News Griha :: न्यूजगृह
नक्कली भुटानी शरणार्थी प्रकरण : के भन्छन् गृहमन्त्री ?

काठमाडौं— उपप्रधान तथा गृहमन्त्री नारायणकाजी श्रेष्ठले नेपाली नागरिकलाई भुटानी शरणार्थी बनाएर अमेरिका पठाएको प्रकरणबारे बोल्दै दोषी उम्कन नहुने बताएका छन् ।

आफूले प्रहरीलाई दोषी जो कोही भए पनि नछोड्न निर्देशन दिएको श्रेष्ठले बताए । बुधबार श्रेष्ठ भन्छन्,‘दोषी जो कोही भए पनि नछोड्न प्रहरी प्रशासनलाई निर्देशन दिएको छु ।’

नक्कली शरणार्थी प्रकरणको अनुसन्धानका लागि प्रहरीले उपराष्ट्रपति कार्यालयका सचिव टेकनारायण पाण्डे, सांसद टोपबहादुर रायमाझी र उनका छोरा सन्दीप रायमाझी र पूर्वगृहमन्त्री एवम् एमाले उपाध्यक्ष रामबहादुर थापा ‘बादल’ का छोरा प्रतीक थापाविरूद्ध पक्राउ पूर्जी जारी गरेको छ ।

प्रकाशित मिति: बुधबार, वैशाख २०, २०८०  १८:३८
Weather Update