कस्तो छ तपाईंको आज ? हेर्नुहोस् राशिफलसोमबार, फागुन २१, २०८०

धनकुटामा जिप दुर्घटना हुँदा १६ जना घाइते, ४ जनाको अवस्था गम्भीर आइतबार, फागुन २०, २०८० धनकुटामा जिप दुर्घटना हुँदा १६ जना घाइते भएका छन्। आइतबार भएको दुर्घटनामा घाइते भएकामध्ये ४ जनाको अवस्था गम्भीर रहेको प्रहरीले जानकारी दिएको छ। आइतबार दिउँसो को २ च १६१९ नम्बरको जिप धनकुटाको पाख्रिबास नगरपालिका–१० चुङमाङमा दुर्घटनामा परेका थियो। जिप सडकबाट करिब ५० मिटर तल खसेर दुर्घटना भएको प्रहरीले जानकारी दिएको...

काठमाडौं महानगरले आफ्नै कार्यालयको क्यान्टिनलाई तिरायो ५० हजार जरिवाना आइतबार, फागुन २०, २०८० काठमाडौं महानगरपालिकाले आफ्नै कार्यालयमा सञ्चालनमा रहेको क्यान्टिन (नारायणी चमेना गृह) लाई ५० हजार रुपैयाँ जरिवाना तिराएको छ। क्यान्टिनमा पाक्ने खाना तथा खाजाको विषयमा गुनासो आएपछि महानगरले अनुगमन गरेको थियो। अनुगमन गर्दा पकौडा बासी पाइएको तथा खाना पनि बासी खुवाउने गरेको पाइएको थियो। बासी खानेकुरा बिक्री गर्ने गरेको पाइएपछि कारबाही स्वरुप...

घरेलु हिंसा पीडित मधेसमा सबैभन्दा धेरै, कर्णालीमा कम आइतबार, फागुन २०, २०८० प्रहरीको तथ्यांक अनुसार ६ महिनाको अवधिमा घरेलु हिंसाबाट कूल ८ हजार २ सय १४ जना पीडित भएका छन्। पीडितमध्ये पनि ७ हजार ४ सय ०१ जना महिला र ८ सय १३ जना पुरूष रहेका छन्। पीडित हुनेमा निरक्षर ३ प्रतिशत, सामान्य साक्षर ७७ प्रतिशत, विद्यालस्तर १४ प्रतिशत र प्रमाणपत्र तह...

बाख्रामा लाग्ने पीपीआर रोग नियन्त्रण गर्न अभियान आइतबार, फागुन २०, २०८० बागमती प्रदेश कृषि तथा पशुपन्छी विकास मन्त्रालयले भेडाबाख्रामा लाग्ने पीपीआर रोग नियन्त्रण तथा रोकथामका लागि पीपीआर खोप अभियान सञ्चालन गरेको छ। यो अभियानअन्तर्गत करिब पाँच लाख बाख्रामा खोप लगाइएको छ। फागुन १६ गतेदेखि सुरु भएको सप्ताहव्यापी खोप अभियान कार्यक्रमको चौँथो दिन शनिबारसम्ममा पाँच लाख ४९ हजार ८१ बाख्रामा खोप लगाइसकिएको...
-1709450885.jpeg)
स्कूल बसको ठक्करले एक जनाको घटनास्थलमै मृत्यु आइतबार, फागुन २०, २०८० स्कूल बसको ठक्करले धनुषामा एक जनाको घटनास्थलमै मृत्यु भएको छ। जनकपुरधामस्थित जकपुरधाम उपमहानगरपालिका २३ विन्धीमा एन्जल्स सेकेन्डरी बोर्डिङ स्कूलको बसले ठक्कर दिँदा एक जनाको घटनास्थलमै मृत्यु भएको हो। दुर्घटनामा सात जना भन्दा बढी घाइते भएका छन्।

काठमाडौं उपत्यकामा गड्याङगुडुङसहितको वर्षा आइतबार, फागुन २०, २०८० अहिले काठमाडौं उपत्यकाभित्र वर्षा भइरहेको छ। बिहानैदेखि मौसममा आएको परिवर्तनसँगै वर्षा भएको हो। वर्षाले हिँड्डुलमा समस्या पैदा गराएको छ। वर्षाभएसँगै चिसो पनि बढेको छ। जल तथा मौसम पूर्वानुमान महाशाखाले सुदूरपश्चिम, कर्णाली, लुम्बिनी, गण्डकी, बागमती प्रदेशसहित कोशी प्रदेशका पहाडी भू-भागका केही स्थानमा मेघगर्जन/चट्याङ्ग सहित हल्का देखि मध्यम बर्षा भइरहेको छ।

बालविवाह रोक्ने प्रयास: निमन्त्रणा कार्डमा बेहुला–बेहुलीको जन्ममिति अनिवार्य आइतबार, फागुन २०, २०८० रुकुमपश्चिमको आठबीसकोट नगरपालिका–३ ले बालविवाह न्यूनीकरण तथा मदिरा र सुर्तीजन्य पदार्थ बिक्री वितरण तथा सेवन नियन्त्रण गर्न सक्रियता देखाएको छ। वडाले बालविवाह हुन नदिन विवाहको निमन्त्रणा कार्डमा अनिवार्य बेहुला र बेहुलीको जन्ममिति उल्लेख गर्नुपर्ने प्राबधान कार्यान्वयनमा ल्याएको छ। आठबीसकोट–३ का वडाध्यक्ष केशरमान विकले बालविवाह हुन नदिन विवाहको निमन्त्रणा ‘कार्ड’मा अनिवार्यरूपमा...

घरमा आगलागी हुँदा सुनसरीमा एक महिलाको मृत्यु आइतबार, फागुन २०, २०८० सुनसरीको इटहरीमा शनिबार मध्यराति भएको आगलागीमा परी एक महिलाको मृत्यु भएको छ। इटहरी उपमहानगरपालिका-६, बीपी चोकस्थित विष्णु खड्काको घरमा आगलागी हुँदा जलेर ५२ वर्षीया गोपीमाया कटुवालको मृत्यु भएको प्रहरीले जनाएको छ।कटुवाल सुतेको कोठामा आगलागी भएको थियो। आगोले कोठामा भएका सबैजसो सामान जलेर नष्ट भएको प्रहरीले जनाएको छ।

कोहलपुरमा घोङही खाने प्रतियोगिता आइतबार, फागुन २०, २०८० आन्तरिक पर्यटन प्रवर्द्धन गर्ने ध्येयले बाँकेको कोहलपुरमा घोङही खाने प्रतियोगिता हुने भएको छ । नेपाल युवा परिषद् लुम्विनी प्रदेशस्तरीय युवा सम्मेलनका अवसरमा घोङहीको व्यावसायीकरण र ‘ब्रान्डिङ’ गर्न प्रतियोगिता हुन लागेको हो । घरबास (होमस्टे) सङ्घका महासचिव कृष्ण चौधरीले प्रतियोगितामा घोङही खाने तरिका र शैलीबारेसमेत जानकारी दिइने जानकारी दिए। प्रतियोगितामा चार...

मुस्ताङमा वैकल्पिक पदमार्ग पहिचान आइतबार, फागुन २०, २०८० पर्यटक आगमन बढाउने र बसाइ लम्बाउन मुस्ताङमा नयाँ पदमार्गको पहिचान गरिएको छ। अन्नपूर्ण संरक्षण क्षेत्र आयोजना (एक्याप)ले सडकका कारण विस्थापित भएका पदमार्गको विकल्पमा नयाँ पदमार्ग पहिचान भएको हो। एक्याप जोमसोमका रेञ्जर सञ्जोक थकालीले तीन नयाँ पदमार्ग पहिचान गरिएको जानकारी दिए। लुप्रा–मुक्तिनाथ, ठिनी–तिलिचोताल र कोखेठाटी–सिरकुङ–सौरु–चोखोपानी–चिमाङ–धुम्बाताल जोड्ने पदमार्ग पहिचान गरेर पूर्वाधार निर्माण,...

एक महिनाभित्र भुक्तानी दिने सहमतिपछि दूग्ध किसानको आन्दोलन स्थगित आइतबार, फागुन २०, २०८० एक महिनाभित्र दूध बिक्रीवापतको रकम किसानले भुक्तानी पाउने सहमति भएपछि दूग्ध किसानहरुको आन्दोलन स्थगित भएको छ। शनिबार साँझ कृषि तथा पशुपन्छी विकासमन्त्री बेदुराम भुसालसमेतको उपस्थितिमा सरकार, उद्योगी र दूग्ध सहकारी संघबीचको वार्तामा सरकार र उद्योगहरुले किसानलाई एक महिनाभित्र भुक्तानी दिन सहमति जनाएका छन्। सरकार र दूग्ध सहकारी संघबीच लिखितरुपमै पाँच...

जातीय विभेद अन्त्यको प्रयास: वनारसी जात्रामा पुजारी दलित, श्रद्धालु गैरदलित आइतबार, फागुन २०, २०८० पाटन नगरपालिका-३ गुजरमा रहेको प्रसिद्ध वनारसी धाममा हरेक वर्ष हुने जात्रालाई जातीय विभेद अन्त्य गर्ने जात्राका रुपमा लिइन्छ । हरेक वर्ष माघ शुक्ल दशमीका दिन लाग्ने यो जात्रामा पुजारी दलित समुदायबाट हुने परम्परा छ । साथै जात्रा भर्ने गैरदलितले दलित पुजारीका हातबाट टीका र प्रसाद ग्रहण गर्छन् । धार्मिक सहिष्णुताको...