धनकुटामा जिप दुर्घटना हुँदा १६ जना घाइते, ४ जनाको अवस्था गम्भीर

हिले– धनकुटामा जिप दुर्घटना हुँदा १६ जना घाइते भएका छन्। आइतबार भएको दुर्घटनामा घाइते भएकामध्ये ४ जनाको अवस्था गम्भीर रहेको प्रहरीले जानकारी दिएको छ।
आइतबार दिउँसो को २ च १६१९ नम्बरको जिप धनकुटाको पाख्रिबास नगरपालिका–१० चुङमाङमा दुर्घटनामा परेका थियो। जिप सडकबाट करिब ५० मिटर तल खसेर दुर्घटना भएको प्रहरीले जानकारी दिएको छ।
घाइतेहरुको जिल्ला अस्पताल धनकुटामा उपचार भइरहेको छ। गम्भीर घाइते भएकालाई थप उपचारका लागि धरानस्थित बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान पठाइएको जिल्ला प्रहरी कार्यालय धनकुटाले जानकारी दिएको छ।
प्रकाशित मिति: आइतबार, फागुन २०, २०८० १८:१२