News Griha :: न्यूजगृह
महभीरमा ढुङ्गा खस्दा मध्यपहाडी राजमार्ग अवरुद्ध
प्रतीकात्मक तस्बिर । 

पर्वत– मोदी गाउँपालिका– ६ स्थित महभीरमा सडक माथिबाट ढुङ्गा खस्दा मध्यपहाडी राजमार्गको पोखरा–पर्वत खण्ड अवरुद्ध भएको छ ।

गएरातिदेखि परेको भारी वर्षाका कारण बिहानपख भीरबाट सडकमा ढुङ्गा खसेर पुरिएको हो । सडक खुलाउने प्रयास भइरहेको पर्वतका ट्राफिक प्रहरी प्रमुख सुमन न्यूरेले जानकारी दिए ।

सडक अवरुद्ध हुँदा पोखरातर्फबाट धौलागिरिका पर्वत, बागलुङ, म्याग्दी र मुस्ताङतर्फ आएका सवारीसाधन नयाँपुलमा रोकिएका छन् भने यस क्षेत्रबाट अन्यत्र जाने सवारीसाधन डिमुवामा रोकिएका छन् ।

अहिले पनि यस क्षेत्रमा निरन्तर वर्षा भइरहेको छ । ठूलो वर्षाका कारण केही ग्रामीण सडकमासमेत आवतजावत बन्द भएको छ । 

प्रकाशित मिति: शनिबार, असार ९, २०८०  ०७:५९
Weather Update