News Griha :: न्यूजगृह
ललितपुरका थप दुई जनामा हैजा पुष्टि
ललितपुरका थप दुई जनामा हैजा पुष्टि टेकु अस्पताल का निर्देशक डा युवानिधि बसौलाका अनुसार केही दिन अघि हैजा पुष्टि भएको ललितपुरको पुनर्स्थापना केन्द्रका नै थप दुई जनामा हैजा पुष्टि भएको हो।
काठमाडौं महानगरमा आजदेखि पोलियो अभियान: घर–घरमा पुगेर खुवाइने  
काठमाडौं महानगरमा आजदेखि पोलियो अभियान: घर–घरमा पुगेर खुवाइने   वातावरणीय निगरानीका क्रममा भएको नमूना सङ्कलन र प्रयोगशाला परीक्षणका क्रममा काठमाडौंको टुकुचा र बागमती दोभानमा बागमती नदीतर्फको खण्डबाट (ढलबाट आएको पानी) डिप्राइभ्ड पोलियोको भाइरस–३ भेटिएपची महानगरले पोलियो अभियान सुरु गरेको हो।
देशभर एक हजार ६५७ जनामा डेङ्गु सङ्क्रमण, ७३ जिल्लामा फैलियो डेङ्गु
देशभर एक हजार ६५७ जनामा डेङ्गु सङ्क्रमण, ७३ जिल्लामा फैलियो डेङ्गु पछिल्लो समय देशभर लगातार पानी परिरहेकाले डेङ्गु सङ्क्रमण बढ्दै गएको छ। स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयको इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखाका किटजन्य रोग शाखाका प्रमुख डा गोकर्णप्रसाद दाहालका अनुसार ७३ जिल्लाका एक हजार छ सय ५७ जनामा डेङ्गुको सङ्क्रमण देखिएको छ। 
‘क्यान्सर’ रोग अनुसन्धान केन्द्र सञ्चालनमा ल्याउँदै केयू
‘क्यान्सर’ रोग अनुसन्धान केन्द्र सञ्चालनमा ल्याउँदै केयू स्वदेशमा नै जटिल प्रकारको ‘क्यान्सर’ रोग पहिचान गर्न धुलिखेलस्थित काठमाडौँ विश्वविद्यालय (केयू)ले अनुसन्धान केन्द्र सञ्चालन गर्ने भएको छ। यसका लागि केयूले भवन व्यवस्थापन गरी केन्द्र प्रमुखसमेत चयन गरिसकेको छ। 
डा इवामुरा अस्पतालको लापरबाहीले बिरामीको ज्यान गयो
डा इवामुरा अस्पतालको लापरबाहीले बिरामीको ज्यान गयो भक्तपुरको सल्लाघारीस्थित डा इवामुरा मेमोरियल अस्पतालको लापरवाहीले एक जना बिरामीको ज्यान गएको विषय खुलेको छ। मुटु सम्बन्धी समस्याको उपचार गर्न गएकी एक महिलाको ज्यान तथ्य खुलेको हो।
सङ्घीय अस्पतालहरूमा तत्काल विस्तारित सेवा थाल्न स्वास्थ्य मन्त्रालयको निर्देशन
सङ्घीय अस्पतालहरूमा तत्काल विस्तारित सेवा थाल्न स्वास्थ्य मन्त्रालयको निर्देशन स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले सङ्घीय अस्पतालहरूलाई विस्तारित सेवा सुरु गर्न निर्देशन दिएको छ।
टीकापुर अस्पतालले थाल्यो ‘डाइलासिस’ सेवा
टीकापुर अस्पतालले थाल्यो ‘डाइलासिस’ सेवा अस्पतालमा डाइलासिस सेवा सुरु भएपछि यस क्षेत्रका बिरामीले राहत पाएका छन्। यहाँका बिरामी धनगढी र नेपालगञ्ज जानुपर्ने बाध्यता टरेको छ। कतिपय नेपालगञ्ज र धनगढी जानुपर्ने अवस्था भएकै कारण काठमाडौँ बसेर डाइलासिस गराउने गरेका छन्। 
अमेरिकाका राष्ट्रपति बाइडेनलाई कोरोना सङ्क्रमण
अमेरिकाका राष्ट्रपति बाइडेनलाई कोरोना सङ्क्रमण अमेरिकाका राष्ट्रपति जो बाइडेनमा कोरोना सङ्क्रमण देखिएको छ। लसभेगासमा युनिडोस सम्मेलनमा भाषण गर्नु अघि उनको कोरोना परीक्षण गरिएको थियो, जसमा उनी सङ्क्रमित भेटिए।
पर्वतमा बढ्न थाले एचआईभी सङ्क्रमित
पर्वतमा बढ्न थाले एचआईभी सङ्क्रमित सरुवा रोगको सङ्क्रमण न्यूनीकरणमा वर्षेनी विभिन्न अभियान सञ्चालन गरिए पनि पर्वतमा प्रभावकारी हुन सकेको छैन। 
कैलालीमा एक हजार बढी डेङ्गुका बिरामी
कैलालीमा एक हजार बढी डेङ्गुका बिरामी गत वर्षका तुलनामा यस वर्ष कैलालीमा डेङ्गुका बिरामी वृद्धि भएका छन्। यसवर्ष एक हजार एक जना डेङ्गी सङ्क्रमित  भएका  छन्। गत वर्ष ४५५ जना डेङ्गुबाट सङ्क्रमित भएका थिए।टीकापुर नगरपालिकाका स्वास्थ्य शाखा प्रमुख बलबहादुर रावलले दिएको जानकारीअनुसार गत वर्ष धनगढीमा एक सय ७३, लम्कीचुहामा एक सय १३, बर्दगोरियामा ७२,  टीकापुरमा...
कञ्चनपुरका बाढी प्रभावितलाई महाकाली अस्पतालले निःशुल्क उपचार गर्ने 
कञ्चनपुरका बाढी प्रभावितलाई महाकाली अस्पतालले निःशुल्क उपचार गर्ने  कञ्चनपुरका बाढी प्रभावितलाई महाकाली प्रादेशिक अस्पतालले निःशुल्क उपचार गर्ने भएको छ। बाढीमा परेर घाइते र प्रभावित क्षेत्रका बिरामी हुने नागरिकको अस्पतालले निःशुल्क उपचार गर्ने अस्पताल व्यवस्थापन समितिका अध्यक्ष कृष्णानन्द भट्टले जानकारी दिए।
देशभर डेंगु संक्रमणको जोखिम बढ्दै, ४ दिनमा थपिए ५१ संक्रमित
देशभर डेंगु संक्रमणको जोखिम बढ्दै, ४ दिनमा थपिए ५१ संक्रमित पछिल्लो समय देशभर डेंगु संक्रमणको जोखिम बढ्दै गइरहेको छ। 
Weather Update