यस्तो छ आजको विदेशी मुद्रा विनिमय दर [सूचीसहित]शुक्रबार, चैत ९, २०८०
नेप्सेमा दोहोरो अंकको गिरावट, तर बढ्यो कारोबार बिहीबार, चैत ८, २०८० सर्वाधिक कारोबार हुने कम्पनीहरुमा आज माछापुछ्रे विकास बैंक अगाडि छ। उक्त बैंकको संस्थापक शेयर १ अर्ब २१ करोड ३२ लाख ८१ हजार रुपैयाँको किनबेच भएको छ। यस्तै गुर्खाज फाइनान्सको २८ करोड ५३ लाख, शिवम् सिमेन्टको १४ करोड ८८ लाख र सोनापुर मिनरल्सको १२ करोड ७७ लाखको कारोबार भएको छ।
विदेशबाट पैसा पठाउँदा लाग्ने शुल्क घटाउन माग बिहीबार, चैत ८, २०८० अहिलेपनि श्रमिकहरुले रेमिट्यान्स पठाउँदा चर्को शुल्क तिर्नुपर्ने बाध्यता रहेकाले त्यसलाई बजेटमार्फत कम गर्ने वातावरण बनाउन आग्रह गरे । अहिले मध्यपूर्वबाट नेपालमा रेमिट्यान्स पठाउँदा एक पटकमा २३ रियाल तिर्नुपर्ने वाध्यता रहेको र प्रत्येक महिना पठाउँदा यसले श्रमिकहरुलाई नै मार पर्ने गरेको बताए ।
आज दुई हजार ६ सयले बढ्यो सुन, कतिमा हुँदैछ कारोबार ? बिहीबार, चैत ८, २०८० नेपाली बजारमा सुनको मूल्य एकैदिन प्रति तोला दुई हजार ६ सय रुपैयाँले बढेको छ। आज सुन प्रतितोला एक लाख २७ हजार आठ सय रुपैयाँमा कारोबार भइरहेको सुनचाँदी व्यवसायी महासंघले जनाएको छ। बुधबार प्रतितोला एक लाख २५ हजार दुई सयमा कारोबार भएको सुन आज प्रतितोला दुई हजार ६ सय रुपैयाँले बढेर...
आज विदेशी मुद्राको नेपाली मूल्य कति ? बिहीबार, चैत ८, २०८० आजको विनिमयदर अनुसार अमेरिकी डलर एकको खरिद दर १३२ रुपैयाँ ७६ पैसा र बिक्री दर १३३ रुपैयाँ ३६ पैसा पुगेको छ।
अर्थमन्त्री भन्छन्– हामीसँग पैसाको कमी छैन, खर्च गर्ने क्षमता भएन बुधबार, चैत ७, २०८० अर्थमन्त्री वर्षमान पुनले अहिले देशमा पैसाको कमी नभएको बताएका छन्। तर खर्च गर्ने क्षमता भने नभएको उनको भनाइ छ। प्रतिनिधि सभाको बुधबारको बैठकमा विनियोजन विधेयकका सिद्धान्त र प्राथमिकतामाथिको छलफलका क्रममा सांसदहरुले उठाएका प्रश्नको जवाफ दिँदै अर्थमन्त्री पुनले विकास साझेदारहरुबाट ५ खर्ब बराबरको ऋण तथा अनुदान सहयोगको प्रतिबद्धता भए पनि खर्च...
नेप्सेमा ३.३४ अंकको गिरावट, कारोबार पनि घट्यो बुधबार, चैत ७, २०८० शेयर बजार परिसूचक नेप्से बुधबार ३.३४ अंकले घट्दै २०६३.९५ विन्दुमा आएको छ। कारोबार रकम पनि अघिल्लो दिनको तुलनामा घटेको छ। साताको तेस्रो दिन नेप्से परिसूचकमा गिरावट भए पनि कारोबार रकम भने बढेको थियो। बुधबार ९४ लाख ४५ हजार ६९७ कित्ता शेयर किनबेच भएको छ। कारोबार रकम ३ अर्ब ४९ करोड...
कच्चा पदार्थको अभावमा १३७ साना उद्योग बन्द बुधबार, चैत ७, २०८० कच्चा पदार्थको अभावमा कैलाली जिल्लामा सञ्चालित १३७ वटा घरेलु तथा साना उद्योग बन्द भएका छन्। कतिपय उद्योग भने सञ्चालन खर्च जुटाउन नसकेर र केही आफ्ना उत्पादनले बजार मूल्यसँग प्रतिस्पर्धा गर्न नसक्दा बन्द भएका हुन्। घरेलु तथा साना उद्योग कार्यालयका अनुसार कतिपय उद्योगका सञ्चालक रोजगारीका लागि विदेश गएकाले पनि उद्योग बन्द...
आज अमेरिकी डलर बढ्दा यूरोको मूल्य घट्यो बुधबार, चैत ७, २०८० अमेरिकी डलर एकको खरिद दर १३२ रुपैयाँ ५६ पैसा र बिक्री दर १३३ रुपैयाँ १६ पैसा रहेको छ। मंगलबार खरिद दर १३२ रुपैयाँ ३६ पैसा र बिक्री दर १३२ रुपैयाँ ९६ पैसा रहेको थियो। त्यस्तै, आज युरो एकको खरिद दर १४३ रुपैयाँ ७७ पैसा र बिक्री दर १४४ रुपैयाँ ४३...
पोखराका होटेलमा २० प्रतिशतसम्म छुट मंगलबार, चैत ६, २०८० होटल सङ्घ पोखरा नेपालले यही चैत २९ देखि आगामी वैशाख १ गतेसम्म आयोजना गर्ने १९औँ फेवा नव वर्ष महोत्सवका अवसरमा २० प्रतिशत छुट दिने घोषणा गरेको छ।
ठूलो कारोबार गर्ने सहकारीलाई केही समयका लागि राष्ट्र बैंकले नियमन गर्ने मंगलबार, चैत ६, २०८० ‘वित्तीय संस्थालाई विसंगति मुक्त बनाउने’ भन्ने शीर्षक दिइएको अनुच्छेदमा ठूलो कारोबार गर्ने सहकारीलाई केही समय राष्ट्र बैंकको नियमनमा ल्याउने पनि भनएको छ। ‘ठूलो कारोबार गर्ने सहकारीलाई केही समय राष्ट्र बैंकको नियमन र सुपरीवेक्षणमा राख्न कानुनी प्रबन्ध गर्ने, बचत तथा ऋण सहकारी संस्थाको नाममा रहेका सम्पत्ति धितोमा नेपाल राष्ट्र बैंकबाट छोटो...
नेप्सेमा ६.२४ अंकको गिरावट, ३ अर्ब ६३ करोडको कारोबार मंगलबार, चैत ६, २०८० साताको तेस्रो दिन नेप्से परिसूचकमा गिरावट भए पनि कारोबार रकम भने बढेको छ। मंगलबार शेयर बजार सूचक नेप्से ६.२४ अंकले घट्दै २०६७.२९ विन्दुमा रह्यो।कारोबार रकम भने हिजोका तुलनामा केही बढेको छ। ९४ लाख ७८ हजार ९ सय ३३ कित्ता शेयर किनबेच हुँदा कारोबार रकम ३ अर्ब ६३ करोड ३९...
आज प्रतितोला सात सयले बढ्यो सुन मंगलबार, चैत ६, २०८० नेपाली बजारमा पहेँलो धातु सुनको मूल्य बढेको छ। आज सुन प्रतितोला सात सयले बृद्धि भएको छ। नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार आज छापावाला सुन प्रतितोला एक लाख २५ हजार दुई सय कायम भएको छ। सोमबार छापावाला सुन प्रतितोला एक लाख २४ हजार पाँच सयमा कारोबार भएको थियो।