News Griha :: न्यूजगृह
NLIC-Below-Navigation-innerNLIC-Below-Navigation-inner
राना थारु समुदायमा ‘खखडेहरा’ पर्वको रौनक
राना थारु समुदायमा ‘खखडेहरा’ पर्वको रौनक कैलाली–कञ्चनपुरका राना थारु समुदायले होलीको अन्तिम दिन आज ‘खखडेहरा पर्व’ मनाइरहेका छन्। राना थारु समुदायका पुरुषले खखडेहरा पर्वका अवसरमा होलीलाई अर्को वर्ष खेल्न पाउने गरी बिदाइ गर्दैछन्। महिलाले भने होली चैत महिनाको चराई पर्वमा पठाउने चलन रहेको छ। खखडेहरा पर्वमा आज बिहानै राना थारु समुदायका अगुवाले घर घरबाट पूजा सामग्री...
बराहक्षेत्रमा कुम्भमेलाः ३० लाख पर्यटक भित्र्याउने लक्ष्य
बराहक्षेत्रमा कुम्भमेलाः ३० लाख पर्यटक भित्र्याउने लक्ष्य कुम्भमेला सुरु हुनुभन्दा पाँचदिन अघिदेखि मेला सम्पन्न भएको पाँचदिन पछिसम्म चतरा बजार क्षेत्रमा मदिरा र माछामासु बिक्रीमा प्रतिबन्ध लगाइने भएको छ। मेला अवधिभर घरआँगन सफा राख्न पुष्पयुक्त गमलाले पाहुनाको स्वागत गर्न  प्रत्येक घरमुलीलाई अनुरोध गरेको तथा सम्भव भएसम्म ‘होमस्टे’का रूपमा आफ्ना निवासलाई तयार गर्न पनि स्थानीयबासीलाई आग्रह गरिएको छ।
मिथिला माध्यमिकी परिक्रमा आज सम्पन्न हुने
मिथिला माध्यमिकी परिक्रमा आज सम्पन्न हुने मधेसको प्राचीन मिथिलाको राजधानी जनकपुरधामलाई केन्द्र (माझ) मा पारेर १३३ किलोमिटरको वृत्तमा नाङ्गा खुट्टाले हिँडेर गरिने यो यात्राको अन्तिम कडी अन्तर्गृह परिक्रमा हो। अन्तिमअर्थात् १५ औँ दिनको रात जनकपुरधामको रङ्गभूमि मैदानमा कटाएर १६ औँ दिन बिहान अन्तर्गृहअर्थात् पञ्चकोशी परिक्रमा गरिने परम्परा छ। 
चाडपर्वले आपसी सद्भाव कायम गर्न सघाउँछन् : माधव नेपाल
चाडपर्वले आपसी सद्भाव कायम गर्न सघाउँछन् : माधव नेपाल नेपाल कम्युनिष्ट पार्टी (एकीकृत समाजवादी)का अध्यक्ष माधवकुमार नेपालले मुलुकमा परम्परागत रूपमा मनाइने चाडपर्वले मौलिक संस्कृति संरक्षणका लागि महत्त्वपूर्ण भूमिका निर्वाह भएको बताएका छन्। अध्यक्ष नेपालले फागुपूर्णिमाका अवसरमा शुभकामना सन्देश जारी गर्दै बहुजातीय, बहुभाषिक, बहुधार्मिक एवं बहुसांस्कृतिक विशेषताले भरिपूर्ण नेपाली समाजमा सबै जाति, समुदायका मौलिक विशेषता बोकेका पर्व, संस्कृतिको जगेर्नाबाट समुन्नत...
होलीले पारस्परिक एकता  कायम गरेको छ : देउवा
होलीले पारस्परिक एकता  कायम गरेको छ : देउवा नेपाली कांग्रेसका सभापति एवं पूर्वप्रधानमन्त्री शेरबहादुर देउवाले नेपालको हिमाल, पहाड र तराईमा हर्षोल्लासका साथ मनाइने होलीपर्वले पारस्परिक एकता र सामाजिक सद्भाव कायम राखेको बताएका छन्। फागु पर्वका अवसरमा शुभकामना सन्देश जारी गर्दै सभापति देउवाले अन्यायमाथि न्यायको सन्देश दिने फागुलाई नेपाली समाजले हरेक वर्ष पारिवारिक स्नेह, पारस्परिक एकता र सामाजिक सद्भावका...
फागुपर्व होली: आज पहाडमा भोलि तराईमा
फागुपर्व होली: आज पहाडमा भोलि तराईमा सद्भावनाको पर्व होली, आज देशको पहाडी भेगमा उल्लाहसपूर्वक मनाइँदैछ। फागुन शुक्ल पूर्णिमाका दिनमा पर्ने यो पर्व सोमबार भने तराईमा मनाइन्छ। आफन्त मिलेर रङ, पानी खेलेर खुसी साट्ने होलीपर्वको विशेषता हो।काठमाडौं उपत्यकास्थित वसन्तपुरमा सामूहिकरूपमा होली खेल्ने गरिन्छ। नेपाली र विदेशीसमेत वसन्तपुरको होलीमा सहभागी हुने गरेका छन्। पर्यटकका पथप्रदर्शक राजन मिश्रले...
सामाजिक सद्भाव र राष्ट्रिय एकता थप सुदृढ बनाउने होली: राष्ट्रपति
सामाजिक सद्भाव र राष्ट्रिय एकता थप सुदृढ बनाउने होली: राष्ट्रपति राष्ट्रपति रामचन्द्र पौडेलले फागुपूर्णिमा (होलीपर्व)ले आपसी सामाजिक सद्भाव र राष्ट्रिय एकतालाई थप सुदृढ बनाउन योगदान पुर्याउनेमा विश्वास व्यक्त गरेका छन्। होलीपर्वका अवसरमा राष्ट्रपति पौडेलले सम्पूर्ण नेपालीमा शुभकामना व्यक्त गर्दै रङहरूको पर्व होलीले आपसी मेलमिलाप र सद्भावको सन्देश दिने उल्लेख गरे। उनले यस पर्वले आपसी रिस, राग परित्याग गरी प्रेम र...
होलीले विकास र समृद्धिको लक्ष्य हासिल गर्न प्रेरणा प्रदान गर्छ : प्रधानमन्त्री
होलीले विकास र समृद्धिको लक्ष्य हासिल गर्न प्रेरणा प्रदान गर्छ : प्रधानमन्त्री प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले फागुपूर्णिमा (होलीपर्व)ले सम्पूर्ण नेपालीमा नयाँ उत्साह, उमङ्ग र हौसलाका साथ सुशासन, सामाजिक न्याय, विकास र समृद्धिको लक्ष्य हासिल गर्न प्रेरणा प्रदान गर्ने विश्वास व्यक्त गरेका छन्। होलीपर्वका अवसरमा आज सम्पूर्ण नेपालीमा शुभकामना व्यक्त गर्दै प्रधानमन्त्री दाहालले यस पर्वले सबै वर्ग, जाति, भाषा, भूगोल र संस्कृतिको भावना...
सद्भावसँगै जोडिएको मिथिलाको होली संस्कृति
सद्भावसँगै जोडिएको मिथिलाको होली संस्कृति फागुन शुक्ल पक्षको पूर्णिमा तिथिका दिन होलिका दहन गरेसँगै होली मनाउने गरिन्छ। यद्यपि तराई भेगमा भने पूर्णिमाको दिन होलिका दहन गरे पनि भोलिपल्ट (प्रतिपदाको दिन) मात्र होली मनाउने गरिएको छ। बराह पुराणअनुसार पाटवास–विलासिनी अर्थात् पाउडर मिलेर बनेको खेलका रूपमा रहेको फागु पूर्णिमा सामाजिक सद्भाव र माधुर्यता झल्काउने असत्यमाथि सत्यको विजय...
रंगको पर्व फागु नेपालमा, विश्वभर फरक फरक रंगीन पर्व
रंगको पर्व फागु नेपालमा, विश्वभर फरक फरक रंगीन पर्व नेपाली समुदायमा होली पर्वको विशेष महत्व छ। विशेषगरी हिन्दुहरुको धार्मिक परम्परामा होली अर्थात् फागु पर्वको विशेष महत्व रहेको पाइन्छ। नेपालको तराईदेखि पहाड र हिमालसम्म यस पर्वको रौनक व्यापक हुने गर्छ। राष्ट्रिय पर्वका रुपमा मानिने होली उत्साह, उमङ्ग र रंगहरुको चाड हो।फागु पूर्णिमाको अवसरमा नेपालमा पनि विभिन्न जाति, समुदाय र...
धार्मिक सद्भाव—मिथिला परिक्रमाका यात्रीलाई मुसलमान समुदायको बिदाइ
धार्मिक सद्भाव—मिथिला परिक्रमाका यात्रीलाई मुसलमान समुदायको बिदाइ मिथिला मध्यमा परिक्रमाका यात्री आज बिहान आठौँ दिनको यात्रामा निस्केका छन्। सातौं दिनको रात्रि विश्राम बलवा–१० ध्रुवकुण्डमा गरेका यात्रीलाई आज बिहान मुस्लिम समुदायले बिदाइ गरेका छन्। हिन्दू –मैथिल परम्पराको मिथिला माध्यमिकी यात्रामा वर्षौँदेखि ध्रुवकुण्डमा मुस्लिमले यात्रीको स्वागत र बिदाइ गर्ने परम्पराजस्तै बनेको छ। मुस्लिम समुदायका अगुवाले आज बिहान अबको यात्रा...
रङको पर्व होली सुरु, बसन्तपुरमा ठड्याइयो चीर 
रङको पर्व होली सुरु, बसन्तपुरमा ठड्याइयो चीर  आजदेखि फागु पर्वको विधिवत् सुरुवात भएको छ। फागुन शुक्ल अष्टमी अर्थात् आज बिहान ७ बजेर ४७ मिनेटको शुभसाइतमा मौलिक बाजागाजासहित काठमाडौंको बसन्तपुरमा रंगीचंगी ध्वजा र पताकाले सिँगारिएको भालुबाँसको चीर उठाइएको हो। फागुन शुक्ल अष्टमीको दिन पारेर काठमाडौ तँलाछीका धालासिक्व मानन्धर समूहले बसन्तपुरमा चीर ठड्याएपछि फागु पर्वको सुरुवात भएको छ। विशेषगरी...
Weather Update