News Griha :: न्यूजगृह
काँक्रोखेतीबाट मनग्य आम्दानी
काँक्रोखेतीबाट मनग्य आम्दानी उत्पादन भए पनि ढुवानी गर्न नसक्दा बारीमै कुहिने बाध्यता भने किसानलाई धेरै टरेको पाइन्छ। यहाँका किसानले काँक्रो, गोलभेँडा, इस्कुस, अकबरे, फर्सी, बन्दा, काउली, इस्कुसका टुप्पा, फर्सीका टुप्पालगायत तरकारी उत्पादन गरेर बिक्री गर्ने गरेका छन्।
चालु आर्थिक वर्षमा २५ अर्ब रुपैयाँ बराबरको विद्युत् निर्यात गर्ने लक्ष्य, भारतले प्रति युनिट ८ रुपैयाँ ७२ पैसामा बिजुली किन्ने
चालु आर्थिक वर्षमा २५ अर्ब रुपैयाँ बराबरको विद्युत् निर्यात गर्ने लक्ष्य, भारतले प्रति युनिट ८ रुपैयाँ ७२ पैसामा बिजुली किन्ने नेपालले प्रति युनिट ८ रुपैयाँ ७२ पैसामा भारतलाई बिजुली बेच्ने भएको छ। नेपालले द्विपक्षीय सम्झौतामा बमोजिम भारतका बिहार र हरियाणा राज्यलाई थप २५१ मेगावाट विद्युत् निर्यात स्वीकृति पाएको हो।
भैरहवा र पोखरा अन्तर्राष्ट्रिय विमानस्थल पूर्ण क्षमतामा सञ्चालनको तयारी
भैरहवा र पोखरा अन्तर्राष्ट्रिय विमानस्थल पूर्ण क्षमतामा सञ्चालनको तयारी एअरलाइन्सले विगतमा १० महिना उडान गरेर उडान स्थगित गरेको थियो। गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थल २०७९ जेठ २ गतेदेखि सञ्चालनमा आएको थियो भने त्यसको छ महिनापछि पोखरा अन्तर्राष्ट्रिय विमानस्थल उद्‌घाटन गरिएको थियो। भैरहवामा केही समय अन्तर्राष्ट्रिय उडान भए पनि पोखरा विमानस्थलमा चार्टर उडानबाहेक व्यावसायिक अन्तर्राष्ट्रिय उडान भएको छैन। 
लमजुङमा ३८ हजार मेट्रिकटन आलु उत्पादन
लमजुङमा ३८ हजार मेट्रिकटन आलु उत्पादन जिल्लामा ३७ हजार आठ सय ५९ मेट्रिकटन आलु उत्पादन भएको छ। गत आर्थिक वर्ष २०८०/८१ मा दुई हजार दुई सय ८५ हेक्टर क्षेत्रफलमा गरिएको आलु खेतीबाट उक्त परिमाणमा आलु उत्पादन भएको कृषि ज्ञान केन्द्र लमजुङले जनाएको छ। 
शान्ति प्रक्रियाको जग: सिक्लेस
शान्ति प्रक्रियाको जग: सिक्लेस यो २०६३ जेठको अन्तिम साताको कुरा हो। कास्कीको उत्तरपूर्वी गाउँ सिक्लेसमा तत्कालीन नेपाल कम्युनिष्ट पार्टी (माओवादी)को केन्द्रीय प्रशिक्षण चलिरहेको थियो। माओवादी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड, बाबुराम भट्टराईलगायत उच्च तहका नेताहरु प्रशिक्षणमा सहभागी थिए। ‘अध्यक्ष दाहाललगायत नेताहरू अन्नपूर्ण संरक्षण क्षेत्र आयोजनाको भवनमा बस्नुभएको थियो, अन्य नेता, कार्यकतासहित समाजघरमा बाँडिएर बसेका थिए’,...
लोप हुँदैछ जनै बनाउने सीप
लोप हुँदैछ जनै बनाउने सीप  पछिल्लो समय गाउँघरमा जनै बनाउने प्रचलन हराउँदै जाँदा बाह्य उत्पादनको भर पर्नुपर्ने अवस्था सृजना भएको छ।
फेरि घट्यो घरजग्गाको किनबेच
फेरि घट्यो घरजग्गाको किनबेच गएको जेठमा उत्साहजनक देखिएको घरजग्गा किनबेच फेरि ओरालो लागेको देखिएको छ।भूमि व्यवस्था तथा अभिलेख विभागका अनुसार गत साउन महीनामा देशभरिमा ४३ हजार ८३५ वटा घरजग्गाको किनबेच (लिखत पारित) भएका छन्। यो सङ्ख्या असारमा ४६ हजार १७९ थियो।
अमेरिकाले नेपाललाई दुई स्काई ट्रक र दुई बेल हेलिकप्टर सहयोग गर्ने
अमेरिकाले नेपाललाई दुई स्काई ट्रक र दुई बेल हेलिकप्टर सहयोग गर्ने नेपालको विपद् व्यवस्थापन प्रयासमा प्रयोग गर्न र हवाई क्षमतालाई सुदृढ गर्न अमेरिकाले दुई स्काई ट्रक र दुई बेल हेलिकप्टर सहयोग गर्ने भएको छ। अमेरिकाको विदेश मन्त्रालयले उक्त सहयोग गर्न लागेको परराष्ट्रमन्त्री आरजु राणा देउवाले शनिबार एक्समार्फत जानकारी दिएकी हुन्।
अध्ययनका लागि क्यानडा जाने नेपाली विद्यार्थीलाई दूतावासले दियो यस्तो सुझाव
अध्ययनका लागि क्यानडा जाने नेपाली विद्यार्थीलाई दूतावासले दियो यस्तो सुझाव क्यानडा जाने तयारी गरिरहेका नेपाली विद्यार्थीलाई क्यानडास्थित नेपाली राजदूतावासले सुझाव दिएको छ। राजदूतावासले नयाँ शैक्षिकमा अध्ययनका लागि क्यानडा जाने तयारी गरिरहेका नेपाली विद्यार्थीलाई सुझाव दिएको हो। दूतावासले क्यानडा बसाइँ र अध्ययन सहज एवं समस्यारहित बनाउनका लागि विभिन्न सुझाव जारी गर्दै ध्यान पुर्‍याएर तयारी गर्न अनुरोध गरेको छ। 
नेपाललाई नयाँ हेलिकप्टर खरिदमा अमेरिकाले सहयोग गर्ने
नेपाललाई नयाँ हेलिकप्टर खरिदमा अमेरिकाले सहयोग गर्ने अमेरिकाले नेपाललाई नयाँ हेलिकप्टर खरिदमा सहयोग गर्न प्रतिबद्धता व्यक्त गरेको छ।अमेरिकी उपविदेशमन्त्री रिचार्ड वर्माले नेपालका प्रधानमन्त्री केपी शर्मा ओली र परराष्ट्रमन्त्री आरजु राणा देउवासँगको शिष्टाचार भेटवार्तामा नेपाललाई हेलिकप्टर खरिदमा सहयोग गर्ने प्रतिबद्धता जनाएका हुन्।
थप ५७ हिमालमा आरोहण खुलाउने तयारी
थप ५७ हिमालमा आरोहण खुलाउने तयारी पर्यटन विभागका निर्देशक राकेश गुरुङले पूर्व ताप्लेजुङदेखि पश्चिम हुम्लासम्मका विभिन्न ५७ हिमाल आरोहणका लागि खुला गर्ने विषयमा सरकारलाई सिफारिस गरेको जानकारी दिए। मन्त्रिपरिषद्ले स्वीकृति दिएपछि नयाँ हिमाल आरोहणको बाटो खुल्ने उनले बताए।
साढे तीन सय वर्ष पुरानो मन्दिरको जीर्णोद्धार
साढे तीन सय वर्ष पुरानो मन्दिरको जीर्णोद्धार  साढे तीन सय वर्ष पुरानो इतिहास रहेको यहाँको एक मन्दिरको जीर्णोद्धार गरिएको छ। स्याङ्जाको बिरुवा गाउँपालिका–४ मड्किना गुफास्थित शिवजी मन्दिर तथा श्री १००८ चम्पा गिरी जन्म आश्रमको जीर्णोद्धार गरिएको हो। 
Weather Update