
बेनी–जोमसोम यात्रामा मन लोभ्याउने झरनाहरू सोमबार, भदौ १७, २०८१ सडक मार्ग भएर मुस्ताङ भ्रमणमा जाने पर्यटकले म्याग्दी खण्डमा कच्ची र अप्ठ्यारो सडक छिचोल्नुपर्छ।म्याग्दीको बेनीदेखि मुस्ताङको घाँसा नपुग्दासम्म करिब ४५ किलोमिटर सडक पूर्णरुपमा स्तरोन्नति भइसकेको छैन।

मुगुमा फुजी स्याउको व्यावसायिक उत्पादन सुरु आइतबार, भदौ १६, २०८१ प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजनाले दुई वर्षअघि छायानाथ रारा नगरपालिका–५ र ४ का किसानलाई ‘फुजी गाभा’ जातका स्याउका बिरुवा वितरण गरेको थियो। उक्त जातका स्याउ उत्पादनका लागि मुगुको हावापानी उपयुक्त भएकाले बिरुवासहित अन्य आवश्यकीय पूर्वाधार, औजार, प्राविधिक सहयोग गरिएको परियोजना, कार्यान्वयन इकाई कार्यालय मुगुका प्रमुख तेज विक्रम मल्लले बताए।

जापानमा एक्लोपनको डरलाग्दो रिपोर्ट: ६ महिनामा ३७ हजारको मृत्यु आइतबार, भदौ १६, २०८१ यस वर्षको सुरुमा, जापानिज राष्ट्रिय जनसङ्ख्या र सामाजिक सुरक्षा अनुसन्धान संस्थानले भनेको थियो, 'देशमा ६५ वर्ष र माथिका नागरिकहरूको सङ्ख्या २०५० सम्ममा १०.८ मिलियन पुग्न सक्छ।'

१० दिनमा सडक निर्माणको सम्झौता सकिँदै काम भने २० प्रतिशतमात्रै आइतबार, भदौ १६, २०८१ बाँकेमा निर्माणाधीन परसपुर–गौघाट सडक निर्माणमा ढिलाइ हुँदा सर्वसाधारणलाई आवतजावतमा सास्ती भएको छ। यही भदौ २५ गते सडक निर्माणको सम्झौता सकिँदैछ।

स्वामित्व हस्तान्तरण नहुँदा ‘धनगढी सभागृह’ प्रयोगविहीन आइतबार, भदौ १६, २०८१ धनगढी उपमहानगरपालिका–८ धनगढीगाउँमा निर्माण गरिएको ‘धनगढी सभागृह’ स्वामित्व हस्तान्तरण नहुँदा प्रयोगविहीन बनेको छ। शहरी विकास मन्त्रालयअन्तर्गत सङ्घीय आयोजना कार्यान्वयन एकाइ धनगढीमार्फत निर्माण गरिएको सो सभागृहको स्वामित्व हस्तान्तरण नहुँदा प्रयोगविहीन भएको हो।

ढोरपाटन शिकार आरक्षको १८५ हेक्टर जमिन अतिक्रमण शनिबार, भदौ १५, २०८१ पूर्वी रुकुम, बागलुङ र म्याग्दी जिल्लामा फैलिएको ढोरपाटन शिकार आरक्षको करिब दुई सय हेक्टर सार्वजनिक जमिन अतिक्रमण भएको छ। १ हजार ३२५ वर्ग किलोमिटर क्षेत्रफलमा फैलिएको ढोरपाटन शिकार आरक्षको ६० प्रतिशत पूर्वी रुकुम, २६ प्रतिशत बागलुङ र १४ प्रतिशत भूगोल म्याग्दीमा पर्छ।

राजमार्गको दुरावस्थाले हेलिकप्टर प्रयोग गर्न बाध्य धादिङका बिरामी शनिबार, भदौ १५, २०८१ पृथ्वी राजमार्ग हुँदै धादिङबेँसीबाट काठमाडौं पुग्न हिजोआज एम्बुलेन्सलाई पनि कम्तीमा चार घण्टा लाग्छ। पृथ्वी राजमार्गको यो दुरावस्थाले गर्दा धादिङ अस्पताल आइपुगेका बिरामी हेलिकप्टर प्रयोग गर्न बाध्य भएका छन्। शुक्रबार दिउँसो नीलकण्ठ नगरपालिका–३ की तीन दिनकी सुत्केरी भावना रिजाललाई हेलिकप्टरको प्रयोग गरेर काठमाडौं पुर्याइएको छ।

वित्तिय अनुसन्धान ब्युरो गठन गरिने शुक्रबार, भदौ १४, २०८१ गृहमन्त्री रमेश लेखकले वित्तिय अपराध अनुसन्धानलाई थप विशिष्टीकृत रुपमा अनुसन्धान गर्न ‘वित्तिय अनुसन्धान ब्युरो’ गठन गर्ने बताएका छन्। सिंहदरबारस्थित गृहमन्त्रालयमा आज सञ्चारकर्मीहरूसँग गृहमन्त्री लेखकले पछिल्ला दिनमा वित्तिय अपराध बढ्दो क्रममा रहेकाले त्यसको अनुसन्धानका लागि छुट्टै ब्युरो गठन गरिने बताएका हुन्।

राष्ट्रपतिलाई सर्वसाधारणले के दिए सुझाव? शुक्रबार, भदौ १४, २०८१ राष्ट्रपति रामचन्द्र पौडेललाई सर्वसाधारणले गैरजिम्मेवारीपन बढेको भन्दै अविभावकत्व लिन सुझाव दिएका छन्। धेरै नागरिक लडेर ल्याएको सङ्घीय लोकतान्त्रिक गणतन्त्र नेताहरूको गैरजिम्मेवारीका कारण सङ्कटमा पर्न लागेको भन्दै उनीहरूले अविभावकत्व लिन आग्रह गरेका हुन्।

भ्रष्टाचार विधेयकबाट हटाइयो पाँच वर्षे हदम्याद शुक्रबार, भदौ १४, २०८१ भ्रष्टाचार निवारण ऐन, २०५९ लाई संशोधन गर्न बनेको विधेयकबाट भ्रष्टाचारको अनुसन्धानका लागि प्रस्तावित पाँच वर्षे हदम्यादको प्रावधान हटाइएको छ।

अझै सञ्चालनमा आएन रातोढुुङ्गा सबस्टेशन शुक्रबार, भदौ १४, २०८१ पर्वतको जलजला गाउँपालिका–४ मोहनचोकबाट म्याग्दीको मालिका गाउँपालिका–६ रातोढुङ्गा जोड्ने २२ किलोमिटर दूरीको प्रसारण लाइन र रातोढुङ्गामा निर्माण भएको ३३-११ केभी क्षमताको सबस्टेशन सञ्चालनमा ल्याउन ढिलाइ भएको हो।

६८ लाखमा बनेको ‘भ्यूटावर’ प्रयोगविहीन शुक्रबार, भदौ १४, २०८१ बर्दघाट सुस्तापूर्वको कावासोतीमा ६८ लाख रुपैयाँको लागतमा निर्माण सम्पन्न भएको दृश्यावलोकन स्थल (भ्यूटावर) बेवारिसे बनेको छ। कावासोती नगरपालिका–१ बालुवाडाँडामा ६८ लाख लगानीमा ६० फिट अग्लो टावर निर्माण गरिएको थियो।