एपीएफ प्रधानमन्त्री कप क्रिकेटको फाइनमाआइतबार, पुस १५, २०८०

धनगढीलाई हराउँदै ललितपुरले जित्यो नेपाल सुपर लिगको उपाधि शनिबार, पुस १४, २०८० गत सिजनमा उपविजेता बनेको धनगढी एफसी यस पटक पनि उपविजेतामा नै सीमित रह्यो । खेलमा ३७ औं मिनेटमा धनगढीका आफिज ओलावालेले गोल गरेर अग्रता दिलाए पनि त्यसपछि लगातार तीन गोल खायो । खेलको अन्तिम समयमा धनगढीका अहमद हिजाजीले गोल गरे पनि जितका लागि पर्याप्त भएन ।

दक्षिण अफ्रिकाविरुद्धको पहिलो टेस्टमा भारतको लज्जास्पद हार शुक्रबार, पुस १३, २०८० दक्षिण अफ्रिकाविरुद्धको दुई खेलको टेस्ट सिरिजको पहिलो खेलमा भारतले लज्जास्पद हार व्यहोरेको छ । दक्षिण अफ्रिकाले दोस्रो इनिङमा बनाएको ४०८ रन दुई इनिङमा पनि बनाउन नसकेपछि भारत एक इनिङ र ३२ रनले पराजित भएको हो ।

प्रिमियर लिगमा आर्सनल घरेलु मैदानमै वेष्टहमसँग पराजित, शीर्ष स्थानमा पुग्ने अवसर गुमायो शुक्रबार, पुस १३, २०८० प्रिमियर लिगमा बिहीबार राति भएको खेलमा आर्सनल घरेलु मैदानमै वेष्टहम युनाइटेडसँग २-० ले पराजित भएको छ । यस हारले आर्सनललाई शीर्ष स्थानमा उक्लन बाट बञ्चित गर्यो ।

ब्राजिल फुटबल सङ्घलाई निलम्बन गर्ने फिफाको चेतावनी मंगलबार, पुस १०, २०८० फिफाले सरकारी निकायको हस्तक्षेप स्वीकार नगर्ने बताउँदै, यदि जनवरीसम्म पुरानै अवस्थामा नफर्किए राष्ट्रिय टोली र क्लबलाई अन्तर्राष्ट्रिय प्रतियोगितामा सहभागिता नगराउने चेतावनी दिएको अन्तर्राष्ट्रिय सञ्चार माध्यमले जनाएको छ ।

प्रधानमन्त्री कप महिला क्रिकेटः कर्णालीको लगातार चौथो हार सोमबार, पुस ९, २०८० लुम्बिनीले दिएको १ सय ३४ रनको लक्ष्य पछ्याएको कर्णालीले निर्धारित २० ओभरमा ७ विकेट गुमाएर १ सय ३ रनमात्र बनाउन सक्यो । कर्णालीका लागि गौरी बोहराले सर्वाधिक २२ रन बनाइन् । बलिङतर्फ लुम्बिनीकी सरस्वती पुन र कृतिका मरासिनीले समान २ विकेट लिइन् ।

स्पेनिस ला लिगा : एट्लेटिको मड्रिड विजयी आइतबार, पुस ८, २०८० स्पेनिस ला लिगा फुटबलमा एट्लेटिको मड्रिड विजयी भएको छ । शनिबार राति सम्पन्न खेलमा एट्लेटिको मड्रिडले सेभिल्लालाई १–० गोल अन्तरले पराजित गरेको हो । जितसँगै एट्लेटिको मड्रिड लिग तालिकाको तेस्रो स्थानमा उक्लिएको छ । उसले बार्सिलोनालाई पछि पारेको हो ।

प्रिमियर लिगमा आर्सनल र लिभरपुलले बराबरी खेले आइतबार, पुस ८, २०८० इंग्लिस प्रिमियर लिग फुटबलमा आर्सनल र लिभरपुलले बराबरी खेलेका छन् । शनिबार राति सम्पन्न खेलमा दुवै टीमले एक–एक गोलको बराबरी खेल्दै एक एक अंक बाँडेका हुन् । बराबरीले आर्सनल र लिभरपुल दुवैलाई फाइदा पुगेको छ ।

म्यानचेस्टर सिटीले जित्यो क्लब विश्वकपको उपाधि शनिबार, पुस ७, २०८० म्यानचेस्टर सिटीले फिफा क्लब विश्वकप फुटबलको उपाधि जितेको छ । शुक्रबार राति साउदी अरेबियामा भएको फाइनलमा ब्राजिलियन क्लब फ्लुमिनेन्सलाई ४–० गोल अन्तरले पराजित गर्दै सिटीले पहिलो पटक उपाधि जितेको हो ।

प्रधानमन्त्री कप महिला क्रिकेटः गण्डकीको पहिलो जित शुक्रबार, पुस ६, २०८० काठमाडौंमा जारी प्रधानमन्त्री कप महिला टी २० क्रिकेट प्रतियोगितामा गण्डकी प्रदेशले पहिलो जित निकालेको छ । मूलपानी क्रिकेट मैदानमा आज बिहान सम्पन्न खेलमा कर्णाली प्रदेशमाथि गण्डकीले ४४ रनको फराकिलो जित निकालेको हो । कर्णालीको भने लगातार दोस्रो हार हो ।

प्रधानमन्त्री कप महिला क्रिकेट : कोशीको लगातार दोस्रो जित शुक्रबार, पुस ६, २०८० त्रिवि क्रिकेट मैदान कीर्तिपुरमा आज भएको खेलमा कोशीले बागमती प्रदेशलाई ८ विकेटले पराजित गरेको हो । बाग्मतीले लिएको ८८ रनको लक्ष्य कोशीले १८.१ ओभरमा २ विकेट गुमाएर पूरा गरेको थियो ।

स्पेनिस ला लिगा फुटबल : रियल मड्रिड शीर्ष स्थानमा उक्लियो शुक्रबार, पुस ६, २०८० रियलले १८ खेलबाट ४५ अंक बनाएको छ । समान ४५ अंक रहेको जिरोना दोस्रो स्थानमा झरेको छ । जिरोनाले विहीबार राति रियल बेटिससँग एक–एक गोलको बराबरी खेल्दै अंक बाँडेपछि रियलले जित निकाल्दा शीर्ष स्थान कब्जा गर्न सफल भयो ।

प्रधानमन्त्री कप महिला राष्ट्रिय क्रिकेटः बागमतीसँग मधेस प्रदेश २९ रनले पराजित बिहीबार, पुस ५, २०८० प्रधानमन्त्री कप महिला राष्ट्रिय क्रिकेट प्रतियोगिताको उद्घाटन खेलमा बागमती प्रदेशले मधेस प्रदेशलाई २९ रनले हराएको छ । बाग्मतीले दिएको ११८ रनको लक्ष्य पछ्याउने क्रममा मधेस प्रदेशले निर्धारित २० ओभरमा ५ विकेट गुमाएर ८९ रन मात्र बनाउन सक्यो ।