
सुत्केरीलाई पाँच हजार भत्ता शनिबार, असार ९, २०८० जुम्लाको सिञ्जा गाउँपालिकाले पालिकाभित्रका स्वास्थ्य संस्थामा सुत्केरी हुनेलाई रु पाँच हजार भत्ता दिएको छ । २६ जना सुत्केरीलाई उक्त रकम गाउँपालिकाको स्वास्थ्य शाखाले प्रदान गरेको हो ।

सिन्धुलीमा बाढीपहिराबाट ३१ घरमा क्षति शनिबार, असार ९, २०८० सिन्धुलीको गोलञ्जोर गाउँपालिका–२ बितिजोरमा बाढीपहिराबाट ३१ घरमा क्षति पुगेको छ । बाढीले खेतसमेत बगाएको छ ।

गर्भवतीलाई गाउँमै निःशुल्क स्वास्थ्य सेवा शनिबार, असार ९, २०८० हुम्लाको दक्षिणी भेगस्थित ताँजकोट गाउँपालिकाले गाउँ गाउँमा पुगेर गर्भवतीलाई निःशुल्क स्वास्थ्य सेवा प्रदान गर्न थालेको छ ।

भोजपुरमा बाढीले खानेपानी आयोजना बगाउँदा ३ करोड बराबरको क्षति शनिबार, असार ९, २०८० निर्माणको अन्तिम चरणमा रहेको आयोजना बाढीले बगाएपछि स्थानीयलाई पानीको समस्या थपिएको छ ।

चट्याङ लागेर ४५ भेडा मरे, गोठाला घाइते शनिबार, असार ९, २०८० गाउँपालिकाका जनप्रतिनिधि, प्रहरी र जनप्रतिनिधिको टोली घटनास्थलतर्फ गएको छ । घटनास्थलतर्फ जाँदै गरेका अन्नपूर्ण गाउँपालिका– ४ का वडा सदस्य श्याम पुर्जाले चट्याङ लाखौँको पशुधनको क्षति भएको बताए ।

कुशको शव बनाएर दाहसंस्कार शनिबार, असार ९, २०८० बेपत्ता बनेका एकै परिवारका तीन जनालाई शुक्रबार बिहानसम्म खोजी गर्दा पनि नभेटिएपछि दिउँसो कुशको शव बनाएर आफन्तले दाहसंस्कार गरेका हुन् ।

महभीरमा ढुङ्गा खस्दा मध्यपहाडी राजमार्ग अवरुद्ध शनिबार, असार ९, २०८० गएरातिदेखि परेको भारी वर्षाका कारण बिहानपख भीरबाट सडकमा ढुङ्गा खसेर पुरिएको हो । सडक खुलाउने प्रयास भइरहेको पर्वतका ट्राफिक प्रहरी प्रमुख सुमन न्यूरेले जानकारी दिए ।

झोलुङ्गे पुलमा झुम्मिँदै विदेशी शनिबार, असार ९, २०८० गल्याङ नगरपालिका ८ र ७ जोड्ने चिउरीस्थितआँधीखोलामाथि तीन सय ६८ मिटर लामो, एक सय ९० मिटर अग्लो झोलुङ्गे पुल दुई वर्ष पहिले निर्माण भएको थियो । अघिल्लो वर्षभन्दा यस वर्ष धेरै गर्मी बढेको छ । गर्मी छल्न भारतीय नागरिक पोखरा, कुस्मा र मुक्तिनाथ आउने गरेका छन् ।

शनिबार यस्तो छ तपाईंको राशिफल शनिबार, असार ९, २०८० असार ९ गते शनिबार । असार शुक्ल षष्ठी तिथि । पञ्चाङ्ग सिद्धि कौलव मघा । राशिफल ।

बाढीपहिरोका कारण पाँचथरमा ११९ परिवार विस्थापित, तीन जना अझै बेपत्ता शनिबार, असार ९, २०८० सुरक्षा निकायले सङ्कलन गरेको तथ्याङ्कअनुसार बाढीपहिरोका कारण एक सय १९ परिवारका पाँच सय ७४ जना प्रभावित बनेका हुन् ।

पोखरीमा डुबेर दुई बालकको मृत्यु शुक्रबार, असार ८, २०८० नवलपरासी (बर्दघाट–सुस्तापूर्व) को गैँडाकोट नगरपालिकामा रहेको पोखरीमा डुबेर दुई बालकको मृत्यु भएको छ ।

सवारी चालक अनुमतिपत्रको परीक्षामा बदमासी, तत्कालीन प्रमुखसहितका कर्मचारीविरुद्ध मुद्दा दायर शुक्रबार, असार ८, २०८० अख्तियार दुरुपयोग अनुसन्धान आयोगले सवारी चालक अनुमतिपत्रको परीक्षामा अनियमितता गरेको तथा सरकारी कागजात सच्याएको अभियोगमा यातायात व्यवस्था कार्यालय धनगढीका तत्कालीन कार्यालय प्रमुखसहितका कर्मचारीविरुद्ध शुक्रबार विशेष अदालतमा मुद्दा दायर गरेको छ ।