News Griha :: न्यूजगृह
रौतहटमा ४७४ एचआईभी सङ्क्रमित

रौतहट— रौतहटमा एचआईभी एड्स सङ्क्रमितको सङ्ख्या बढ्दै गएको पाइएको छ। गत आर्थिक वर्षमा जिल्लाको १८ स्थानीय तहमा कुल सङ्क्रमितको सङ्ख्या ४७४ पुगेको छ।

त्यसअघि आर्थिक वर्ष २०७९/०८० मा एचआईभी एड्स सङ्क्रमितको सङ्ख्या मात्र ३३२ रहेको थियो। एक वर्षको अवधिमा जिल्लाभरीमा १४२ जना एचआईभी एड्स सङ्क्रमित बढेको हो।

सबैभन्दा बढी राजपुर नगरपालिकामा एचआईभी एड्स सङ्क्रमित देखिएको छ। राजपुरमा ६३ जना सङ्क्रमित छन्। ईशनाथ नगरपालिकामा ५२ जना सङ्क्रमित छन्।

चन्द्रपुर नगरपालिकामा ३७ जना सङ्क्रमित रहेका छन्। यसैगरी गौर नगरपालिकामा ३५ , गुजरामा २० जना, फतुवा बिजयपुरमा १० , कटहरियामा २०, वृन्दावनमा गढीमाईमा ११ जना सङ्क्रमित छन्।

यस्तै माधव नारायण नगरपालिकामा १२ ,गरुडामा १९, देवाही गोनाहिमा २०, मौलापुरमा १५ , बौधीमाइ मा २०, परोहामा २५ , राजदेबी नगरपालिकामा २५  र यमुनामाइ  २१, दुर्गाभगवती गाउँपालिकामा २० जना तथा अन्य ३४ जना गरी रौतहटमा ४ सय ७४ जना सङ्क्रमित रहेको तथ्याङ्कमा उल्लेख छ।

२०७१ साल यता जिल्लामा एचआईभी एड्स रोगको कारण ४२ जनाको मृत्यु भएको प्रादेशिक अस्पताल गौरका एचआईभी एड्स शाखाका प्रमुख शेष असरफ अलीले जानकारी दिएका छन्।

एचआईभी एड्स सङ्क्रमितको उपचार सहज भएकाले रोग लागेको शङ्का लागेमा समयमै उपचार गर्न अस्पतालमा आउन सकेमा अनाहक मृत्यु बाट जोगिनसक्ने  डाक्टर ठाकुरले जानकारी दिएका छन्। 

जिल्लाको दक्षिणभेग भारतीय सीमामासँग जोडिएको राजपुर, ईशनाथ नगरपालिकाका अधिकांश युवाहरू रोजगारीको लागि भारतको कोलकात्ता, मुम्बई, दिल्ली लगायतका शहरहरूमा जानेगरेको छन्। 

Nepali-Patro-innerNepali-Patro-inner
प्रकाशित मिति: शुक्रबार, साउन ११, २०८१  १४:५३
Weather Update