देशभर डेंगु संक्रमणको जोखिम बढ्दै, ४ दिनमा थपिए ५१ संक्रमित

काठमाडौं— पछिल्लो समय देशभर डेंगु संक्रमणको जोखिम बढ्दै गइरहेको छ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखा (ईडीसीडी) का अनुसार ४ दिनको अवधिमा ५१ जना डेंगु संक्रमित थपिएका हुन्।
महाशाखाका अनुसार गत जुलाई ३ देखि ७ को अवधिमा ५१ जनामा डेंगु संक्रमण पुष्टि भएको हो। यससँगै देशभर १ हजार ४ सय ८३ जनामा डेंगु सङ्क्रमण पुष्टि भएको महाशाखाले जनाएको छ।
महाशाखाका अनुसार हालसम्म देशभरका ७३ जिल्लामा डेंगु संक्रमण देखिएको छ। हालसम्म मुस्ताङ, जुम्ला, हुम्ला र जुम्ला डेंगु संक्रमणबाट सुरक्षित रहेका छन्।
प्रकाशित मिति: मंगलबार, असार २५, २०८१ १२:२३