एसीसी इमर्जिङ टिम्स एसियामा नेपाल भारत ‘ए’ सँग ९ विकेटले पराजित

काठमाडौं— एसीसी इमर्जिङ टिम्स एसिया कप क्रिकेटमा नेपाल भारत ‘ए’ सँग ९ विकेटले पराजित भएको छ ।
कोलोम्बोस्थित आर प्रेमादास स्टेडियममा भएको खेलमा नेपालले भारत ‘ए’ लाई १६८ रनको लक्ष्य दिएको थियो ।
उक्त लक्ष्य भारतले २९.५ ओभरमा १ विकेट गुमाएर भेट्टायो । यसअघि टस जितेर पहिले ब्याटिङ गरेको नेपालले ३९.२ ओभरमा सबै विकेट गुमाएर १६७ रन बनाएको थियो ।
यो पनि पढ्नुहोस
प्रकाशित मिति: सोमबार, साउन १, २०८० १९:२१