अझै नियन्त्रणमा आएन मेचीनगरको भगवती लेमिनेट्स उद्योगको आगोलागीसोमबार, फागुन २८, २०८०

बसको ठक्करबाट घाइते भएका ट्राफिक प्रहरीको मृत्यु सोमबार, फागुन २८, २०८० कोटेश्वरमा जुनेली यातायातको बसको ठक्करबाट गम्भीर घाइते भएका ट्राफिक प्रहरी नायब निरीक्षक टोपहादुर खत्रीको मृत्यु भएको छ। फागुन २० गते जुनेली यातायातको प्रदेश-३-०१-००५ ख ९७५५ नम्बरको बसको ठक्करबाट गम्भीर घाइते खत्रीको माइतीघरस्थित अन्नपूर्ण न्यूरो अस्पतालमा उपचारको क्रममा मृत्यु भएको काठमाडौं उपत्यका ट्राफिक प्रहरी कार्यालयका प्रवक्ता तथा प्रहरी वरिष्ठ उपरीक्षक जीवनकुमार...

झापाको भगवती प्लाइउड उद्योगमा आगलागी सोमबार, फागुन २८, २०८०

कान्तिराजपथ ४५ दिन बन्द गरिने सोमबार, फागुन २८, २०८० ललितपुरको टीकाभैरवदेखि तिनपाने भन्ञ्याङ, भट्टेडाँडा, काल्चे, बगुवा हुँदै मकवानपुरको ठिङ्गन भएर हेटौँडा पुग्ने कान्तिराजपथ ४५ दिनका लागि बन्द हुने भएको छ। ललितपुरको काल्चे खण्डको सडक चौडा गर्नका लागि आगामी चैत १ गतेदेखि वैशाख १५ सम्म कान्तिराजपथ बन्द गरिने कान्ति राजमार्ग सडक योजनाका इन्जिनियर रवीन्द्र महर्जनले जानकारी दिए।

कस्तो छ तपाईंको दैनिकी ? हेर्नुहोस् राशिफल सोमबार, फागुन २८, २०८०

हँसिया प्रहार गरि सिरहामा महिलाको हत्या, श्रीमान पक्राउ आइतबार, फागुन २७, २०८० आइतबार दिउँसो घाँस लिन कमला नदीको बगरतिर गएको बेला उनको हत्या भएको हो। उनको हत्या आरोपमा श्रीमान रामउदगार साह पक्राउ परेका जिल्ला प्रहरी कार्यालय सिरहाका प्रमुख प्रहरी उपरीक्षक (एसपी) सन्तोष आचार्यले जानकारी दिए। श्रीमानले हँसियाले हिर्काएर हत्या गरेको प्रारम्भिक अनुसन्धानबाट देखिएको प्रहरीको भनाइ छ।

चिकित्सा शिक्षा आयोगविरुद्ध दुर्गा प्रसाईंले दायर गरेको रिटलाई अग्राधिकार आइतबार, फागुन २७, २०८० सर्वोच्च अदालतका न्यायाधीश कुमार रेग्मी र विनोद शर्माको संयुक्त इजलासले विषयको गाम्भीर्यता लाई ध्यानमा राख्दै छिटो टुंग्याउनुपर्ने प्रकृतिको मुद्दा भएकाले अग्राधिकार दिएको र चैत ४ गतेलाई पेसी तोक्न आदेश गरेको छ।

४ राउन्ड गोलीसहित सर्लाहीबाट दुई जना पक्राउ आइतबार, फागुन २७, २०८० सर्लाहीको बागमती नगरपालिका– १० बाट प्रहरीले ४ राउन्ड गोलीसहित दुई जनालाई पक्राउ गरेको छ। पक्राउ पर्नेमा मलङ्गवा नगरपालिका–१ का २१ वर्षीय पोषण महरा राम र बागमती नगरपालिका–८ का वर्ष २४ को रञ्जित राम छन्।

कार्यालय सहयोगीले नायबसुब्बाको परिचयपत्र झुण्ड्याउँदा ... आइतबार, फागुन २७, २०८० कृषि ज्ञान केन्द्र सिरहामा करार सेवामा कार्यरत कर्मचारी अजयकुमार कर्णले किसानलाई अनुदानमा ट्र्याक्टर मिलाइदिने आश्वासन दिँदै लाखौँ रकम असुल गरी फरार भएका छन्। अहिले पीडित किसान आफूहरूले अनुदानको ट्र्याक्टर पनि नपाएको र रकम फिर्ता नपाएको जनाउँदै चिन्तित भएका छन्। पीडितले आफूहरूको रकम फिर्ता हुनुपर्ने माग राखेपछि कर्णले ट्र्याक्टर नपाउने सबैको...

कस्तो छ तपाईंको दैनिकी ? हेर्नुहोस् राशिफल आइतबार, फागुन २७, २०८० आज मिति २०८० फागुण २७ गते आइतबार। तदअनुसार १० मार्च २०२४। तपाईंको दैनिकी कसरी बित्नेछ हेर्नुहोस् आजको राशिफल:

कुटपिट गरी श्रीमानको हत्या गरेको आरोपमा श्रीमती पक्राउ शनिबार, फागुन २६, २०८० काभ्रेमा कुटपिट गरी श्रीमानको हत्या गरेको आरोपमा प्रहरीले श्रीमतीलाई पक्राउ गरेको छ। शनिबार बिहान साढे ९ बजे नमोबुद्ध नगरपालिका वडा नम्बर ५ कानपुरमा श्रीमतीको कुटपिटबाट श्रीमानको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय काभ्रेका डीएसपी राजकुमार श्रेष्ठले जानकारी दिए।

कालीकोटमा करेन्ट लागेर दुई जनाको मृत्यु शनिबार, फागुन २६, २०८० कालीकोटमा करेन्ट लागेर दुई जनाको मृत्यु भएको छ। नरहरिनाथ गाउँपालिका–८ मा करेन्ट लागेर शनिबार बिहान लालुका गाउँका ४३ वर्षीय केशवराज थापा र उनका २७ वर्षीय भतिज गङ्गा थापाको मृत्यु भएको हो।

ट्रकले मोटरसाइकललाई ठक्कर दिँदा सुनसरीमा काकाभतिजको मृत्यु शनिबार, फागुन २६, २०८० सुनसरीमा ट्रकले मोटरसाइकललाई ठक्कर दिँदा काकाभतिजको मृत्यु भएको छ।शुक्रबार साँझ इटहरीस्थित खनार चोकमा ट्रकले ठक्कर दिँदा मोटरसाइकलमा सवार मोरङको बेलबारीका २३ वर्षीय विपिन दाहाल र उनका ८ वर्षीय भतिज अभिको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय सुनसरीले जनाएको छ।