कर्णालीमा २३ हजार मेट्रिक खाद्यान्न अपुगशनिबार, साउन २६, २०८१

सोलुमा ‘ट्राभल हिस्ट्री’ नभएका व्यक्तिमा डेङ्गु सङ्क्रमण पुष्टि शुक्रबार, साउन २५, २०८१ सोलुखुम्बु सदरमुकाम सल्लेरीका पसी शेर्पा विगतमा लामखुट्टेबाट सार्ने रोगको जोखिममा परेका छैनन्। उनलाई लामखुट्टेको टोकाइबाट रोग लाग्छ र सर्दछ भन्ने जानकारीसम्म छैन। तर, पछिल्लो दुई वर्षदेखि सल्लेरीमै लामखुट्टेबाट सार्ने रोगको जोखिम बढ्न थालेपछी उनी चिन्तित हुन्छन्। उनले भने, ‘म गाउँ छोडेर अन्यत्र गएको छैन। पछिल्ला वर्षमा लामखुट्टे देखिन थालेको छ।’

माछापालनप्रति किसानको आकर्षण बढ्दो शुक्रबार, साउन २५, २०८१ सरकारले माछापालन गर्न सिफारिस गरेका रोहु, नैनी, सिल्भर कार्प, कमल कार्प, ग्रास कार्प, विवेक कार्प, भागगोर र वडगासी जातका माछा यहाँ उत्पादन गर्ने गरिएको छ। कावासोती, देवचुली र मध्यविन्दु नगरपालिकाको तीन सय हेक्टर क्षेत्रफलमा व्यावसायिकरुपमा कृषि उत्पादन केन्द्र माछा ब्लक कार्यक्रमअन्तर्गत नयाँ पोखरी निर्माण गरी माछापालन गर्न कार्यालयले प्रोत्साहन गरेको...

रुस युक्रेन युद्ध : युक्रेनले आफ्नो अग्रपङ्क्तिमा रोबोट कुकुर परिचालन गर्ने बिहीबार, साउन २४, २०८१ युक्रेनले चाँडै नै रुसी खाडलहरूमा जासुसी गर्ने वा बारुदी सुरुङ पत्ता लगाउने जस्ता खतरनाक मिसनका लागि सैनिकहरूको स्थानमा रोबोट कुकुरहरूलाई आफ्नो अग्रिम पङ्क्तिमा परिचालन गर्न सक्छ।

हाम्रो आकाश सुरक्षित छैनः सञ्चारमन्त्री गुरुङ बिहीबार, साउन २४, २०८१ उनले निरन्तर हवाई दुर्घटनाले पर्यटन क्षेत्रमा नकारात्मक धक्का पुगेको भन्दै यसले अन्तर्राष्ट्रियस्तरमा पनि मुलुकको छविमा आँच आउने अवस्था आएको उल्लेख गरे। यही साउन २३ गते बसेको मन्त्रिपरिषद् बैठकले नुवाकोट जिल्लामा भएको हेलिकप्टर दुर्घनाबारे जाँच आयोग गठन गर्ने निर्णय गरेको मन्त्री गुरुङले जानकारी दिए।

डेडिकेटेड र ट्रङ्क लाइन प्रयोग गरेका यी चार उद्योगले बुझाए बक्यौता बिहीबार, साउन २४, २०८१ डेडिकेटेड तथा ट्रङ्क लाइन प्रयोग गरेका भैरहवा क्षेत्रका चार उद्योगले बक्यौता बुझाएका छन्। केही दिनअघि दुई उद्योगले बक्यौता बुझाएका थिए। आज थप दुई उद्योगले बक्यौता बुझाएका हुन्।

हवाई सुरक्षा सुधारबारे छानबिन समिति गठन गर्न संसदीय समितिको निर्देशन बिहीबार, साउन २४, २०८१ समितिले यसअघि हवाई दुर्घटना, सुरक्षा र नियमनसँग सम्बन्धित मन्त्रालयद्वारा गठित छानविन समिति एवं कार्यदल मार्फत पेस भएका अध्ययन अनुसन्धानमूलक प्रतिवेदनहरू के कुन अवस्थामा रहेका छन् भन्नेबारे जानकारी सहितको विवरण समितिलाई यथाशीघ्र उपलब्ध गराउन समेत निर्देशन दिएको छ।

सांसद सुनिल शर्माको मुद्दा टुङ्गियो बिहीबार, साउन २४, २०८१ प्रतिनिधि सभा सदस्य सुनिल शर्माविरुद्ध नक्कली प्रमाणपत्रको विषयमा मुद्दा अब नचल्ने गरी टुङ्गो लागेको छ।महान्यायाधिवक्ता रमेश बडालले मुद्दा नचलाउने जिल्ला सरकारी वकिल कार्यालय काठमाडौंको टिप्पणीलाई सदर गरेसँगै उनीविरुद्ध अनुसन्धान र मुद्दा दायर नहुने निश्चित भएको हो।

धौलागिरि आइसफल पदमार्गका ताल तलैया ओझेलमा बिहीबार, साउन २४, २०८१ धौलागिरि आइसफल पदमार्गअन्तर्गत कालीबराह ताल अर्को आकर्षण मानिन्छ। वरिपरी हिमाली भूभागले ढाकिएको कालीबराह ताल समुद्री सतहदेखि चार हजार तीन सय मिटर उचाइमा अवस्थित छ। अधिकांश समय हिउँले ढाकिने यो क्षेत्र बर्खायाममा बुकी फूलले रमणीय देखिन्छ।
-1723085616.jpg)
अनुभवी पाइलट थिए अरुण, दुर्घटनाबारे अधिकारीहरू नै आश्चर्यमा बिहीबार, साउन २४, २०८१ चिनियाँ नागरिकलाई स्याफ्रुबेंसी छाडेर त्यहाँबाट अमेरिकी नागरिकलाई काठमाडौं ल्याउने योजना थियो। तर विडम्बना हेलिकप्टर उडान भरेको तीन मिनेटपछि सम्पर्कविहीन भएको थियो। दिउँसो २ः१४ बजे नुवाकोटको शिवपुरीस्थित सूर्यचौर क्षेत्रमा हेलिकप्टर दुर्घटनाग्रस्त अवस्थामा फेला पर्यो। सवार पाँचै जनाको ज्यान गयो।

एअर डाइनेस्टीको हेलिकप्टर दुर्घटना : जन्मथलो फर्किने पाइलट मल्लको योजना अधुरै बुधबार, साउन २३, २०८१ नुवाकोटमा बुधबार दुर्घटना भएको एअर डाइनेस्टीको ९एन–एजेडी हेलिकप्टरका पाइलट अरुण मल्लको जन्मथलो म्याग्दीको रघुगङ्गा गाउँपालिका–२ भगवती हो। पछिल्लो पटक गत चैतमा भगवती गएका मल्लले आफन्त र छिमेकीहरूसँग जन्मथलो फर्किएर सेवानिवृत जीवन बिताउने योजना सुनाएका थिए।

लमजुङ कारागारमा अनियमितता भएको कैदीबन्दीको गुनासो मंगलबार, साउन २२, २०८१ जिल्ला कारागारमा आर्थिक अनियमितता र बेथिति भोग्नु परेको कैदीबन्दीले गुनासो गरेका छन्। कारागारमा आर्थिक अनियमितता, आन्तरिक मूल्यवृद्धि र मनोमानी हुने गरेको गुनासो कैदीबन्दीले गरेका हुन्।

छाला उद्योगको दुर्गन्धले बिरामी हुन थालेपछी स्थानीय आन्दोलित मंगलबार, साउन २२, २०८१ दुहबी नगरपालिका–६ मा सञ्चालित दुईवटा छाला उद्योगबाट निस्कने दुर्गन्धले बिरामी पर्न थालेपछी स्थानीय आन्दोलित बनेका छन्।