उखुको जुस बेचेर मासिक एक लाखसम्म आम्दानीबिहीबार, जेठ १७, २०८१

शेयर बजारमा परेन बजेटको सकारात्मक प्रभाव, निरन्तर ओरालो बिहीबार, जेठ १७, २०८१ अर्थमन्त्री वर्षमान पुनले आगामी आर्थिक वर्षको बजेट सार्वजनिक गरेयता ओरालो लागेको शेयर बजार साताको अन्तिम कारोबार दिन दोहोरो अंकले घटेको छ। बिहीबार नेप्से परिसूचक १९.८९ अंकले घट्दै २०६९.५३ बिन्दुमा रह्यो।

दैनिक ४ सय मेगावाट विद्युत् भारत निर्यात सुरु बिहीबार, जेठ १७, २०८१ खोला तथा नदीमा पानीको बहाव क्रमिक रूपमा बढेसँगै देशभित्रका जलविद्युत् गृहबाट विद्युत् उत्पादन वृद्धि हुन थालेपछि भारततर्फ निर्यात सुरु भएको छ।नेपाल विद्युत् प्राधिकरणले देशभित्र खपत गरी अतिरिक्त भएको विद्युत् गत सोमबार (१४ जेठ राति) देखि भारतीय ऊर्जा एक्सचेन्ज (आईएक्स) मार्केटमा प्रतिस्पर्धी दरमा बिक्री सुरु गरेको हो।

महालेखाको प्रतिवेदनः तीन तहका सरकारको बेरुजु साढे ९५ अर्ब बिहीबार, जेठ १७, २०८१ तीन तहका सरकार र संगठित संस्थाहरुले गरेको आर्थिक कारोबारको लेखापरीक्षण हुँदा ९५ अर्ब ६० करोड रुपैयाँ बेरुजु देखिएको देखिएको छ। महालेखा परीक्षकले संघीय तथा प्रदेश सरकारी निकाय र स्थानीय तह, संगठित संस्था, समिति र अन्य संस्थासमेतको लेखापरीक्षण गर्दा यति बेरुजु देखिएको उल्लेख गरेको छ।
-1717049297.jpg)
फलामको कच्चा पदार्थमा कर हेरफेरः सरकारको अस्थिर नीति, व्यवसायीको दोहोरो चरित्र बिहीबार, जेठ १७, २०८१ निर्माण क्षेत्रमा अत्यावश्यक फलामे छड, डण्डी, रेलिङ, जस्तापाताजस्ता सामग्री उत्पादन गर्ने दुईथरी उद्योग छन्। एकथरी उद्योगले स्पन्ज आयात तथा स्क्य्राप (पत्रु फलाम) संकलन गरेर आफै बिलेट बनाउँछन् र त्यसलाई थप प्रशोधन गरी फलामे छड/डण्डी उत्पादन गर्छन्। अर्को थरी, उद्योगले सोझै बिलेट आयात गर्छन् र त्यसबाट फलामे छड तथा डण्डी तयार...

एकै दिन २३ सयले बढ्यो सुनको मूल्य बिहीबार, जेठ १७, २०८१ पछिल्ला दिनहरुमा नेपाली बजारमा सुनचाँदीको मूल्य निरन्तर बढिरहेको छ। बुधबारको तुलनामा आज सुनको तोलामा नै २ हजार ३ सयले वृद्धि भएको छ।

बजेटपछि आज के भयो शेयर बजार? बुधबार, जेठ १६, २०८१ मंगलबार आगामी आर्थिक वर्षको बजेट सार्वजनिक भए पनि शेयर बजारमा भने सकारात्मक संकेत देखिएन। बजेट भाषणपछिको पहिलो कारोबार दिन बुधबार आज शेयर बजार दोहोरो अंकले घटेको छ। आज नेप्से परिसूचक २३.८१ अंकले घट्दै २०८९.४२ को बिन्दुमा रह्यो।
-1716970562.jpg)
धनियाँ बिक्री गरेर वार्षिक ८ लाख आम्दानी बुधबार, जेठ १६, २०८१ खेतका गराभरी हरियो धनियाँ छ। धनियाँ उखेलेर साना साना मुठा पार्दै गरेको अवस्थामा भेटिए घोराही उपमहानगरपालिका–६ चोरगाउँका अमित चौधरी। उनले दुई कठ्ठा जमिनमा धनियाँखेती गरेका छन् । धनियाँको माग बाह्रैमहिना हुने भएकाले बाह्रैमहिना खेती गर्ने गरेको उनले बताए।
-1715234552.jpg)
कैलालीमा चालु आवको १० महिनामा ६ सय ६१ उद्योग दर्ता बुधबार, जेठ १६, २०८१ कैलालीमा चालु आर्थिक वर्षको १० महिनामा ६ सय ६१ घरेलु तथा साना उद्योग नयाँ दर्ता भएका छन्। एक सय ३० उत्पादनमूलक, दुई सय ९६ कृषि र दुई सय ३५ सेवामूलक गरी छ सय ६१ घरेलु तथा साना उद्योग दर्ता भएका कार्यालयका लेखा अधिकृत टिकेन्द्रप्रसाद जोशीले बताए।
बढ्यो सुनचाँदीको मूल्य, कतिमा हुँदैछ कारोबार? बुधबार, जेठ १६, २०८१ बुधबार नेपाली बजारमा सुनचाँदीको मूल्यमा वृद्धि भएको छ।

बजेटमा समेटिए भरतपुरका ठूला आयोजना बुधबार, जेठ १६, २०८१ देशकै विकासको नमूना पालिका बनाउन लागिएको चितवनको भरतपुर महानगरपालिकाका ठूला आयोजना आगामी आर्थिक वर्ष २०८१/८२ को बजेटमा समेटिएका छन्। भौतिक पूर्वाधारको हिसाबले भरतपुर महानगरपालिका अग्रस्थानमा छ।

अमेरिकी डलर, युरो र पाउन्डको मूल्य बढ्यो, अरु विदेशी मुद्राको के भयो? बुधबार, जेठ १६, २०८१ राष्ट्र बैंकका अनुसार आजको लागि अमेरिकी डलर १ को खरिददर १३२ रुपैयाँ ७९ पैसा र बिक्रीदर १३३ रुपैयाँ ३९ पैसा निर्धारण भएको छ। हिजो अमेरिकी डलर १ को खरिददर १३२ रुपैयाँ ७२ पैसा र बिक्रीदर १३३ रुपैयाँ ३२ पैसा थियो।

विद्युतीय गाडीमा बढ्यो कर, अन्तःशुल्क र भन्सार दरमा परिवर्तन मंगलबार, जेठ १५, २०८१ सरकारले विद्युतीय गाडी (ईभी) मा कर बढाएको छ। ईभीको अन्तःशुल्क र भन्सार दरमा परिवर्तन गरेको हो। अर्थमन्त्री वर्षमान पुनले मंगलबार संसदमा प्रस्तुत गरेको आर्थिक विधेयकमा ईभीको कर बढाएका हुन्।१० सिटयुक्त ईभीमा अनएसेम्बल्ड र अन्यमा १० प्रतिशतबाट १५ प्रतिशत भन्सार पुर्याइएको छ। सोही प्रकारका ईभीमा अन्तःशुल्क पनि अनएसेम्बल्ड र अन्य...