राख्ने कार्यसूची छ।
प्रकाशित मिति: बुधबार, फागुन ९, २०८० ०७:३४