सुनको मूल्यमा आज गिरावट, चाँदी पनि सस्तियो सोमबार, कात्तिक १२, २०८१
झिनिया बेचेर दसैँतिहारमा मात्रै कमाउँछन् पाँचदेखि सात लाख सोमबार, कात्तिक १२, २०८१ पाल्पा रामपुर नगरपालिकाका झिनिया व्यवसायी रुद्रनारायण श्रेष्ठ र लक्ष्मी श्रेष्ठ एक दशकदेखि झिनिया व्यवसायमा छन्। त्यतिबेला रामपुरमा झिनिया व्यवसाय गर्ने उनीहरू नै पहिलो व्यवसायी थिए।
राज्य व्यवस्था समितिको बैठकमा प्रधानमन्त्री सहभागी हुने सोमबार, कात्तिक १२, २०८१ सोमबार दिउँसो सवा १२ बजे समितिको बैठक बस्दै छ। यो समितिको ४१ औँ बैठक हो। सिंहदरबारमा बस्ने समितिको बैठकमा प्रधानमन्त्री ओली पनि सहभागी हुने उनको सचिवालयले जनाएको छ।
नाबालिकामाथि यौन दुर्व्यवहार आरोपमा पक्राउ परेका सशस्त्रका जवान हिरासतमा मृत फेला सोमबार, कात्तिक १२, २०८१ दाङको राप्ती गाउँपालिका वडा नम्बर १ भालुवाङस्थित नम्बर २९ ज्वालामाई गणमा कार्यरत सशस्त्र प्रहरी जवान रेवन पचभैया मगर घोराहीस्थित वडा प्रहरी कार्यालयमा सोमबार बिहान मृत अवस्थामा फेला परेका हुन्।
जनकपुरबाट २२१ किलो गाँजासहित एकजना पक्राउ सोमबार, कात्तिक १२, २०८१ जनकपुरधामबाट प्रहरीले २२१ किलो गाँजासहित एकजनालाई पक्राउ गरेको छ। पक्राउ पर्नेमा मकवानपुरको भीमफेदी गाउँपालिका–२ बस्ने २४ वर्षीय प्रकाश लुङ्गवा रहेका छन्।
जापानको सत्तारुढ गठबन्धनले संसद्मा बहुमत गुमायो सोमबार, कात्तिक १२, २०८१ आइतबार भएको आवधिक निर्वाचनबाट विपक्षी दलले तल्लो सदनका आधाभन्दा बढी सिट जितेको छ। २२ सिटको परिणाम आउनुअघि सत्तारुढ एलडीपी नेतृत्व गठबन्धनले २०८ सिट मात्र जित्न सक्यो।
सोमबार कुन देशको मुद्रा कति रूपैयाँमा साटिन्छ?, यस्तो छ विनिमयदर सोमबार, कात्तिक १२, २०८१ युरोपियन युरो एकको खरिददर १४४ रुपैयाँ ९१ पैसा र बिक्रीदर १४५ रुपैयाँ ५६ पैसा, यूके पाउण्ड स्टर्लिङ एकको खरिददर १७४ रुपैयाँ १० र बिक्रीदर १७४ रुपैयाँ ७८ पैसा, स्वीस फ्रयाङ्क एकको खरिददर १५४ रुपैयाँ ८६ पैसा र बिक्रीदर १५५ रुपैयाँ ५५ पैसा कायम गरिएको छ।
मुस्ताङको तातोपानी कुण्ड: माल पाएर चाल नपाएपछि... सोमबार, कात्तिक १२, २०८१ लोमान्थाङ गाउँपालिका–५ मा रहेको तातोपानीको मुहान उपयोग र संरक्षणको पर्खाइमा छ। अध्ययन अनुसन्धान, पूर्वाधार, व्यवस्थापन र संरक्षणको अभावमा लोमान्थाङको फेदीमा रहेको प्राकृतिक तातोपानीको मुहानलाई प्रयोगमा ल्याउन नसकिएको हो।
राजनीतिमा ‘साउथ सुपरस्टार’ थलापति विजयको ‘इन्ट्री’ सोमबार, कात्तिक १२, २०८१ ‘साउथ सुपरस्टार’ थलापति विजय राजनीतिमा प्रवेश गरेका छन्।
पर्यटक लोभ्याउने सिरहाको ‘गोसाईं डाँडा ताल’ सोमबार, कात्तिक १२, २०८१ चुरेको फेदमा अवस्थित छ ‘गोसाईं डाँडा ताल’ । चारैतिर हरियाली जङ्गल, चराचुरुङ्गीको मधुर चिरबिर, बिचमा रहेको मनमोहक ताल, सूर्यको किरण पर्दा सुनजस्तै टल्किरहेको सफा कञ्चन पानी, कहिल्यै गर्मी महसुस नहुने शान्त वातावरण यसको विशेषता हुन्।
तिहार नजिकिएसँगै धरानमा मादलको बिक्री बढ्यो सोमबार, कात्तिक १२, २०८१ पछिल्लो समय नेपाली सांस्कृतिक बाजागाजा लोप हुँदै गए पनि धरानमा चाडबाडको बेला भए पनि मादलको बिक्री बढ्ने गरेको छ। धरानको मुख्य बजार भानु चोकदेखि पूर्वको देशी लाइनमा मादल बिक्री गर्दै आएका यदुनाथ अधिकारी तिहार नजिकिएसँगै मादलको बिक्री बढेको बताउँछन्।
चुच्चे नक्सा अंकित १०० दरको नोट छाप्ने जिम्मा चिनियाँ कम्पनीलाई, लागत कति? सोमबार, कात्तिक १२, २०८१ नेपाल राष्ट्र बैंकले चुच्चे नक्सा अंकित १०० रुपैयाँ दरको नयाँ नोट छाप्ने जिम्मा चिनियाँ कम्पनीलाई दिएको छ। संविधान संशोधन गरेर चुच्चे नक्सा जारी भएपछि चुच्चे नक्सा अंकित गरेर पहिलो पटक नयाँ नोट छाप्न लागिएको हो।
जग्गा विवादले पेट्रोलियम पाइपलाइन परियोजना प्रभावित सोमबार, कात्तिक १२, २०८१ नेपाल आयल निगमको सिलिगुडी–झापा (चारआली) पेट्रोलियम पाइपलाइन परियोजनाको ग्रीनफिल्ड टर्मिनल निर्माणस्थलमा सँधियारसँग जग्गा विवाद सुरु भएपछि परियोजना प्रभावित भएको छ। निगमले पाइपलाइनबाट आउने इन्धन भण्डारणका लागि आधुनिक स्मार्ट टर्मिनल बनाउन स्थानीय व्यक्तिहरूबाट २०७४ सालमा मेचीनगर नगरपालिकाको वडा नं. १३ मा २३ बिघा तीन कठ्ठा १३ धुर जग्गा खरिद गरेको थियो।