News Griha :: न्यूजगृह
प्रधानमन्त्री कप महिला राष्ट्रिय क्रिकेटः बागमतीसँग मधेस प्रदेश २९ रनले पराजित

काठमाडौं — प्रधानमन्त्री कप महिला राष्ट्रिय क्रिकेट प्रतियोगिताको उद्घाटन खेलमा बागमती प्रदेशले मधेस प्रदेशलाई २९ रनले हराएको छ । 

बाग्मतीले दिएको ११८ रनको लक्ष्य पछ्याउने क्रममा मधेस प्रदेशले निर्धारित २० ओभरमा ५ विकेट गुमाएर ८९ रन मात्र बनाउन सक्यो ।

मधेस प्रदेशका लागि पुजा महतोले सर्वाधिक ३० रन बनाइन् । त्यस्तै, अनुराधा चौधरी र प्रतिमा शाहले क्रमशः २१ र १५ रन बनाइन् । अन्य खेलाडीले दोहोरो अङ्कमा रन जोड्न सकेनन् ।

बागमती प्रदेशका अस्मिना कर्माचार्यले २ तथा मनिषा उपाध्यायले १ विकेट लिइन् ।

यसअघि त्रिभुवन विश्वविद्यालय अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा टस हारेर पहिले ब्याटिङमा उत्रिएको बाग्मतीले निर्धारित २० ओभरमा चार विकेट गुमाएर ११७ रन बनाएको थियो ।

उसका लागि यशोदा बिष्टले सर्वाधिक ४७ रनको योगदान गरिन् । त्यस्तै, अस्मिना कर्माचार्य र हेलिसा गुरुङले क्रमशः ३० र १२ रन हिर्काए ।

मधेसका लागि पुजा महतो २ दुई तथा कविता गौतमले १ विकेट लिइन् ।

 

प्रकाशित मिति: बिहीबार, पुस ५, २०८०  १३:२१
Weather Update