News Griha :: न्यूजगृह
अभिनेत्री डोली सोहीको मृत्यु
अभिनेत्री डोली सोहीको मृत्यु  भारतीय टेलिफिल्म ‘झनक’की अभिनेत्री डोली सोहीको मृत्यु भएको छ। बहिनी अमनदीपको मृत्यु भएको केही समयपछि डोलीको मृत्यु भएको हो। अमनदीपको लिभरमा समस्या देखिएपछि मृत्यु भएको थियो। डोलीको पनि अमनदीपको मृत्यु भएको केही मिनेटपछि मृत्यु भएको हो। ४८ वर्षीया डोली सर्वाइकल क्यान्सरबाट पीडित थिइन्।
श्रीमान्‌को कुटपिटबाट मृत्यु
श्रीमान्‌को कुटपिटबाट मृत्यु भक्तपुरमा श्रीमान्‌को कुटपिटबाट एक महिलाको मृत्यु भएको छ। बिहीबार साँझ मादक पदार्थ सेवन गरी घर आएका श्रीमान् २५ वर्षीय सन्तोष भुजेलले श्रीमती २१ वर्षीया पवित्रा राईले कुटपिट गरी गम्भीर घाइते बनाएका थिए। पवित्रालाई उपचारका लागि भक्तपुर जिल्ला अस्पताल लगिएकोमा बेलुकी ७ - १५ बजे उनको मृत्यु भएको जिल्ला प्रहरी परिसरका...
काठमाडौंको सुरक्षा थप चुस्त पार्न ‘जीपीएस’सहितको ‘ई—क्यूआरटी’ परिचालित
काठमाडौंको सुरक्षा थप चुस्त पार्न ‘जीपीएस’सहितको ‘ई—क्यूआरटी’ परिचालित काठमाडौं  उपत्यकामा थप शान्ति, सुरक्षा सुदृढ बनाउन, अपराध नियन्त्रण एवं न्यूनीकरणका लागि जीपीएस प्रणालीसहित इलेक्ट्रोनिक्स क्वीक रेस्पोन्स टिम (ई—क्यूआरटी’ परिचालन गर्न सुरुआत गरिएको छ।जिल्ला प्रहरी परिसर काठमाडौंले प्रहरी सेवा चुस्त एवं सेवालाई प्रविधिमैत्री बनाउनका लागि ‘सेफर भ्याली प्रोजेक्ट’ अवधारणाअन्तर्गत नागरिकका गुनासो तथा घटनाको ‘क्वीक रेस्पोन्स’ गर्न ई—क्यूआरटी परिचालन गरेको...
लागूऔषधसहित चन्द्रागिरीबाट एक जना पक्राउ
लागूऔषधसहित चन्द्रागिरीबाट एक जना पक्राउ लागूऔषध खैरो हेरोइन जस्तो देखिने पदार्थ १५ ग्रामसहित एक युवकलाई प्रहरीले पक्राउ गरेको छ। बुधबार काठमाडौं चन्द्रागिरी नगरपालिका-२ स्थित नागढुंगामा प्रहरीले काँकडभिट्टाबाट काठमाडौं आउँदै गरेको बसमा चेकजाँच गर्दा बसमा सवार झापाको बिर्तामोड नगरपालिका-८ घर भएका २४ वर्षीय सागर थापालाई लागूऔषधसहित पक्राउ गरिएको जिल्ला प्रहरी परिसर काठमाडौंका प्रवक्ता एसपी नवराज अधिकारीले...
रुकुम पश्चिमको कारागारमा ५ गुणाभन्दा बढी कैदी
रुकुम पश्चिमको कारागारमा ५ गुणाभन्दा बढी कैदी रुकुम पश्चिमको जिल्ला कारगारमा २५ कैदीको क्षमता भए पनि हाल यसको ५ गुणा बढी अर्थात् १५० कैदीबन्दी राखिएको छ। विभिन्न अभियोगमा दोषी ठहर भएका र अभियोग लागेर फैसला हुन बाँकी रहेका गरेर १५० कैदी तथा थुनुवा रहेका छन्। ५ महिला र २० पुरुष गरी २५ जना अटाउने क्षमताको कारागारमा हाल...
रुस पुगेपछि थाहा पाएका थिए भीमबहादुरले 
रुस पुगेपछि थाहा पाएका थिए भीमबहादुरले  आकर्षक तलब पाउने लोभमा वैदेशिक रोजगारीका लागि रुस पुगेका एक व्यक्ति त्यहाँको विमानस्थलबाट फर्काइएपछि आफू ठगिएको चाल पाएका छन् ।लमजुङ दूधपोखरी गाउँपालिका-१ घर भई हाल काठमाडौं टोखा बस्ने विनिता गुरुङले एसएलसी उत्तीर्ण हुन नसकेका भीमबहादुर बुढालाई नक्कली कागजातसमेत बनाएर वैदेशिक रोजगारीका लागि रुस पठाइदिने बहानामा ठगी गरेको पाइएको हो। ...
ढुकुरपोखरीको हिमपहिरो पन्छाउन थालियो
ढुकुरपोखरीको हिमपहिरो पन्छाउन थालियो ङिस्याङ गाउँपालिका–१ ढुकुरपोखरीमा आइतबार आएको हिमपहिरालाई पन्छाउन थालिएको छ । हिमपहिराका कारण माथिल्लो मनाङ र तल्लो मनाङ आवतजावतमा समस्या हुने जनाइएको छ ।  प्रमुख जिल्ला अधिकारी सुवासकुमार लामिछानेले ढुकुरपोखरीमा आएको हिमपहिरा पन्छाउन थालिएको जानकारी दिए। उनले भने, ‘हिमपहिरो गएको स्थानसम्म पुग्नै समय लाग्यो ।
त्रिशुलीको बस दुर्घटनामा ज्यान गुमाउनेको संख्या सात पुग्यो
त्रिशुलीको बस दुर्घटनामा ज्यान गुमाउनेको संख्या सात पुग्यो धादिङको गजुरी गाउँपालिका–५ घाटबेँसीमा भएको बस दुर्घटनामा  मृत्यु हुनेको सङ्ख्या सात जना पुगेको छ। कपिलवस्तुबाट काठमाडौंतर्फ आउँदै गरेको लु२ख २१२१ नम्बरको  यात्रुवहाक बस पृथ्वीराजमार्गको घाटबेँसी भन्ने ठाउँबाट आज बिहान त्रिशूली नदीमा खसेको थियो। दुर्घटनामा एक जना महिलासहित सात जनाको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय धादिङका प्रहरी उपरीक्षक गौतम केसीले जानकारी...
तर्साउँदा पनि भागेनन् हात्ती
तर्साउँदा पनि भागेनन् हात्ती तीन छावासहितको १५ को सङ्ख्यामा रहेका हात्तीको बथानले गहुँबाली खानेसँगै खुट्टाले कुल्चेर नोक्सानी पुर्‍याउने गरेको स्थानीय बासिन्दाको भनाइ छ। रातभर हात्ती भगाउनकै लागि जाग्राम बस्नुपर्ने अवस्था रहेको मालती पालले बताए। ‘राति अबेरसम्म हात्ती भगाउनमै खटिन्छौँ’, उनले भने,‘हात्ती नखाई भाग्दै भाग्दैनन्, घर नै भत्काउने डर पनि हुन्छ, त्यही भएर पनि जाग्राम...
Weather Update