News Griha :: न्यूजगृह
के छ पर्यटक बढाउने सरकारी योजना?
के छ पर्यटक बढाउने सरकारी योजना?  सन् २०२४ को आठ महिनामा सात लाखभन्दा बढी विदेशी पर्यटक नेपाल भित्रिएका छन् । नेपाल पर्यटन बोर्डको तथ्याङ्कअनुसार वर्षको जनवरीदेखि अगस्ट महिनासम्म सात लाख २० हजार तीन सय ३४ पर्यटकले नेपाल भ्रमण गरेका हुन् ।  
ऊन बिक्री नहुँदा भेडापालक किसान चिन्तामा
ऊन बिक्री नहुँदा भेडापालक किसान चिन्तामा  व्यावसायिक भेडापालनमा लागेका भोजपुरका किसान ऊन बिक्री नभएपछि चिन्तामा परेका छन्। किसानको राम्रो आम्दानीको स्रोतका रूपमा रहेको ऊन बिक्री नभएपछि उनीहरू चिन्तामा परेका हुन्।
महासागरमा डुबेको टाइटानिक जहाजको रेलिङ भाँचियो
महासागरमा डुबेको टाइटानिक जहाजको रेलिङ भाँचियो जहाजको रेलिङको १५ फिट भाग फुटेर समुन्द्री तलामा खसेको बताइएको छ। जहाजको स्वामित्वमा रहेको कम्पनी आरएमएस टाइटानिक इन्कले पोर्ट साइड रेलिङमा ४ दशमलव ६ मिटर अर्थात करिब १५ फिटको खाडल रहेको जनाएको छ। जहाजमा रहेको सामान फिर्ता गर्ने अधिकार आरएमएस टाइटानिकसँग मात्र छ।
अस्वस्थ जीवनशैलीका कारण बढ्दै नसर्ने रोग, वार्षिक चार करोडको मृत्यु
अस्वस्थ जीवनशैलीका कारण बढ्दै नसर्ने रोग, वार्षिक चार करोडको मृत्यु  विश्वव्यापिकरण, शहरीकरण, जनसङ्ख्या वृद्धि तथा जीवनशैलीमा आएको परिवर्तन तथा वातावरणीय प्रदुषणलगायत कारणले नसर्ने रोगको जोखिम बढेको छ। विज्ञका अनुसार अस्वस्थ जीवनशैलीका कारण क्यान्सर, मधुमेह, मुटुरोग र दमलगायत रोग बढ्दो क्रममा छ।
मनाङ र मुस्ताङमा लेक लागेर मृत्यु हुने पर्यटकको सङ्ख्या बढ्यो
मनाङ र मुस्ताङमा लेक लागेर मृत्यु हुने पर्यटकको सङ्ख्या बढ्यो पदयात्रा र तीर्थयात्राका लागि गत वर्ष हिमालपारि मुस्ताङ तथा मनाङ गएका २१ पर्यटक उतै अस्ताए। छ नेपालीसहित ११ भारतीय, मलेसियाका दुई, युक्रेनका एक र एक बेलायती नागरिकले यात्राका क्रममा लेक लागेर मृत्युवरण गरे। अधिकांश लेक लागेका घटना मुस्ताङको मुक्तिनाथ क्षेत्रमा भएका थिए।
बुढेसकालमा परिवारका तीन सदस्य गुमाउँदा विक्षिप्त छन् श्यामलाल
बुढेसकालमा परिवारका तीन सदस्य गुमाउँदा विक्षिप्त छन् श्यामलाल श्यामलाल पासीको घरमा देखिएको झाडापखाला, ज्वरो र टाउको दुख्ने समस्या त्यत्तिमै रोकिएन। यस्तै लक्षणले ६५ वर्षीया शान्तिको भदौ १४ मा मृत्यु भयो।  यसको दुई दिनपछि भदौ १६ मा १२ महिनाकी नन्दनीको पनि मृत्यु भएपछि यतिबेला श्यामलाल विक्षिप्त छन्।
घोँगी बेचेरै गुजारा
घोँगी बेचेरै गुजारा भजनी नगरपालिका–८ की सोमती चौधरीलाई आजभोलि माछा मार्ने काममा भ्याइनभ्याइ छ। वर्षाको पानीले बनेका तलाउ, नदी तथा डुबान भएका क्षेत्रमा माछा मार्न प्रयोग हुने हेल्का, डेलिया (माछा मार्ने साधन) लगायत साधन बोकेर सोमती माछा तथा झिँगामाछाको खोजीमा जाने गर्छिन्।
पृथ्वी बारे अष्ट्रेलियाका वैज्ञानिकको नयाँ खुलासा
पृथ्वी बारे अष्ट्रेलियाका वैज्ञानिकको नयाँ खुलासा वैज्ञानिकहरूका अनुसार रहस्यले भरिएको पृथ्वीको केन्द्रमा पहिलो पटक औँठीको आकारको क्षेत्र देखिएको छ। यो क्षेत्र हाम्रो ग्रहको चुम्बकीय क्षेत्रको गतिशीलताको बारेमा नयाँ रहस्य प्रकट गर्दै, पृथ्वीको तरल कोर भित्र अवस्थित छ।
‘ग्राफ्टिङ’ गरेर नयाँ जातका किबी उत्पादन गर्दै किसान
‘ग्राफ्टिङ’ गरेर नयाँ जातका किबी उत्पादन गर्दै किसान न्दकपुर गाउँपालिकाका किसानले ग्राफ्टिङ गरेर नयाँ जातका किबी उत्पादन गर्न थालेका छन्। एकपटक रोपिएको बोटलाई ग्राफ्टिङ गरेर किसानले विभिन्न नयाँ जातका किबी उत्पादन गर्न सुरु गरेका हुन्। सन्दकपुरका किसान रुद्र खतिवडाले रातो (रेड) सँगै सुनौलो (गोल्डेन) किबी फलाउन थालेको बताए। 
पर्यटकको पर्खाइमा मुस्ताङको चुुङसी गुफा
पर्यटकको पर्खाइमा मुस्ताङको चुुङसी गुफा मुस्ताङको लो–घेकर दामोदरकुण्ड गाउँपालिका–३ मा रहेको चुङसी गुफा पर्यटकका पर्खाइमा छ। चीन र भारत जोड्ने कालीगण्डकी करिडोरको बेनी–जोमसोम–कोरला सडकअन्तर्गत साङबोचे नजिकै रहेको गुफाको महत्व र विषेशताका बारेमा प्रचारप्रसारको कमीले ओझेलमा परेको हो।  
एनसेलको लाइसेन्स पाँच वर्षलाई नवीकरण
एनसेलको लाइसेन्स पाँच वर्षलाई नवीकरण भदौ १३ गते बसेको मन्त्रिपरिषद् बैठकले एनसेलको लाइसेन्स नवीकरण गर्ने निर्णय गरेको थियो। त्यसपछि मुलुकको दूरसञ्चार नियामक निकाय नेपाल दूरसञ्चार प्राधिकरणले एनसेलको लाइसेन्स पाँच वर्षका लागि नवीकरण गरेको हो।
८.३ प्रतिशतले बढे विदेशी पर्यटक
८.३ प्रतिशतले बढे विदेशी पर्यटक सन् २०२४ को अगष्टमा विदेशी पर्यटकको आगमन आठ दशमलव तीन प्रतिशतले बढेको छ। नेपाल पर्यटक बोर्डले उपलब्ध गराएको तथ्याङ्कअनुसार सन् २०२३ को अगष्टको तुलनामा यस वर्षको सोही अवधिमा पाँच हजार पाँच सय ६६ पर्यटक बढी नेपाल भित्रिएका हुन्।
Weather Update