कञ्चनपुरमा भएको अति भारी वर्षाका कारण ‘तराई क्लाउडब्रष्ट’मंगलबार, साउन २२, २०८१

को हुन् बंगलादेशमा शेख हसिनालाई सत्ताच्यूत गराएका तीन विद्यार्थी नेता ? मंगलबार, साउन २२, २०८१ बंगलादेशमा निर्वाचित सरकारको पतन र शेख हसिना देश छोडेर भारतको शरणमा गएको विषय अहिले विश्वभर चर्चामा रहेको छ। सोमबार प्रधानमन्त्री पदबाट राजीनामा दिएपछि हसिना हेलिकप्टरमा भारत पुगेकी छन् र उनी भारतबाट अन्य देशमा जाने तयारीमा रहेको मिडिया रिपोर्टमा उल्लेख।

शेख हसिनाको राजनीतिक उदयदेखि पतनसम्म मंगलबार, साउन २२, २०८१ बंगलादेशमा शेख हसिना नेतृत्वको सरकारविरुद्धको आन्दोलनकोबीचमा भड्किएको प्रदर्शन केही समयमै हिंसामा परिणत भएको छ। जसको असर हसिनाले सोमबार नै आफ्नो पदबाट राजीनामा दिएर देश नै छोड्नुपर्ने अवस्था सिर्जना भयो।हसिनाले देश छोडेर भारत आएकी छन्। अर्कोतर्फ बंगलादेशको सेनाले देशमा जतिसक्दो चाँडो शान्ति स्थापना गरी अन्तरिम सरकार गठन गर्न जोड दिएको...

‘गाउँको शिरमा भीर छ, त्यही भीर कतिबेला खस्ने हो राम्चेगाउँवासीलाई पिर छ’ मंगलबार, साउन २२, २०८१ बर्दघाट सुस्तापूर्वको हुप्सेकोट गाउँपालिका–५ राम्चेमा बस्दै आएका ८० वर्षीय जयबहादुर चितौरेलाई पछिल्लो समय पहिरोले गाउँ नै लैजाने हो कि भन्ने चिन्ताले सताउने गरेको छ। बाजेको पालादेखि राम्चेगाउँमा बस्दै आएका उनलाई बर्सेनि पहिरोले बस्ती क्षेत्रको जमिन कटान गर्दै लगेकाले कुनै दिन गाउँ नै पहिरोले निल्ने हो कि भन्ने त्रासले रात कटाउन...

पानी नपर्दा रोपोमै सुक्न थाले धान सोमबार, साउन २१, २०८१ बराहक्षेत्रस्थित श्रीलङ्का टप्पुमा धानबाली रोपोमै सुक्न थालेको छ। आकाशे पानीको भर पर्नुपर्ने बराहक्षेत्र नगरपालिका–६ श्रीलङ्का टप्पुका चिलैया र गरैया क्षेत्रका किसानका धानबाली रोपोमै सुक्न थालेको स्थानीय कृषक सन्तोष चन्द्रवंशीले बताए।

फास्ट ट्र्याक अन्तर्गत धेद्रे सुरुङको दुवैतर्फ ‘ब्रेक थ्रु’ सोमबार, साउन २१, २०८१ प्रधानमन्त्री केपी शर्मा ओलीले राष्ट्रिय गौरव एवं रणनीतिक महत्वको काठमाडौं–तराई–मधेस द्रुतमार्ग (फास्ट ट्र्याक) सडक आयोजना अन्तर्गत घट्टेपाँखा–धेद्रे सुरुङको स्वीच थिचेर ‘ब्रेक थ्रु’ गरेका छन्।

मुलुकभर ३४ हजार २६७ किमि सडक विस्तार सोमबार, साउन २१, २०८१ भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयअन्तर्गत सडक विभागका महानिर्देशक रामहरि पोखरेलले आर्थिक वर्ष २०८०–८१ को फागुन मसान्तसम्म १८ हजार २४१ किलोमिटर कालोपत्र, ७ हजार ६ सय ९७ किलोमिटर ग्राभेल र ८ हजार ३२९ किलोमिटर कच्ची सडक विस्तार भएको बताए।

परीक्षा सकिएको चार दिनमै त्रिविको नतिजा सोमबार, साउन २१, २०८१ त्रिभुवन विश्वविद्यालयले परीक्षा सम्पन्न भएको चार दिनमै नतिजा प्रकाशन गरेको छ।

पर्यटक लोभ्याउन ‘परेवा जोडी’ आइतबार, साउन २०, २०८१ पर्यटकलाई आकर्षित गर्ने उद्देश्यले गत आर्थिक वर्षमा सात लाख रुपैयाँको लागतमा परेवा जोडीको प्रतीक निर्माण गरिएको वडाध्यक्ष नवीनकुमार श्रेष्ठले जानकारी दिए। उक्त स्थानलाई पार्क र पिकनिक स्थलका रूपमा विकास गर्दै आकर्षक पर्यटकीय गन्तव्य बनाउने योजनाअनुरूप पूर्वाधार निर्माणका काम भइरहेको पनि उनले बताए।

बाँझो जग्गामा फलफूल खेती गरेर मनग्गे आम्दानी आइतबार, साउन २०, २०८१ बाँझो रहेका जग्गाको सदुपयोग गर्दै भोजपुरका कृषक फलफूल खेतीमा जुट्न थालेका छन्।वर्षौँदेखि बाँझो रहेको खेतीयोग्य जमिनमा लगाएको फलफूल खेतीबाट पर्याप्त आम्दानी हुन थालेपछी कृषक उत्साहित भएका छन्।

मलेसियाबाट फर्केर खड्गबहादुरले अकबरे खुर्सानी खेती गरे, वर्षको कमाउँछन् १५ लाख आइतबार, साउन २०, २०८१ माङसेबुङ गाउँपालिका–२ का खड्गबहादुर कार्कीलाई घरखर्च टार्न अरुको मुख ताक्नुपरेको छैन। आफ्नै बारीमा गरेको व्यावसायिक अकबरेखेतीबाट घरखर्च चलेको छ। मलेसियाको रोजगारीबाट फर्केर दुई वर्षअघि ‘बताहा कृषि तथा नर्सरी फार्म’ दर्ता गरी व्यावसायिक रूपमा अकबरेखेती सुरु गरेका कार्कीले वार्षिक १५ लाख आम्दानी गर्दै आएका हुन्।

बिरुवा रोपेको एक वर्षमै स्याउ फलेपछि किसान उत्साहित आइतबार, साउन २०, २०८१ निसीखोला गाउँपालिका–२ अर्नाकोटका स्थानीयले व्यावसायिक स्याउखेती गर्न थालेका छन्। समुद्री सतहबाट करिब दुई हजार मिटर उचाइमा रहेको बागलुङ अर्नाकोटमा तीन वर्ष अगाडि परीक्षणका लागि लगाइएको स्याउ फुलेपछी व्यावसायिक खेती गर्न थालिएको हो।

के हो आत्मविश्वासको मनोविज्ञान ? शनिबार, साउन १९, २०८१ विश्वसनीयता- राम्रो सामाजिक सम्बन्ध, सामाजिक स्वीकृति र विश्वसनीयताको लागि आत्मविश्वास धेरै महत्त्वपूर्ण हुन्छ। यदि कुनै व्यक्तिले लामो समयसम्म विभिन्न अवसरमा आत्मविश्वास देखाउछ भने घर, अफिस, समाज र सम्बन्धमा उसको बारेमा भावना निर्माण हुन्छ कि यो काम यो व्यक्तिले गर्न सक्छ, उनलाई विश्वास गर्न सकिन्छ।