काठमाडौं आउँदै गरेको बस अनियन्त्रित भएर त्रिशुलीमा खस्योबुधबार, फागुन २३, २०८०

कस्तो छ तपाईंको आजको दिन ? हेर्नुहोस् राशिफल बुधबार, फागुन २३, २०८० आज मिति २०८० फागुण २३ गते बुधबार। तदअनुसार ६ मार्च २०२४। तपाईंको दैनिकी कसरी बित्नेछ हेर्नुहोस् आजको राशिफल:

प्रेम सम्बन्धमा आएको विवादले मोरङमा १५ वर्षीया किशोरीको हत्या! मंगलबार, फागुन २२, २०८० मोरङको पथरीशनिश्चरे–७ लामाटोलमा सोमबार राति १५ वर्षीया किशोरीको हत्या भएको घटनाको प्रमुख कारण ‘प्रेम सम्बन्ध’ भएको खुलेको छ। प्रहरीको प्रारम्भिक अनुसन्धानबाट ‘प्रेम सम्बन्ध’मा आएको विवादका कारण हत्या भएको खुलेको हो। पथरीशनिश्चरे–७ लामाटोलस्थित मामाघरमा बस्दै आएकी १५ वर्षीया ज्ञानमति थुलुङ राईको सोमबार राति १०:३० बजेतिर हत्या भएको थियो। शौचालय जान भनेर...

मोरङमा गाडीको ठक्करले एक जनाको मृत्यु मंगलबार, फागुन २२, २०८० मोरङको ग्रामथान गाउँपालिकामा भएको दुर्घटनामा एकजना युवकको मृत्यु भएको छ। पहिचान नखुलेको सवारी साधनको ठक्करबाट सोमबार राति ग्रामथान गाउँपालिका-६ का ३० वर्षीय सुरज माझीको मृत्यु भएको प्रहरीले जनाएको छ।ग्रामथान-६ नेता चोक भन्ने स्थानमा सिकिस्त घाइते अवस्थामा माझी फेला परेका थिए। उनलाई उपचारका लागि विराटनगरस्थित कोशी अस्पताल ल्याइएको थियो।

धारिलो हतियार प्रहार गरी १५ वर्षीया किशोरीको हत्या मंगलबार, फागुन २२, २०८० मोरङको पथरीशनिश्चरेमा एक किशोरीको हत्या भएको छ। प्रहरीका अनुसार उनको सोमबार राति हत्या भएको हो। पथरीशनिश्चरे नगरपालिका-७ स्थित लामा टोलमा बस्दै आएकी १५ वर्षीया ज्ञानमति थुलुङ राईको हत्या भएको हो।मोरङ प्रहरीका प्रवक्ता डीएसपी रन्जनकुमार दाहालका अनुसार ती किशोरी मामाको छोराको घरमा बस्दै आएकी थिइन्। घर पसिसरमा राति करिब ११...

कोशीटप्पुमा चराको सङ्ख्या घट्यो मंगलबार, फागुन २२, २०८० कोशीटप्पु वन्यजन्तु आरक्ष क्षेत्रलगायत कोशी क्षेत्रमा यस वर्ष चराको सङ्ख्या घटेको छ। चराको गुणस्तरीय बासस्थानको अभाव, बासस्थान क्षेत्रमा भइरहेका विकास निर्माण, खेतीबालीमा बढ्दो विषादिको प्रयोग र मानवीय क्रियाकलापले गर्दा चराका सङ्ख्या घटेको हो। मिड–विन्टर वाटर वर्ड सेन्सस २०२४ अन्तर्गत यस वर्ष कोशीटप्पु आरक्षलगायत कोशी नदी क्षेत्रमा गरिएको गणनामा यस वर्ष...

स्वास्थ्यकर्मीले पाएका छैनन् चार महिनादेखि तलब मंगलबार, फागुन २२, २०८० कैलालीको जानकी गाउँपालिकामा कार्यरत स्वास्थ्यकर्मीले चार महिनादेखि तलबभत्ता नपाएको जनाउँदै गुनासो गरेका छन्। उनीहरुले चालु आर्थिक वर्षको असोजसम्मको मात्र तलबभत्ता पाएका थिए । तलबभत्ता रोकिएपछि दैनिक जनजीवन चलाउन मुस्किल हुन थालेको उनीहरूको भनाइ छ। ‘आएको तलबभत्ताबाटै घर खर्चदेखि बालबालिकाको विद्यालयको शुल्कलगायत आधारभूत खर्चको जोहो गर्नुपर्ने बाध्यता छ । त्यो भन्दा...

कस्तो छ तपाईंको आजको दिन ? हेर्नुहोस् राशिफल मंगलबार, फागुन २२, २०८०

लेक लागेर मुस्ताङमा भारतीय पर्यटकको मृत्यु सोमबार, फागुन २१, २०८० उनलाई अस्पताल ल्याइपुर्याँउँदा चिकित्सकले मृत घोषणा गरेका थिए। पटेल साथी र आफन्तसँगै मुक्तिनाथ दर्शनका लागि आएका थिए। प्रहरी निरीक्षक मिलन विकको टोलीले उनको उद्धार गरी जोमसोम लगेको थियो। मुक्तिनाथ आसपासको क्षेत्रमा शनिबारदेखि हिउँ परेको छ। हिमपातसँगै चिसो बढेको छ। प्रतिकूल मौसमका कारण जनजीवन प्रभावित भएको छ।

कोशी अस्पतालमा हातको पाताको जटिल शल्यक्रिया सोमबार, फागुन २१, २०८० विराटनगरस्थित कोशी अस्पतालमा दुर्लभ र जटिल किसिमको देब्रे हातको पाताको शल्यक्रिया गरिएको छ। कोशी अस्पतालमा मोरङको ग्रामथान वडा नम्बर ४ मोतीपुरका बुधेकुमार सरदारको देब्रे हातको फिरपाताको शल्यक्रिया गरिएको हो। रुखबाट लडेर सरदारको देब्रे हातको पाताको हड्डी भाँचिएको थियो। भाँचिएर टुक्रा–टुक्रा बनेको हड्डीको सफल शल्यक्रिया गरेको अस्पतालले जनाएको छ।

हनुमन्ते खोलामा भेटियो युवकको शव सोमबार, फागुन २१, २०८० मध्यपुरथिमि नगरपालिका‐९ राधेराधेस्थित हनुमन्ते खोलामा आज रगताम्मे अवस्थामा एक युवकको शव फेला परेको छ। इलामको इलाम नगरपालिका‐३ घर भई हाल काठमाडौं तीनकुने बस्ने २६ वर्षीय छत्र थापाको शव फेला परेको प्रहरीले जनाएको छ ।

काठमाडौंमा चिसो महसुस, कर्णाली, लुम्बिनी र सुदूरपश्चिमका केही भागमा हल्का वर्षा सोमबार, फागुन २१, २०८० अहिले नेपालमा पश्चिमी न्यून चापीय प्रणालीको प्रभाव छ। देशभर आंशिकदेखि साधारण बदली छ। हिजो पानी परेकाले काठमाडौं उपत्यकामा बिहान चिसो हावा चलेको छ। चिसो हावाकै कारण बिहानको दैनिकीमा जुट्ने नागरिकले केही जाडो महसुस गरेका छन्। आज बिहानैदेखि काठमाडौंको मौसम खुलेको छ भने पानी पर्ने सम्भावना यथावत रहेको जल तथा मौसम...

हिमपातले उपल्लो मुस्ताङमा यातायात ठप्प सोमबार, फागुन २१, २०८०