ललितपुरका थप दुई जनामा हैजा पुष्टि

काठमाडौं— ललितपुरमा थप दुई जनामा हैजा सङ्क्रमण पुष्टि भएको छ।
टेकु अस्पताल का निर्देशक डा युवानिधि बसौलाका अनुसार केही दिन अघि हैजा पुष्टि भएको ललितपुरको पुनर्स्थापना केन्द्रका नै थप दुई जनामा हैजा पुष्टि भएको हो।
‘भर्खर रिपोर्ट आएको छ’ बसौलाले भने, ‘तीन जनाको नमुना पठाउँदा दुई जनाको पोजेटिभ आएको छ।’
उनीहरू पनि हैजाको सङ्क्रमण हुनसक्ने आशङ्कामा टेकु अस्पताल भर्ना भएका थिए। तर उनीहरू पछि आफैं अस्पतालबाट भागेका थिए।
अहिले उनीहरू अन्यत्रै उपचार गराइरहेको आफूले थाहा पाएको बसौलाले बताए। यीसहित हैजा पुष्टि हुनेको सङ्ख्या तीन पुगेको छ।
प्रकाशित मिति: बिहीबार, साउन १०, २०८१ १५:०५