News Griha :: न्यूजगृह
विवाह गर्न वडाको सिफारिस अनिवार्य
विवाह गर्न वडाको सिफारिस अनिवार्य बालविवाह न्यूनीकरणका लागि भन्दै वडाले विवाहपूर्व वडाको सिफारिस अनिवार्य गरेको हो । वडाध्यक्ष शिवराज गिरीले भने, 'बढ्दै गएको बालविवाहलाई मध्यनजर गरी यस वडाले न्यूनीकरणका लागि सम्पूर्ण टोल बस्तीमा विवाहपूर्व वडाबाट सिफारिस लिई विवाह कार्य अगाडि बढाउन अनुरोध गरेको छ ।'
घरभाडामा छुट दिन व्यवसायीको माग
घरभाडामा छुट दिन व्यवसायीको माग कास्की आर्थिक मन्दीले व्यवसायी पलायन हुने स्थिति आएको भन्दै घरभाडामा छुट दिन घरधनीसँग माग गरिएको छ । पोखरास्थित नेपाल राष्ट्रिय घरभाडा सरोकार समितिले घरभाडामा कम्तीमा २५ देखि ५० प्रतिशतसम्म छुट दिनुपर्ने जनाएको हो ।
आजको फलफूल तथा तरकारीको मूल्य 
आजको फलफूल तथा तरकारीको मूल्य  जसअनुसार, नेपाली ठूलो गोलभेँडा ३०, भारतीय ठूलो गोलभेँडा प्रतिकेजी न्यूनतम ४० रुपैयाँ, नेपाली लोकल सानो गोलभेँडा ५ रुपैयाँ, रातो आलु ४० रुपैयाँ, सेतो आलु ३० रुपैयाँ स्थानीय काउली ५० रुपैयाँ, लोकल बन्दा १० रुपैयाँ प्रतिकेजी मूल्य निर्धारण गरिएको छ । 
पार्क निर्माणमा जोड दिँदै अधिकारसम्पन्न बागमती सभ्यता समिति
पार्क निर्माणमा जोड दिँदै अधिकारसम्पन्न बागमती सभ्यता समिति उपत्यकाको वातावरण स्वच्छ, पवित्र र सुन्दर तुल्याउने, नदी प्रणालीसँग सम्बन्धित ऐतिहासिक पुरातात्विक एवं सांस्कृतिक सम्पदाको संरक्षण गर्ने र सम्पूर्ण बागमती सभ्यताको पहिचान एवं जगेर्ना गर्ने उद्देश्य बोकेको अधिकारसम्पन्न एकीकृत विकास समितिले बागमती किनारमा पार्क निर्माणलाई जोड दिँदै आएको छ । 
विश्व रक्तदाता दिवस आज, विभिन्न सचेतनामूलक कार्यक्रम गरिँदै
विश्व रक्तदाता दिवस आज, विभिन्न सचेतनामूलक कार्यक्रम गरिँदै यस दिनलाई मानव रगतको समूह पत्ता लगाउने वैज्ञानिक डा कार्ल ल्याण्डस्टाइनरको जन्मदिन जुन १४ को अवसर पारेर हरेक वर्ष विश्व रक्तदाता दिवस मनाइन्छ । पहिलो विश्व रक्तदाता दिवस सन् २००४ मा मनाइएको थियो भने सन् २००५ मा ५८ औँ विश्व स्वास्थ्य सभाद्वारा वार्षिक विश्वव्यापी कार्यक्रमको रुपमा नामकरण गरिएको थियो ।
बजेटमा शिक्षा, कृषि र मुख्य सडकलाई प्राथमिकता दिन अजिरकोट गाउँपालिकालाई डा. भट्टराईको सुझाव
बजेटमा शिक्षा, कृषि र मुख्य सडकलाई प्राथमिकता दिन अजिरकोट गाउँपालिकालाई डा. भट्टराईको सुझाव गोरखाको दूधपोखरी मार्ग अवलोकन गर्न आएका उनले मंगलबार गाउँपालिका कार्यालयमा पुगेर स्रोत साधनलाई परिचालन गर्दै शिक्षा र कृषिलाई प्राथमिकता दिन सुझाव दिए । गाउँपालिकाले असार ५ मा नीति तथा कार्यक्रम र  असार १० मा आर्थिक वर्ष २०८०/८१ को बजेट ल्याउँदैछ । 
बुधबार मध्यम वर्षाको सम्भावना, गर्मी भने कायमै रहने
बुधबार मध्यम वर्षाको सम्भावना, गर्मी भने कायमै रहने हाल देशमा पश्चिमी  वायुका साथै भारतको बिहारमा रहेको न्यून चापीय प्रणालीको आंशिक प्रभाव रहेको मौसम पूर्वानुमान महाशाखाले जानकारी दिएको छ ।
अन्तरप्रदेश चल्ने सवारीसाधनले संघबाटै अनुमति लिन अनिवार्य गरिँदै
अन्तरप्रदेश चल्ने सवारीसाधनले संघबाटै अनुमति लिन अनिवार्य गरिँदै अन्तरप्रदेश सञ्चालन हुने सबै सार्वजनिक सवारीसाधनले सञ्चालनका लागि आवश्यक अनुमति र परीक्षण संघीय सरकारअन्तर्गतका विभागमा गर्नुपर्ने भएको छ।
सुदूरपश्चिम प्रदेश सभाबाट सरकारको नीति तथा कार्यक्रम पारित
सुदूरपश्चिम प्रदेश सभाबाट सरकारको नीति तथा कार्यक्रम पारित नीति तथा कार्यक्रममाथिको छलफल सकिएपछि सभामुख भीमबहादुर भण्डारीले बैठकमा निर्णयार्थ पेश गरेका थिए । उक्त प्रस्ताव बहुमतले पारित भएको हो ।
विद्यार्थी सङ्गठनले लगाएको ताला फोडेर बालेनले खुलाए विद्यालय
विद्यार्थी सङ्गठनले लगाएको ताला फोडेर बालेनले खुलाए विद्यालय मंगलबार सामाजिक सञ्जाल फेसबुक मार्फत उनले सरकारी होस वा निजी, विद्यालयमा राजनीति गर्ने कुरा कल्पनासम्म गर्न नसक्ने भन्दै महानगर भित्रका विद्यालयमा लगाएको ताला फोरेर नियमित शैक्षिक क्रियाकलाप अगाडि बढाएको बताएका छन् । 
प्रचण्ड र बाबुरामविरुद्धको युद्ध अपराध मुद्दालाई सर्वोच्चले अग्राधिकार दिएपछि बाल लडाकु विष्टले के भने?
प्रचण्ड र बाबुरामविरुद्धको युद्ध अपराध मुद्दालाई सर्वोच्चले अग्राधिकार दिएपछि बाल लडाकु विष्टले के भने? द्वन्द्वकालमा तत्कालीन विद्रोही पक्ष माओवादीका नेता एवं प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड र पूर्व प्रधानमन्त्री डा बाबुराम भट्टराईलाई  विपक्षी बनाएर  सशस्त्र युद्धका दौरान बाल सेना प्रयोग र युद्ध अपराधको गरेको जिकिर गर्दै दायर मुद्दामा सर्वोच्चले मंगलबार कारण देखाउ आदेश जारी गरेको हो ।
छोटो समयका लागि प्रधानन्यायाधीश बन्दै हरिकृष्ण कार्की, अनुमोदनको तयारी
छोटो समयका लागि प्रधानन्यायाधीश बन्दै हरिकृष्ण कार्की, अनुमोदनको तयारी जेठ ३२ गते संसदीय सुनुवाइ गरेर कामु प्रधानन्यायाधीश कार्कीलाई अनुमोदन गर्न लागिएको हो । संघीय संसद् संयुक्त संसद् नियमावलीमा भएको व्यवस्था अनुसार प्रस्तावित प्रधानन्यायाधीश कार्की अनुमोदन हुने पक्का छ ।
Weather Update