बागलुङको मस गाउँमा एक वर्षमै फल्यो विदेशी स्याउसोमबार, भदौ २४, २०८१

डाँडाखेत–राहुघाट प्रसारण लाइन आयोजनाः सकिनुपर्ने समयमा आधा काम सोमबार, भदौ २४, २०८१ नेपाल विद्युत् प्राधिकरणद्वारा म्याग्दीमा निर्माणाधीन एक सय ३२ केभी क्षमताको डाँडाखेत–राहुघाट प्रसारण लाइन आयोजनाको निर्माण सकिनुपर्ने अवधिमा ५० प्रतिशत भौतिक प्रगति भएको ।निर्धारित ३० महिनामा काम सम्पन्न नभएपछि ठेकेदार भारतीय कम्पनी लार्सन एण्ड टियुब्रो (एलएनटी)सँगको सम्झौताको म्याद १५ महिना थपिएको छ।

कांग्रेस लुम्बिनी प्रदेश सांसद डीबी केसी कारागार चलान आइतबार, भदौ २३, २०८१ रुकुम पूर्वका प्रमुख जिल्ला अधिकारी माधवप्रसाद शर्माले प्रदेश सांसद केसी आफै अदालतमा उपस्थित भएको जानकारी दिए। रुकुम पूर्वका प्रहरी प्रमुख डीएसपी माधव खरेलले प्रदेश सांसद केसीलाई अदालतले तोकिएको सजाय भुक्तान गर्न कारागार चलान गरिएको बताए।

पूर्व अनुमतिबिना प्रहरी कर्मचारीलाई बाहिरी भेटघाट गर्न रोक आइतबार, भदौ २३, २०८१ प्रहरी प्रधान कार्यालयले आइतबार आन्तरिक परिपत्र गरी तालुक कार्यालयको स्वीकृतिविना कसैले अमुक व्यक्ति तथा शक्ति केन्द्रसँग भेट गर्न नपाउने व्यवस्था गरेको हो । प्रहरी प्रधान कार्यालयबाट जारी परिपत्र उल्लङ्घन गरी अनुमतिबिना भेटघाट गर्ने कर्मचारीलाई अभिलेखमा जनिने गरी हदैसम्मको विभागीय कारबाही गर्ने चेतावनी पनि दिइएको छ ।

पोखरा आसपासमा गिद्धको सङ्ख्या २२ प्रतिशतले बढ्यो आइतबार, भदौ २३, २०८१ गत वर्षको तुलनामा पोखरा आसपासका क्षेत्रमा गिद्धको सङ्ख्या करिब २२ प्रतिशतले बढेको छ । अन्तर्राष्ट्रिय गिद्ध संरक्षण दिवसका अवसरमा गरिएको गणनामा गिद्धको सङ्ख्या करिब २२ प्रतिशतले बढेको पाइएको हो ।

मुस्लिम समुदायका जुम्ल्याहा छोराले पाउँदैछन् एमबीबीएसको छात्रवृत्ति आइतबार, भदौ २३, २०८१ पर्साको पकाहाँमैनपुर गाउँपालिका–४ लाहावरथकरी स्थायी घर भई हाल श्रीपुर वीरगञ्जमा बसोबास गर्ने फिरोज राकीको परिवारमा गत शुक्रबारदेखि छुट्टै खुसी छाएको छ । उनका जुम्ल्याहा छोरा नसिम राकी र असिम राकीले चिकित्सा शिक्षा स्नातक तह (एमबीबीएस)को प्रवेश परीक्षामा छात्रवृत्तिका लागि योग्य भएसँगै परिवारमा एकसाथ हर्ष र खुसी छाएको हो ।

हिमताल ‘काल’ बन्ने जोखिम आइतबार, भदौ २३, २०८१ गत वैशाखयता मुस्ताङ, गोरखा र सोलुखुम्बुमा हिमपहिरोका घटना भए । मुस्ताङको थासाङ गाउँपालिका–२ स्थित धवलागिरि हिमालको फेदबाट यही भदौ ७ र ११ गते हिमपहिरो खस्यो ।

चिलिमे–त्रिशूली २२० केभी प्रसारण लाइन निर्माण अन्तिम चरणमा आइतबार, भदौ २३, २०८१ रसुवागढी र सान्जेन जलविद्युत् आयोजनाबाट उत्पादन हुने विद्युत् केन्द्रीय प्रसारण लाइनमा जोडिने चिलिमे–त्रिशूली २२० केभी प्रसारण लाइनको निर्माण अन्तिम चरणमा पुगेको छ।त्रिशूली नदी र त्यसका सहायक खोलाहरूमा निर्माणाधीन तथा निर्माण हुने जलविद्युत् आयोजनाहरूबाट उत्पादित विद्युत् राष्ट्रिय प्रणालीमा प्रवाह हुने उक्त प्रसारण लाइनको निर्माण अन्तिम चरणमा पुगेको छ।

साक्षरता दिवस: १० अर्ब खर्च हुँदा पनि अवस्था उस्तै आइतबार, भदौ २३, २०८१ नेपालमा साक्षरता दिवस मनाउन थालेको ५८ वर्ष पुगेको छ। बहुभाषिक शिक्षाको प्रवर्द्धनः पारस्परिक समझदारी र शान्तिका लागि साक्षरता’ नाराका साथ आज ५८ औँ अन्तर्राष्ट्रिय साक्षरता दिवस मनाइँदै छ।

पाहुनाको पर्खाइमा मुस्ताङको स्याङगाउँ आइतबार, भदौ २३, २०८१ कालीगण्डकी नदी किनारको बगरमा हराभरा स्याउ बगैँचा। डाँडामाथि माटोका छाना भएका परम्परागत घरहरू। बीचमा सडक। भित्तातर्फ सुक्खा पहाडमाथि हरियाली वनजङ्गल। झुरुप्पको बाक्लो बस्तीभित्र ढुङ्गा बिछ्याएका सफासुग्घर गल्लीहरू।

८६ हजार निजामती कर्मचारीमध्ये भेटिएनन् एकजना पनि ‘सर्वोत्कृष्ट’ शनिबार, भदौ २२, २०८१ निजामती सेवाका ८६ हजार कर्मचारी रहँदा पनि सरकारले एकजना पनि सर्वोत्कृष्ट भेट्न नसकेको हो। योग्य र सक्षम कर्मचारी नभेटेपछि सर्वोत्कृष्ट निजामती सेवा पुरस्कार यो वर्ष पनि कसैलाई नदिइएको स्रोतले जनाएको छ।

मुस्ताङमा वन्यजन्तुसँगै रमाउन थाले पर्यटक शनिबार, भदौ २२, २०८१ मुस्ताङ भन्ने बित्तिकै धेरैले मुक्तिनाथ मन्दिर, कागबेनी, दामोदरकुण्ड, लोमान्थाङ, जोमसोम, लेते, मार्फालगायत स्थान, तालतलैया, हिमाल, मौलिक कला, संस्कृति र अनि पृथक भूगोलको दृश्यको कल्पना गर्दछन् ।

सौर्य एअरलाइन्स दुर्घटना: प्रतिवेदनले के देखायो? शुक्रबार, भदौ २१, २०८१ सौर्य एअरलाइन्सको जहाज दुर्घटना जाँच आयोगले हवाई दुर्घटना रोक्न तत्काल ३ वटा काम गर्न सुझाव दिएको छ। सौर्य एयरलाइन्स दुर्घटनापछि गठित रतिसचन्द्रलाल सुमन अध्यक्ष रहेको जाँचबुझ आयोगले आन्तरिक उडान सुरक्षाका लागि ३ सुझाव दिएको हो।