एकै दिन २३ सयले बढ्यो सुनको मूल्य

काठमाडौं— पछिल्ला दिनहरुमा नेपाली बजारमा सुनचाँदीको मूल्य निरन्तर बढिरहेको छ।
बुधबारको तुलनामा आज सुनको तोलामा नै २ हजार ३ सयले वृद्धि भएको छ।
बुधबार प्रतितोला १ लाख ३८ हजार दुई सयमा कारोबार भएको छापावाला सुन आज मूल्य वृद्धि भइ एक लाख ४० हजार पाँच सय निर्धारण भएको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ।
तेजाबी सुन बुधबार तोलामा एक लाख ३७ हजार पाँच सय ५० मा कारोबार भएकामा आज एक लाख ३९ हजार आठ सयमा कारोबार भएको छ।
यसैगरी चाँदीको मूल्य तोलामा ७० ले वृद्धि भएको छ। बुधबार एक हजार ९ सय ३० मा कारोबार भएको चाँदी आज एक हजार ९ सयमा बिक्री भइरहेको महासंघले जनाएको छ।
प्रकाशित मिति: बिहीबार, जेठ १७, २०८१ ११:१४












