News Griha :: न्यूजगृह
मंसिर ३० मा समानान्तर सरकार घोषणा गर्दै दुर्गा प्रसाईँ, फागुन १ मा ‘राजाको हात’बाट बत्ती बालेर गणतन्त्र फाल्ने
मंसिर ३० मा समानान्तर सरकार घोषणा गर्दै दुर्गा प्रसाईँ, फागुन १ मा ‘राजाको हात’बाट बत्ती बालेर गणतन्त्र फाल्ने व्यवस्था परिवर्तनको आन्दोलन घोषणा गरेका मेडिकल व्यवसायी दुर्गा प्रसाईँले मंसिर ३० गतेभित्र नागरिक सरकार घोषणा गरी गाउँदेखि केन्द्रसम्म समानान्तर सत्ताको अभ्यास थाल्ने बताएका छन् । आइतबार पत्रकार सम्मेलन गरी अबको आन्दोलन विकेन्द्रित हुने भन्दै प्रसाईँले फागुन १ गतेबाट व्यवस्था परिवर्तनको आन्दोलन निर्णायक बनाउने बताए । उनले फागुन १ गते वसन्तपुरमा...
मोटरसाइकल ठोक्किँदा उछिट्टिएर खसेका व्यक्तिलाई बसले किच्यो
मोटरसाइकल ठोक्किँदा उछिट्टिएर खसेका व्यक्तिलाई बसले किच्यो सर्लाहीमा दुईवटा मोटरसाइकल आपसमा ठोक्किँदा उछिट्टिएर खसेका एकजनाको बसले किच्दा मृत्यु भएको छ । अन्दाजी ३५ वर्षीय पुरुषको सनाखत हुन सकेको छैन ।
काठमाडौंमा आज यस वर्षको अहिलेसम्मकै चिसो
काठमाडौंमा आज यस वर्षको अहिलेसम्मकै चिसो अहिले काठमाडौंको वायुको तापक्रम १२ डिग्री सेन्टिग्रेड रहेको तथा पारदर्शिता सात किलोमिटर रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । यसैगरी काठमाडौंमा आज न्यूनतम तापक्रम सात दशमलव पाँच डिग्री तथा अधिकतम तापक्रम २० देखि २२ डिग्री सेन्टिग्रेडको बीचमा रहने मौसमविद् पुडासैनीले बताए । उनले भने, ‘काठमाडौंमा आज यस वर्षको अहिलेसम्मकै चिसो...
यस्ता छन् काठमाडौं महानगरमा नयाँ स्वास्थ्य केन्द्र
यस्ता छन् काठमाडौं महानगरमा नयाँ स्वास्थ्य केन्द्र काठमाडौं महानगरपालिकाले चालु आर्थिक वर्षको गौरवको योजना अन्तर्गत महानगरपालिकाका ३२ वटै वडामा शहरी स्वास्थ्य प्रवर्द्धन केन्द्र स्थापना गर्ने कार्यक्रम कार्यान्वयनमा लगेको छ । कार्यक्रम अन्तर्गत अहिलेसम्म २४ वडामा पूर्वाधार निर्माणको काम सम्पन्न भइसकेको काठमाडौं महानगरपालिका, स्वास्थ्य सेवा विभागका विभागीय प्रमुख रामप्रसाद पौडेलले बताए ।
प्यालेस्टाइनीलाई युद्ध क्षेत्र छोडेर जान इजरायलको आग्रह
प्यालेस्टाइनीलाई युद्ध क्षेत्र छोडेर जान इजरायलको आग्रह इजरायली सुरक्षा बलले उत्तरी गाजामा रहेका प्यालेस्टिनीहरूलाई युद्ध क्षेत्र छोडेर सुरक्षित स्थानमा जान आग्रह गरेको छ । उत्तरी गाजा क्षेत्रका जलबिया, शुजैया र जिटौनका बासिन्दाहरूलाई गाजाको दराज र तुफाहमा सुरक्षित स्थानमा सार्न प्रवक्ता लेफ्टिनेन्ट कर्नल अविचाय आद्राइले भनेका हुन् ।
करिब २ करोड रुपैयाँ बराबरको टिकट चोरी गरेको घटनामा थप एक पक्राउ
करिब २ करोड रुपैयाँ बराबरको टिकट चोरी गरेको घटनामा थप एक पक्राउ जियोल्याण्ड ट्राभल्स एण्ड टुर प्रालिको युजर आईडी ह्याक गरेर दुई वटा एअरलाइन्सको टिकट चोरी गरेको घटनामा केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी)ले थप एक जनालाई पक्राउ गरेको छ ।
ट्रकको ठक्करबाट श्रीमतीको मृत्यु, श्रीमान् र २ छोरा घाइते
ट्रकको ठक्करबाट श्रीमतीको मृत्यु, श्रीमान् र २ छोरा घाइते ट्रकले ठक्कर दिँदा शनिबार तनहुँमा एक महिलाको मृत्यु भएको छ । जिल्ला प्रहरी कार्यालयका अनुसार भीमाद नगरपालिका– ९ थामडाँडा निवासी २६ वर्षीया सुकमाया विकको मृत्यु भएको हो । दुर्घटनामा परी मोटरसाइकलमा सवार तीनजना घाइते छन् ।
सक्कली प्रहरीको फन्दामा नक्कली प्रहरी
सक्कली प्रहरीको फन्दामा नक्कली प्रहरी ‘मधेस प्रदेश प्रहरी कार्यालय जनकपुरबाट बारा, पर्सा र रौतहट जिल्लामा घुमुवा प्रहरीको जिम्मेवारीमा रहेको’ बताउँदै निजले वीरगञ्ज महानगरपालिका–२३ हरपतगञ्जस्थित व्यापारीहरुसँग मासिक रुपमा रकम उठाइरहेको सूचनाका आधारमा कोइरीलाई पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय पर्साले जनाएको छ ।  
स्कुल बसको ठक्करबाट २ जनाको मृत्यु
स्कुल बसको ठक्करबाट २ जनाको मृत्यु रूपन्देही प्रहरी प्रवक्ता डीएसपी मनोहर भट्टका अनुसार लुम्बिनी सांस्कृतिक नगरपालिका वडा नम्बर ४ महुवारीमा शनिबार बिहान सिद्धार्थ बोर्डिङ स्कुलको लु १ क १७७८ नम्बरको बसले लु ३७ प ८४८२ नम्बरको मोटरसाइकललाई पछाडिबाट ठक्कर दिँदा मोटरसाइकलमा सवार २१ वर्षीय मोहम्मद इर्साद र २१ वर्षीया रुक्सना खातुनको मृत्यु भएको हो ।
८ लाख भारूसहित २ भारतीय नागरिक पक्राउ
८ लाख भारूसहित २ भारतीय नागरिक पक्राउ काठमाडौंबाट दिल्ली जान लागेका ३५ वर्षीय धर्मेन्द्र नागर र ४२ वर्षीय पंकज गुप्ता बिहीबार दिउँसो विमानस्थलबाट पक्राउ परेका हुन् ।प्रहरीका अनुसार धर्मेन्द्र नागरको साथबाट ५ सय दरका ७५७ थान, दुई सय दरका २३० थान र १ सय दरका ६७० थान गरी जम्मा ४ लाख ९१ हजार ५०० भारतीय रुपैयाँ...
काठमाडौं महानगरले माग्यो २३० कर्मचारी, कसरी दिने आवेदन ?
काठमाडौं महानगरले माग्यो २३० कर्मचारी, कसरी दिने आवेदन ? काठमाडौं महानगरभित्र गरिब घर परिवार पहिचान तथा परिचय पत्र वितरण कार्यक्रमका लागि ट्याब्लेटमार्फत् तथ्यांक संकलन तथा सुपरीवेक्षण गर्न कर्मचारी मागिएको महानगरले जारी गरेको सूचनामा उल्लेख छ । 
मौसमः आज आंशिक बदलीदेखि हिमपातसम्म
मौसमः आज आंशिक बदलीदेखि हिमपातसम्म पश्चिमी वायुको आंशिक प्रभाव रहँदा शनिबार बिहान देशभर आंशिकदेखि सामान्य बदली रहेको छ । जल तथा मौसम विज्ञान विभागका अनुसार दिउँसो कोशी प्रदेशलगायत बागमती र गण्डकी प्रदेशका पहाडी भूभागमा आंशिक बदली रहनेछ । बाँकी भूभागमा मौसम सामान्यतया सफा रहनेछ ।
Weather Update