पर्यटक लोभ्याउदै ढोरपाटनको ‘बुकी’बिहीबार, साउन ३१, २०८१

लाेप हुँदै मनाङको मौलिकता बिहीबार, साउन ३१, २०८१ ‘पहिले सल्लाका फट्टाले छाएर माथिबाट माटो राखेर घर बनाइन्थ्यो। सल्लाका सर्लक्क परेको फट्टाले छाइन्थ्यो। अहिले देख्न पनि मुस्किल हुन थाल्यो,’ मनाङ ङिस्याङ गाउँपालिका–१ पिसाङका ८१ वर्षीय याङ्दुङ गुरुङले विगत सम्झिँदै भने। जङ्गलमा गएर सल्लाका रुख काटी फल्याक बनाएर घर बनाइने प्रचलन हराउन थालेको उनी बताउँछन्।

भोजपुरका किसान बङ्गुरपालनतर्फ आकर्षित बिहीबार, साउन ३१, २०८१ भोजपुर नगरपालिका–१२ भदौरेका खेसराज सुवेदीले २०७५ सालमा फार्म दर्ता गरी १६ लाख रुपैयाँ खर्चेर १० माउ पोथी र एउटा भाले बङ्गुरबाट व्यावसायिक रूपमा सुरु गरेको बङ्गुरपालनले प्रारम्भमा प्रतिफल नदिए पनि कालान्तरमा मुनाफा आर्जन गराएको बताए।

‘जहाँको दूध बिक्री नै हुँदैन’ बुधबार, साउन ३०, २०८१ कालीकोट जिल्लाको नरहरिनाथ गाउँपालिकामा एक घर एक अनिवार्य गाईभैँसी पाल्ने चलन बिस्तारै सुरु हुन थालेको छ। परम्परादेखि नै एउटा घरमा एउटा गाई वा भैँसी अनिवार्य पाल्ने गरिएकामा बीचमा अन्य पेसा व्यवसायतर्फ लागेका किसानलाई पुनः पशुपालनतर्फ आकर्षित गर्न खोजिएको छ।

‘डेङ्गुलाई सामान्यरूपले नसोचौँ’ बुधबार, साउन ३०, २०८१ स्वास्थ्य सेवा विभाग, इपिडिमियोलोजी तथा सरुवा रोग नियन्त्रण महाशाखाका अनुसार गत वर्ष नेपालमा डेङ्गु सङ्क्रमणबाट २० जनाको मृत्यु भएको थियो। यस वर्षपनि गत असारयता डेङ्गु सङ्क्रमण बढ्दै गएको छ। ७३ जिल्लामा डेङ्गुको सङ्क्रमण फैलिएको महाशाखाले जनाएको छ। गण्डकी प्रदेशका जिल्ला पनि यसबाट अछूतो छैनन्। तनहुँ, कास्कीलगायत जिल्ला डेङ्गु सङ्क्रमणबाट बढी...

कालिकोटका किसानले प्रतिकिलो ५० रुपैयाँमा स्याउ बेच्दै बुधबार, साउन ३०, २०८१ जिल्लामा सबैभन्दा बढी स्याउ उत्पादन हुने तिलागुफा नगरपालिका र रास्कोट नगरपालिकाका किसान स्याउ टिप्न व्यस्त हुन थालेका तिलागुफा–१ का रजबहादुर बुढाले बताए। 'नगरपालिकाले साउन २० गतेदेखि स्याउ टिप्न किसानलाई आग्रह गरेको थियो,' उनले भने, 'अहिले बारीमा नै प्रतिकिलो रु ५० मा बिक्री भइरहेको छ।'

सिस्नोको पाउडर र गुन्द्रुकले बजार पाएन बुधबार, साउन ३०, २०८१ बागलुङको जैमिनी नगरपालिका–३ दमेकका महिला उद्यमीले उत्पादन गरेको सिस्नोको पाउडर, बाँकोको गुन्द्रुक, आलु चिप्सलगायतका उत्पादनले बजार नपाएपछि निराश बनेका छन्। रुद्रताल सामाजिक महिला सहकारी संस्थामार्फत गत वर्षदेखि उत्पादन सुरु गरेका महिलाहरुको उत्पादित सामग्रीले बजार नपाएपछि उनीहरु निराश भएका हुन्।

गुल्मीको रेसुङ्गा र मदानेमा भेटिए नयाँ प्रजातिका ८ चरा बुधबार, साउन ३०, २०८१ रेसुङ्गा र मदाने वन संरक्षित क्षेत्रमा आठ प्रकारका नयाँ प्रजातिका चरा फेला परेका छन्। नेपाल पक्षी संरक्षण सङ्घले गरेको सर्वेक्षणअनुसार मदाने र रेसुङ्गा संरक्षित वन क्षेत्रमा ती चरा फेलापरेका सङ्घका परियोजना अधिकृत भरत पन्थीले जानकारी दिए।

२५ मेगावाटको सेती जलविद्युत् आयोजना सम्पन्न : परीक्षण उत्पादन सुरु हुँदै मंगलबार, साउन २९, २०८१ २५ मेगावाट क्षमताको सेती नदी जलविद्युत् आयोजना निर्माण सम्पन्न भएको छ। कास्कीको माछापुच्छ्रे गाउँपालिका–२ सार्दिखोलामा आयोजनाको निर्माण सकिएर परीक्षण सुरु भएको हो।

मङ्गलग्रहमा पानी भएको पुष्टि मंगलबार, साउन २९, २०८१ हालै मङ्गलग्रहको चट्टानको गहिराइमा तरल पानीको भण्डार भेटिएको वैज्ञानिकहरूले पुष्टि गरेका हुन्। मङ्गलग्रहको चट्टानी बाहिरी क्रस्टको गहिराइमा वैज्ञानिकहरूले पानीको भण्डार फेला पारेका हुन्।

व्यावसायिक बाख्रापालनतर्फ किसानको आकर्षण मंगलबार, साउन २९, २०८१ पछिल्ला वर्षहरूमा पशुपालनका क्षेत्रमा गाईभैँसी पाल्ने किसानको सङ्ख्या घट्दै गए पनि बाख्रा पाल्नेको सङ्ख्या भने बढ्दै गएको छ। पशुपालनका क्षेत्रमा धेरै मेहनत र परिश्रम गर्नुपर्ने भएकाले त्यो क्षेत्रभन्दा कम मेहनत लाग्ने बाख्रापालनतर्फ किसानको आकर्षण बढेको देखिएको केन्द्रका प्रमुख गुरागाइँले बताए।

सुमेरु सहकारीको स्वामित्व लिएका राजबहादुर सिंहले निजी सम्पत्तिबाट बचतकर्ताको रकम फिर्ता गर्ने सोमबार, साउन २८, २०८१ सहकारी संस्था बचत दुरुपयोग सम्बन्धमा गठित संसदीय छानबिन विशेष समितिले पूर्वराजा ज्ञानेन्द्र शाहका ज्वाइँ राजबहादुर सिंहसँग बयान लिएको छ।ललितपुर पुल्चोकको सुमेरु बचत तथा ऋण सहकारी संस्थाको स्वामित्व लिन लागेको बारेमा समितिले सोमबार सिंहलाई सिंहदरबार बोलाएर बयान लिएको हो।

कैलालीका नदीमा पुगे डल्फिन आइतबार, साउन २७, २०८१ कैलालीका नदीमा पानीको सतह बढेपछि डल्फिन देखिन थालेका छन्। जिल्लाको टीकापुर नगरपालिका–६, ७, ८ र भजनी नगरपालिका–३, ५, ७, ८ का नदि तटीय क्षेत्रमा डल्फिन देखिन थालेका डल्फिन संरक्षण केन्द्रका सचिव विजयराज श्रेष्ठले जानकारी दिए।