News Griha :: न्यूजगृह
कुशको शव बनाएर दाहसंस्कार

ताप्लेजुङ— गत शनिबार राति पहिरोमा परेर बेपत्ता बनेका सिदिङ्वा गाउँपालिकास्थित मेहेलेका तीन जना नभेटिएपछि आफन्तले कुशको शव बनाई दाहसंस्कार गरेका छन् ।

बेपत्ता बनेका एकै परिवारका तीन जनालाई शुक्रबार बिहानसम्म खोजी गर्दा पनि नभेटिएपछि दिउँसो कुशको शव बनाएर आफन्तले दाहसंस्कार गरेका हुन् ।

पहिरोले घर बगाउँदा मेहेलेको भालुखोपका ६३ वर्षीया भगीमाया बुढाक्षेत्री, बुहारी ३० वर्षीया सन्ध्या र ९ वर्षीय नाति बेपत्ता छन् । पहिरोमा परी मेहेलेकैतीन जनाको मृत्यु भएको छ ।

प्रकाशित मिति: शनिबार, असार ९, २०८०  ०८:१०
Weather Update