नक्कली भुटानी शरणार्थी प्रकरण : एमाले सचिव टोपबहादुरका छोरा पक्राउ

काठमाडौं— नेकपा एमालेका सचिव टोपबहादुर रायमाझीका छोरा सन्दीप पक्राउ परेका छन् ।
नक्कली भुटानी शरणार्थी प्रकरणका आरोपित उनी बुधबार साँझ बुटवलमा पक्राउ परेका हुन् ।
जिल्ला प्रहरी परिसर काठमाडौंका प्रमुख एसएसपी दानबहादुर कार्कीका अनुसार उनलाई बिहीबार काठमाडौं ल्याइने छ ।
नक्कली भुटानी शरणार्थी प्रकरणबारे अनुसन्धानका लागि काठमाडौं प्रहरी परिसरले बुधबार जिल्ला अदालत काठमाडौंबाट रायमाझी र उनका छोराविरुद्ध पक्राउ पुर्जी लिएको थियो ।
यो पनि पढ्नुहोस
यो पनि पढ्नुहोस
यो पनि पढ्नुहोस
प्रकाशित मिति: बुधबार, वैशाख २०, २०८० २२:००