प्रधानमन्त्रीले आज सरकारका सय दिने उपलब्धि सार्वजनिक गर्दै बुधबार, कात्तिक ७, २०८१
प्रधानमन्त्री ओलीले बोलाए सत्तारुढ दलको बैठक बुधबार, कात्तिक ७, २०८१ बैठकमा सरकारको एक सय दिनको समीक्षा, आगामी कार्ययोजना र समसामयिक राजनीतिक परिस्थितिबारे छलफल गर्ने तयारी रहेको प्रधानमन्त्रीको सचिवालयले जनाएको छ।
काठमाडौं महानगरले माग्यो डाक्टरदेखि कार्यालय सहयोगीसम्म १०८ जना जनशक्ति बुधबार, कात्तिक ७, २०८१ महानगरपालिकाले आज सूचना जारी गर्दै आफू मातहतको स्वास्थ्य विभाग अन्तर्गत रहेका सहरी स्वास्थ्य प्रवर्द्धन केन्द्रहरूमा करार सेवामा कामकाज गर्नको लागि जनशक्ति माग गरेको हो।
एक दिवसीय अभ्यास खेल: अमेरिकासँग नेपाल ४ विकेटले पराजित बुधबार, कात्तिक ७, २०८१ अमेरिकामा तीन खेलको टी–२० आई सिरिज क्लीन स्वीप गरेको नेपाली राष्ट्रिय क्रिकेट टोली एक दिवसीय अभ्यास खेलमा भने पराजित भएको छ।
अमेरिकी र अष्ट्रेलियन डलरको मूल्य बढ्यो बुधबार, कात्तिक ७, २०८१ नेपाल राष्ट्र बैंकले आजका लागि विदेशी मुद्राको विनिमय दर निर्धारण गरेको छ। राष्ट्र बैंकका अनुसार अमेरिकी डलर एकको खरिददर एक सय ३४ रुपैयाँ २३ पैसा र बिक्रीदर एक सय ३४ रुपैयाँ ८३ पैसा कायम भएको छ।
सूर्यदर्शन सहकारीको बचत हिनामिना प्रकरणको अनुसन्धान गर्न सीआईबीका डीएसपी तिवारीलाई खटाइयो बुधबार, कात्तिक ७, २०८१ अहिले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) सभापति रवि लामिछाने यही सहकारीको बचत रकम अपचलन प्रकरणमा पक्राउ परेका छन्। त्यस्तै यही मुद्दामा पूर्व डीआईजी छविलाल जोशी पनि पक्राउ परेका छन्।
एमालेका तीन नेतालाई सोधिएको स्पष्टीकरणमा के छ? मंगलबार, कात्तिक ६, २०८१ नेकपा एमालेले पार्टीका तीन नेतालाई स्पष्टीकरण ७ दिने स्पष्टीकरण सोधेको छ। एमालेले पार्टी केन्द्रीय भवन दानमा स्विकार्ने निर्णयविपरीत बोल्ने तीन नेताहरूलाई ७ दिने स्पष्टीकरण सोधेको हो।
छवि र रविलाई पाँच जिल्ला पुर्याएर बयान लिने प्रहरीको तयारी मंगलबार, कात्तिक ६, २०८१ बुधबार उनलाई रूपन्देहीबाट जहाजमा पोखरा नै पठाइने छ। बुटवलस्थित सुप्रिम सहकारी ठगी प्रकरणबारे सोमबार र मङ्गलबार प्रहरीले बयान लिएको छ। उनी असोज ६ गते काठमाडौंबाट पक्राउ परेका हुन्।
सिरिया–लेबनानका नेपाली शान्ति सैनिकको उद्धार योजना बन्दै छः प्रधानसेनापति मंगलबार, कात्तिक ६, २०८१ रक्षा मन्त्रालयमा मङ्गलबार भएको पत्रकार सम्मेलनका क्रममा उनले यस्तो बताएका हुन्। उनले सिरिया र लेबनानमा अहिले युद्ध चर्किरहेको र त्यहाँ नेपाली शान्ति सेना अवस्थित रहेको भन्दै उनीहरूलाई आपतकालीन उद्धार आवश्यक भए उद्धारका लागि आपतकालीन योजना नेपाली सेना र रक्षा मन्त्रालयको समन्वयमा बनाइरहेको बताए।
सहकारी ठगी प्रकरणः रूपन्देहीमा जोशीको बयान सकियो, बुधबार जहाजबाट पोखरा नै पठाइने मंगलबार, कात्तिक ६, २०८१ बुटवलको सुप्रिम सहकारीको रकम गैरकानुनी रूपमा गोर्खा मिडिया नेटवर्कमा सारिएको विषयमा नेटवर्कका उपाध्यक्ष छविलाल जोशीसँगको बयान सकिएको छ।
गुल्मीमा हवाई उडान अनियमित हुँदा यात्रुहरू समस्यामा मंगलबार, कात्तिक ६, २०८१ नेपाल वायुसेवा निगमले रेसुङ्गादेखि काठमाडौंका लागि सात हजार तीन सय र काठमाडौंबाट सात हजार पाँच सय रुपैयाँ भाडा निर्धारण गरेको छ। जिल्लामा गत एक वर्षअघिदेखि व्यावसायिक रुपमा नियमित रुपमा हवाई उडान सुरु गरिएको हो।
भिस्टाराको जहाजमा बम भेटिएन, यात्रु लिएर काठमाडौंबाट दिल्ली उड्दै मंगलबार, कात्तिक ६, २०८१ भिस्टाराको जहाजमा बम रहेको नभेटिएको नागरिक उड्ड्यन प्राधिकरणले जनाएको छ। मंगबालर दिउँसो साढे ४ बजे काठमाडौंमा अवतरण भएको भिस्टारामा बम रहेको धम्कीपछि नेपाली सेनाको बम डिस्पोजल टोलीले जाँच गर्दा बम नभेटिएको हो ।